निर्णय नं. २४४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४४ - लेनदेन भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०५/०६ २१३९ निर्णय नं. २४४ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र न्यायाधीश श्री वासुदेव शर्मा दे.फु.नं. २८४ निवेदक, प्रतिवादी : गोपी बल्लभ झा, कृष्ण बल्लभ झा समेत विरुद्ध विपक्षी, वादी : सिताराम बोहरा मुद्दा : लेनदेन (१) भाखामा सावाँ व्याज नबुझाएमा दृष्टी चलन दिंदा भोग गर्न नपाएको अवधीसम्मको व्याजसमेत गाभ्न मिल्ने नमिल्ने । निवेदक, प्रतिवादीले वादीलाई गरिदिएको ०१६।४।१९ को पास लिखत हेर्दा, भाखामा सावाँ व्याज नबुझाई भाखा गुज्य्रो भने दृष्टि लेखेको जग्गा भोगचलन गरी खानु भन्ने उक्ती पारी लेखिदिएको सम्बन्धित कानूनी व्यवस्था हेर्दा साहु असामीको २ क.नं. मा दृष्टी बन्धकीमा २ वर्ष भित्र चलन गर्नु गर्न नदिए नालेस दिनु, लेखिएको म्याद भित्र नालेस नदिई व्याजैसम्म लिने खाने गरी आएको रहेछ भने व्याजैको लोभले रहेको ठहर्नाले लेखिएको भोग दृष्टि समाउन पाउँदैन भन्ने र रजिष्ट्रेशनको ७ नं. मा थैली परेकोमा परेको थैली र त्यसको आयस्था वा व्याज अथवा भोग नपाएको जति ऐनबमोजिमको सूद साहुले पाउने भन्ने उल्लेख भएको छ । यी ऐनहरूको मनसाय र लिखतको व्याहोराबाटसमेत कागज बमोजिमको वस्तु भोगचलन गर्न नपाएको अवस्थाको साहुले व्याज पाउने व्यवस्था भएकै देखिन आएका र यस्तै किसिमको वादी मंगलचन प्र. पवनवीर पाण्डेको चलन चलाई पाउँ भन्ने मुद्दामा पनि व्याजसमेत गाभी सावाँ व्याज बापत लिखतबमोजिमको घर जग्गावादीले चलन गर्न पाउने ठहरी ०२०।३।१४।६ मा फुल बेञ्चबाटसमेत निर्णय भएको हुनाले प्रस्तुत मुद्दामा पनि चलन नपाएको अवस्थाको थैलीको व्याज पाउँदैनन भन्न नमिल्ने हुनाले व्याज लाग्न पर्ने होइन भन्ने निवेदकको जिकिर मनासिव देखिएन लिखत भएका मिति देखिएको सावाँ व्याजमा दृष्टितर्फ चलन पाउनेसमेत ठहराएको ०१९।१०।२९।२ को डिभिजन बेञ्चको इन्साफ मनासिव छ । (प्रकरण नं. १२) निवेदक तर्फ : एडभोकट कृष्णप्रसाद उपाध्याय विपक्षी तर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी फैसला १. प्रतिवादीहरूले भा.रु. ४४४९ मा ०१६।४।१७ मा दृष्टि लेखी ०१६।४।१९ मा रजिष्ट्रेशन पास गरी दिएको फेरी कृष्णबल्लभ रिणी भई गोपीबल्लभको मञ्जुर गराई ०१६।५।१४ मा कपाली तमसुक गरी लिएको भा.रु. ७५८।– समेत नबुझाएकोले दृष्टितर्फ सावाँ व्याजमा जग्गा चलन चलाई कपालीतर्फ सावाँ व्याज भराई पाउँ खातामा सहीछाप गरी लिएको रुपैयाँ नदिए छुट्टै नालेस गर्नेछु भन्नेसमेत शिताराम बोहराको फिराद । २. वादीलाई दृष्टि तमसुक लेखी रजिष्ट्रेशन पास गरी दिएको र भा.रु. ७५८।– कर्जा लिई तमसुक गरी दिएकोसमेत ठीक हो । भाखामा सुखा जर्ता परी बुझाउन नसकेकोले ४ किस्ता गरी बुझाउने सहुलियत गरी पाउँ भन्नेसमेत गोपीबल्लभ कृष्णबल्लभसमेतको प्रतिवादी । ३. दृष्टिको कपालीको कर्जी खाएमा र लिखत गरी दिएमा सावितै भएको दृष्टि पास भएको कपाली रीतपूर्वकै देखिनाले वादी दावी मनासिवै ठर्हछ भन्नेसमेत मो.वि. इ.अ. को ०१८।२।१३ को फैसला । ४. म गरिब मानिस दृष्टि लेखिएको जग्गा बिक्री नगरी रुपैयाँ तिर्ने उपाए नै नभएको ४ किस्ता गरी बुझाउन पाउँ भनी प्रतिउत्तर गरी दिएकैले रुपैयाँ तिर्न किस्ता बन्दी गरी पाउँ, भएको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी कृष्णबल्लभको अपील । ५. एकै वादीले एकै प्रतिवादीउपर जति सुकै विषयको नालेस गर्नु परे पनि अ.बं. ९८