निर्णय नं. २७३९ - जग्गा हक कायम दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७३९ - जग्गा हक कायम दर्ता भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१४ ४२७५ निर्णय नं. २७३९ ने.का.प. २०४३ अङ्क - ६ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.फु.नं. ७० फैसला भएको मिति : २०४३।६।१४।३ मा विपक्षी/प्रतिवादी : हेटौंडा न.पं.वार्ड नं.१ को हाल वार्ड नं.५ बस्ने गणेशलाल श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी : हेटौंडा न.पं.वडा नं.४ बस्ने भजकृष्ण गोर्खाली मुद्दा : जग्गा हक कायम दर्ता (१) जग्गामा प्रतिवादीको दाता गणेशलालको नै हक कायम हुन नसकेकोले विवादीत जग्गा गणेशलालबाट राजीनामाद्वारा हक प्राप्त गर्नेको हक कायम हुन सक्ने नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या.हिरण्येश्वरमान प्रधान : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रम लेखिएको जग्गा हक कायम दर्ता मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकूम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा संक्षिप्त विवरण निम्न बमोजिम छ : २. जिल्ला मकवानपुर प्रगन्ना खेश्राहा ७२ नं. मौजे हेटौंडा मेठबन्दी भित्रको प्रति जग्गा ०१३ साल देखि दाता विष्णुमाया समेतले ढालफाड आवाद गरी घरबास समेत गरी भोगी चर्ची आएको ऐलानी पुरानो डिभिजन अर्थात् बझाङ्गी राजाको क्याम्प जाने सडक देखि पश्चिम, हिमालय अटोमोबाइलको पर्खाल देखि पूर्व, माइला कामी देखि उत्तर, हरि घलान र हाल रामप्रसाद अर्याल देखि दक्षिण यति ४ किल्ला भित्रको जग्गा मध्ये रामप्रसाद अर्याल देखि दक्षिण, दाताकै जग्गा देखि उत्तर, हिमालय अटोमोबाइलको पर्खाल देखि पूर्व बझाङ्गी राजाको क्याम्प जाने तथा भूटनदेवी हाई स्कूलको चउर पश्चिम पट्टिको सडक देखि पश्चिम यति ४ किल्ला भित्रको पूर्व मोहडा उत्तर दक्षिण ४५ हात पूर्व पश्चिम सडक देखि हिमालय अटो मोवाइलको पर्खालसम्म अन्दाजी १२० हातको घडेरी जग्गा रु.१२,०००।— मा ०३१।६।१३ मा छोडपत्रबाट खरीद गरी लिई मेरो हक हुन आई सोही सालमा ७।११ को कच्ची घर समेत बनाई अविछिन्न रुपमा जोत भोग चलन घरबास समेत गरी आएको जग्गा ०३२।९।२८ मा सर्भे नापीका बखत मेरो हकको कि.नं.२९२ मा नाप नक्शा हुँदा विपक्षीले अनाधिकार दर्ता खिचोला गरी पुड्के राईका नाममा रेति नं. ४ कि.नं. ४ र ७ को एकै चौहद्दी भित्रको दोहोरा दर्ता भएको कि.नं.७ को जग्गा विपक्षी मध्येका गणेशबहादुरले २०१६ सालमा खरीद गरी लिई ०१८ सालमा दा.खा.गर्न जाँदा बेपते उडुवा जग्गा भनी जिमिदार कचहरीबाट दा.खा. भई सो उपर उजूर नपरी विपक्षी गणेशलाल बसेको यस्तै उडुवा बेपते जग्गा मध्येबाट विपक्षी डिल्लीबहादुरले विपक्षी गणेशबाट ०१८।६।३ मा राजीनामा गरी लिई प्रचलित मोल रु.१२,०००।– पर्ने मेरो जग्गामा खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. फिराद दावी असत्य हो । वादीले ऐलानी भनी लेखाउनु भएको जग्गा हे.न.पं.वा.नं. १ बस्ने गणेशलाल श्रेष्ठबाट निजका हकभोग तिरोको रे.नं. ४ कि नं. ७ को