निर्णय नं. ९०६७ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०६७ - अंश चलन भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०७०/०३/१९ ५१३१ नेकाप २०७० अङ्क १० नि.नं.९०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।३।१९।४ ०६७-CI-०००१ मुद्दा : अंश चलन । पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने सूर्यमानको छोरा वर्ष ७६ को लालबहादुर महर्जन विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने शेरबहादुरको छोरा उमेश महर्जन ०६७-CI-०००३ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने लालबहादुरको छोरा बाबुकृष्ण महर्जन विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने शेरबहादुरको छोरा उमेश महर्जन § वादी पक्षको नाममा कुनै सम्पत्ति दर्ता रहेको छ भन्ने मात्रै आधारले अंशबण्डाको ३० नं. आकर्षित हुने र वादीले अंश नपाउने भनी अर्थ गर्न नमिल्ने । § वादी प्रतिवादीहरूका बीचमा अंशबण्डा भई सकेको भन्ने सम्बन्धमा अंशबण्डाको लिखत पनि नभएको र व्यवहार प्रमाणबाट अंशबण्डा भई सकेको भनेर देखिने कुनै कागज प्रमाण पनि दाखिल हुन नसकेको अवस्थामा प्रत्यर्थी वादीले अंश नपाउने भन्न नमिल्ने । (प्रकरण नं.२) § प्रतिवादीले मोहीयानीमा प्राप्त गरेको भनेको जग्गा निजले निजीरूपमा प्राप्त गरेको भन्ने नदेखिई बाबुको नाममा रहेको मोहीयानीको जग्गा मोही नामसारी गराई प्राप्त गरेको अवस्था देखिँदा बाजेको मोहीयानी जग्गाबाट सगोलको अंशियार वादीले पनि अंश नपाउने भन्न नमिल्ने । (प्रकरण नं.३) शुरू फैसला गर्ने : मा.न्या.श्री मेघनाथ भट्टराई पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.डा.श्री हरिवंश त्रिपाठी मा.न्या.श्री दिनेशकुमार कार्की पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र विद्वान अधिवक्ता पुरूषोत्तम ढुंगाना प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता बद्रीप्रसाद शर्मा र विद्वान अधिवक्ता राधेश्याम पराजुली अवलम्बित नजीर : § सर्वोच्च अदालत बुलेटिन, वर्ष १७, अङ्क ९, २०६५ सम्बद्ध कानून : § मुलुकी ऐन, अंश बण्डाको ३० नं. फैसला न्या.कल्याण श्रेष्ठ : शुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदन परी उक्त निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भएकोले पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :– बाजे सूर्यमानका ३ छोराहरूमा जेठो जगतबहादुर भन्ने सुर्जबहादुर, माइलो विपक्षी लालबहादुर, कान्छो म फिरादीका पिता शेरबहादुर हुन् । जेठो जगतबहादुर भन्ने सुर्जबहादुरको विवाह नहुँदै मृत्यु भै सकेको छ । माइलो विपक्षी लालबहादुर र कान्छो म फिरादीका पिता शेरबहादुरका बीचमा अंशबण्डा नहुँदै पिता शेरबहादुरको मिति २०४७।३।१२ मा र आमा ज्ञानी महर्जनको मिति २०५९।५।१७ मा मृत्यु भै सकेको छ । पिता शेरबहादुरको हक खाने हकदारमा म फिरादी उमेश महर्जन, विपक्षीहरू हरिबहादुर, रामकृष्ण, अविवाहित छोरी सिरमै र राममायासमेत जना ५ छौँ । हामी अंशियारका बीच अंशबण्डा भएको छैन । यसरी हामी अंशियारका जिम्मामा रहेका बण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्ति दुई भागको एक भाग म फिरादीका पिता शेरबहादुरको