निर्णय नं. २७४० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७४० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/०९ १८७१ निर्णय नं. २७४० ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १९४७ आदेश भएको मिति : २०४३।५।९।२ मा निवेदक : जिल्ला चितवन खैरहनी गा.पं.वा.नं. ८ बस्ने प्रेमलाल मर्दनिया विरुद्ध प्रत्यर्थी : जि.भू.सु.का.चितवनका शाखा अधिकृत लक्ष्मीप्रसाद ज्ञवालीसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) भूमिसुधार कार्यालयलाई मोहिबाट घर बनाउन जग्गा झिकी पाउँ भन्ने निवेदन लिई मोहिबाट जग्गा झिक्न पाउने गरी निर्णय आदेश गर्न पाउने अधिकार ऐनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. जिल्ला चितवन खैरहनी गा.पं.वा.नं. २(ग) अन्तर्गतको विपक्षी जग्गाधनी विकाराम महतोको नाउँमा दर्ता भएको कि.नं.२५४ को ज.वि. ०–८–४, कोयल देवीको नाउँको कि.नं.१४८ को ज.वि. ०–१०–५ पवित्रादेवीको नाउँको कि.नं.१४६ को ज.वि.०–१०–० र अर्जुन महतोको नाउँको कि.नं.१५३ को ज.वि.०–५–० समेत ४ कित्ता जग्गाको अधिकार प्राप्त मोही म निवेदक भएकोमा जग्गा धनीहरूको परिवार ठूलो भएको कारण देखाउँदै क्षतिपूर्ति बापतको जग्गा दिलाई घरबारीको लागि मोहिबाट जग्गा झिकी पाउँ भन्ने व्यहोराको निवेदन विपक्षी कार्यालयमा परी विपक्षी कार्यालयले पनि विपक्षीको प्रतिउत्तर नपरेको र स्थानीय पञ्चायतले जग्गा धनीको ठूलो परिवार भएको र घर बनाउन आवश्यक परेको लेखाई दिएकोले प्रचलित दर भाउ अनुसार क्षतिपूर्ति लिएमा सोही बमोजिम र जग्गा चाहेमा पूर्व तर्फबाट पायक पर्ने गरी जग्गाधनी ४ को जम्मा ज.वि. १–१३–९ को एक चौथाइले हुने ज.वि. ०–८–७ जग्गा मोहिलाई छुट्याई पञ्चायतलाई जानकारी दिने र घर निर्माण नगरे मोही नै कायम रहन सक्ने गरी मिति ०४२।८।२ मा निर्णय भयो । ३. विपक्षी जग्गा धनीहरूको घरबासको लागि अन्यत्र नै व्यवस्था भएको स्थानीय पञ्चायतले विपक्षी कार्यालयलाई मिति ०४२।४।६ मा लेखेको र शुरु मिसिलबाटै देखिएको र निवेदकको मोहीले पाउने क्षतिपूर्ति बापतको रुपमा वा जग्गा लिई मोही हक छाड्न मञ्जूर नभएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१) को स्पष्ट प्रयोजनको लागि जग्गाबाट मोही झिकी पाउँ भन्ने निवेदन दिन र प्रतिवाद नगरेको कारण देखाउँदै विपक्षी कार्यालयले स्पष्ट कानुनी व्यवस्थाको वर्खिलाप आदेश गर्न सक्दैन । कुनै जग्गाधनीले घर वारीको लागि मोहीले कमाएको जग्गा झिक्न चाहेमा स्थानीय पञ्चायतमा मात्र निवेदन दिन सक्ने अंकुश भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ (१) ले लगाएकोमा विपक्षी कार्यालयमा निवेदन दिनु भएको र विपक्षी कार्यालयले पनि स्थानीय पञ्चायतको अधिकार अतिक्रमणगरी गरेको निर्णयमा अ.बं.३५ नं. समेतको त्रुटि छ । भूमिसम्बन्धी ऐन, २०२१ ले दफा ५५ ले निर्णय गर्न पाउने अधिकार प्राप्त भूमिसुधार अधिकारी भूमिसम्बन्धी निमायवली २०२१ को नियम २(ख) बमोजिम श्री ५ को सरकारबाट नियुक्त जिल्ला भूमिसुधार अधिकारी वा निजको अधिकार प्रयोग गर्न पाउने गरी तोकि