निर्णय नं. ३१७४ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१७४ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/२५ २२९७ निर्णय नं. ३१७४ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रिट नं. १५५५ विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.महोत्तरी गा.पं.महोत्तरी वडा नं.६ को हाल वडा नं. ८ बस्ने राम कृत यादव । विरुद्ध विपक्षी : भू.सु.का.महोत्तरीका भू.सु.अ. शम्भु प्रसाद । जि. महोत्तरी गा.पं. अजयवान हरिभारी हाल हरिहरपुर हरिभारी गा.पं.वा.नं.२ बस्ने राजेन्द्र यादव आदेश भएको मिति: २०४४।३।२५।५ मा कुनै पनि न्यायिक निर्णय गर्दा निर्णयमा पुगेको कारण व्यक्त हुनुपर्ने सर्वमान्य न्यायिक परम्परा हो, सो को अभावमा भएको निर्णयमा न्यायिक मनको प्रयोग भएको मान्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राज किशोर सिंह उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंह: नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. मेरो दर्ता तिरोको अजगेवा गा.पं.वा.नं. २ ग कि.नं. ८३,१८५,१८६ समेतको जग्गा विपक्षी राजेश्वरले कमाई आएकोमा ०४०–०४१ सालको कुत नबुझाएकोले अदालतमा नालिश दिई भराई पाउने ठहर भएको र ०४२ सालको कुत पनि नबुझाई दुःख दिँदै आएको हुँदा विपक्षीलाई मोहीबाट निष्कासन गरी हुने कुत बापतको रु. १,९२०।– दिलाई पाउन माग गरी भू.सु.का. मा फिराद दिएकोमा विपक्षीले प्रतिउत्तर नफिराई बसेकोमा पनि भू.सु. अधिकारीले मोही हक यथावत कायम राखी कुत रु. १,६६५।६२ मात्र भराई पाउने ठहर गरी ०४३।३।१६ मा निर्णय गर्नुभएको । बाली प्रत्येक सालको तोकिएको समय भित्र बुझाउनु पर्ने गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६(१) ले निर्विवाद गर्दा गर्दै विपक्षीले कुनै वास्ता नगरी उल्लेख गरिए अनुसार मुद्दा गर्नु परेका र बराबर दुःख दिएको कारणले विपक्षी मोहीलाई भू.सं.ऐन, २०२१ को दफा २९(१) अनुसार मोहीबाट निष्कासन गर्नु पर्नेमा मोही निष्कासन नगर्ने गरेको निर्णय उक्त ऐनको विपरीत त्रुटिपूर्ण रहेको छ र सो निर्णय अ.बं. १८४(क) १८५ र १८९ नं. को प्रतिकूल न्यायिक मनको अभावमा भएको उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी भू.सु.अ.बाट भएको निर्णय बदर गरी विपक्षीलाई मोहीबाट निष्कासन गर्न पाउने गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन। ३. यस अदालतका सिंगल बेञ्जबाट विपक्षीहरूबाट लिखितजवाफ मगाउने भन्ने समेत भएका आदेशानुसार प्राप्त लिखितजवाफको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । ४. कुनै मोहीले कुतबाली तोकिएको म्यादभित्र धरौट नराख्दैमा निज मोहीलाई मोहीबाट निष्कासन गर्न पर्छ भन्न मिलेन । मोहीलाई सुध्रने मौका दिनुपर्छ र सोही अवस्थालाई विचार गरी कुतबालीसम्म भराई दिने गरी फैसला गरिएको छ । उक्त निर्णयबाट रिट निवेदकको कानूनी हकमा बाधा नपरेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का. महोत्तरी । ५. यसमा विपक्षी राजेश्वर यादवले यस अदालतबाट तामेल भएको म्यादमा लिखितजवाफ नदिई म्याद गुजारी बसेको देखिन्छ । ६. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको फाइल समेत अध्ययन गरी भू.सु.का. तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोर सिंहले गरेको बहस जिकिर समेत सुनियो । ७