निर्णय नं. ३१७३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१७३ - अंश भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/०८ २२३० निर्णय नं. ३१७३ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको डि.दे.पू.नं. ५३१ मुद्दा : अंश । पुनरावेदक/वादी: जि.मोरङ कञ्चनबारी गा.पं. वार्ड नं. ४ बाट परिणत विराटनगर न.पं. वार्ड नं. ४ बस्ने उमा देवी पोखरेल । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने लेखनाथ पोखरेल । ऐ.ऐ बस्ने जीवनाथ पोखरेल । फैसला भएको मिति:२०४४।३।८।२ मा एक अंशियाराको सहिछाप नहुँदैमा बण्डापत्रलाई मान्यता नहुने भन्ने प्रश्न उठ्न सक्दैन, बण्डा बराबर नभए वा गलत तरीकाले भएकोमा म्याद भित्रै उजूर गर्नु पर्ने । (प्रकरण नं. १८) जिउनी सम्बन्धी प्रश्न पनि अंश विषयसंग सम्बन्धित हुन्छ, अंशपाउँ भन्ने मुद्दाबाट जिउनीको भाग बण्डा हुन नसक्ने होइन । (प्रकरण नं. १८) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री छविरमण सिटौला उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. ससुरा जीवनाथका ५ भाइ छोरामा जेठा तोपनाथ, माहिला प्र. लेखनाथ, साँहिला मेरो पति मोहनप्रसाद, काँहिला गुणराज र कान्छा हरिकुमार समेत हुन् । मेरो पति मोहनप्रसाद ०४० सालमा विदेश गए देखि हालसम्म बेपत्ता हुनु हुन्छ । म, सासू ससुरा तथा प्र.लेखनाथसंग सगोलमा बस्दै आएकोमा ०३२।१०।२६ मा घरायसी झगडा परी मलाई घरबाट निकाला गरेकोले मेरा पतिको १ भाग अंश दिनुहोस् भनी मौखिक रुपमा अनुरोध गर्दा मलाई थाहा नदिई श्रेस्ता मिलाई सकेको छु भनी प्र.लेखनाथ समेतले भनेबाट पति बेपत्ता हुनुभएकोले मुख्य दाम काम गर्ने प्र.लेखनाथ हुँदा निजबाट तायदाती लिई ५ भागको १ भाग मेरा पतिले पाउने अंश दिलाई मेरो जिम्मा लगाइपाउँ भन्ने समेतको उमा देवी पोखरेलको फिरादपत्र । ३. वादीको लोग्ने वेपत्ता भए तापनि आसामको अजान्ता भन्ने ठाउँमा गोठपाली बसेको छ । हामी एकाघर सगोलमा बस्न नसक्दा २०२४।८।३ मा परदेश जाने समेतका अंश भाग लेखत खडा गरेको पास समेत भइसकेको छ । वादीका लोग्नेको भाग अंशको जग्गाको आयस्ता वादीले मोहीहरूबाट बुझी सोको भर्पाई समेत गरिदिएका छन् । हामी २०२४ सालमा ऐन बमोजिम छुट्टि भिन्न भएका हुँदा वादी दावा झुठ्ठा एवं लाग्न नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेतको प्र.लेखनाथको प्रतिउत्तर । ४. विदेशमा गएका छोराको समेत अंश भाग लगाई बण्डापत्र खडा गरी रजिष्ट्रेशन पास भइसकेको छ । वादीको लोग्नेको भागको आयस्ता वादीले नै खाँदै आएकी छिन् । असामको अजन्तामा वादीको लोग्ने हुँदा फिराद लाग्न नसक्ने भन्ने समेतको जीवनाथको प्रतिउत्तरपत्र । ५. छुट्टिई भिन्न भएको जेठाजुसंग अंशमा दावी लाग्न नसक्ने हुँदा वादी दावा खारेज हुने ठहर्छ भन्ने समेतको मोरङ जि.अ.को फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन सो बदर गरी फिराद लेख बमोजिम इन्साफ गरिपाउँ भन्ने प्र.उमादेवी को पू.क्षे.अ.मा परेको पुनरावेदन । ७. वादीले पतिको भागमा दावी गर्न सक्ने देखिँदा शुरु मोरङ जि.अ.को फैसला बदर गरिएको छ पुनः ऐन बमोजिम निर्णय गर्नु भन्ने समेतको पू.क्षे.अ.को फैसला । ८. पू.क्षे.अ.को फैसला उपर प्र.लेखनाथको पुनरावेदनको अनुमतिको लागि सर्वोच्च अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त गरी डि