निर्णय नं. २७३८ - चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७३८ - चलन चलाई पाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/३१ १९४७ निर्णय नं. २७३८ ने.का.प. २०४३ अङ्क - ६ फुलबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको फु.वे.नं. ७३ फैसला भएको मिति : २०४३।५।३१।३ मा निवेदिका/वादी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वडा नं.५ बस्ने बद्री लक्ष्मी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : भ.पु.जि.बालकुमारी गा.पं.वडा नं.६ बस्ने चन्द्रकुमारी साहु श्रेष्ठ मरी मु.स गर्ने निजकी श्रीमती कान्छी माया साहुनी श्रेष्ठ मुद्दा : चलन चलाई पाउँ (१) यस अदालतले क्षेत्रीय अदालतको इन्साफ जाँच गर्दा सर्वप्रथम क्षेत्रीय अदालतबाट भएको फैसला कानुनको रीत पुगी भएको छ छैन हेरी नभए बदर गरी र भए मात्र इन्साफतर्फ विचार गर्नुपर्ने । (प्रकरण नं. १६) निवेदिका/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री हरिशंकर निरौला फैसला न्या.हिरण्येश्वरमान प्रधान : डिभिजनबेञ्चबाट मिति ०४०।९।४।२ मा फैसला भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहोर्याई पाउँ भनी निवेदिकाको विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका हजुरमा निवेदन परेकोमा व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहराई कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्ष इन्द्रकुमारले मसँग रु.१७,०००।— कर्जा लिई पूर्व मूल बाटो, पश्चिम लागलदेखि विश्वनाथको घर, उत्तर विपक्ष चन्द्रकुमारको घर, दक्षिण तिर्थरामको घर यति ४ किल्ला भित्रको मेरो हक भोगको स्ववासी भ.पु.जि.ठिमी दुदपोखरी टोलको पूर्व मोहडा उत्तर–दक्षिण लङको दुई कवले चार नाले चार तल्ले पक्की झिंगटी घर सो घरले चर्चेको लगापात समेत २०३२।८।२९।२ मा फार्छे लेखिदिएको २०३३।३।१ का दिन अन्दाजी १ बजे निजले चलन गर भनी घर छाडी दिएको निजको भिन्न भएको भाइ चन्द्रकुमारले मेरो अंश भागको घर हो छाडी दिन्न भनी छाडी नदिएकोले चलन चलाई पाउँ भन्ने फिरादपत्र । ३. वादीलाई बिक्री गरेको घर सदर गरी वादी दावाबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत इन्द्रकुमारको प्रतिउत्तर । अंश मुद्दाबाट बण्डा हुने धेरै बण्डा भएको छैन, त्यो नाप ४ किल्लाको पनि छैन भने इन्द्रकुमारको कुन घर के हेरी रु.१७,०००।– लिई दिएको प्रतित पर्ने कुरो नभई इन्द्रकुमार र यो वादी मिली झुठ्ठा लिखत खडा गरी यो झुठ्ठै नालिश गर्न आएको हो । त्यसमा पनि कुनै घर पनि यसरी मुद्दा परिरहेकै छ, छुट्टिए छिनिएको पनि छैन भने त्यस्तो स्थितिमा निजहरू मिली त्यसरी बीच बीचै जुनसुकै किसिमले लिनु दिनु गरेको भए पनि सदर हुन सक्ने कुरो समेत होइन लिखत देखाइएकै बखत आवश्यक परे बयान गर्नेछु भन्ने समेत चन्द्रकुमारको प्रतिउत्तरपत्र । ४. मेरो आमाले मलाई बकसपत्र दिएको घर पूर्व पट्टि र बाबु चन्द्रकुमार समेतको बण्डा लाग्ने घर पश्चिम पट्टि जोडिएको थियो आमाको हकको घर मलाई बकसपत्र ०३२।३।१६ मा आमा कान्छी मायाले लेखिदिएको छ, इन्द्रकुमारले बद्री लक्ष्मीलाई लेखिदिएको मेरो घरको दक्षिण पट्टिको आधा भाग समेत परेको छ भन्ने बुझिएको सूर्य लक्ष्मीले गरेको बयान । ५. मैले दाइजो पेवाबाट करीब ३० वर्ष अघि लिएको घर छोरी सूर्यलक्ष्मीलाई बकसपत्र गरी दिए