निर्णय नं. २४९ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४९ - जालसाजी भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०६/१४ २५३३ निर्णय नं. २४९ ने.का.प. २०२१ सर्वोच्च अदालत फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री भैरबप्रसाद उपाध्याय न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फौ.फु.नं. ६१ निवेदकतर्फ : देवलक्ष्मी अमात्यनी जिल्लै बुटौल तप्पे खुटहट मोजे परासी विरुद्ध प्रतिवादी : गंगाकुमारी अमात्यनीसमेत जिल्लै बुटौल तप्पे खुटहट मौजे सवारी कर मुद्दा : जालसाजी (१) लेनदेन मुद्दामा अन्तिम टुङ्गो नलागी डिग्री नभई साहुले असामीको जेथा रोक्का राख्न जेथाउपर दावा गर्न नपाउने । सावाँ व्याजमा नालेस दिंदा रोक्कासमेत रहेकोमा प्रतिवादीहरूले जालसाजबाट बेदामे राजिनामा खडागरे भन्ने वादी दावी पुग्न सक्ने नसक्ने के हो भनी हेर्दा, आसामीउपर साहुले कपालीमा सावाँ व्याज भराई पाउँ भनी दावा गरेको मुद्दामा असामीको जेथा रोक्का हुने र अन्तिम डिग्री नहुँदै जेथामा साहुको दैया पुग्न सक्ने कानूनी व्यवस्था नदेखिएको दर्तावाला प्रतिवादी गंगाकुमारीले बिक्री गरेको जेथा धितो रहेको भन्ने पनि देखिन नआएको र छलफलमा निवेदककातर्फबाट नजीरमा देखाइएको राजदेवी हलवाइनीको र जोगबहादुर तुलाधरको धनमाल मुद्दा र अर्को सम्झावती, जग साहु रौनिहारको जालसाजी मुद्दाहरू यही मुद्दा अनुरुप नदेखिएको, कपाली साहु निवेदीकाको धितो रहेको अचल जेथामा दावी पुग्न सक्ने कुनै कानूनी आधार बेगर वादी दावी पुग्छ भन्न नमिलेकोले वादी उजुर खारेज गर्ने गरेको सदर ठहराएको इन्साफ १९।१०।२८।१ को डिभिजन बेञ्चको मनासिव ठर्हछ । (प्रकरण नं. १३) निवेदकतर्फ : प्लीडर मिनमर्दन बस्नेत । प्रतिवादीतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी । फैसला १. यसमा प्र.गंगाकुमारीले मबाट जम्मा कं.रु. ६८५० लिएकी सावाँ व्याज नबुझाएमा मैले नालेस दिंदा मुद्दा किनारा नलागेसम्म सवा टिकर मौजा रोक्कासमेत गरी पास नगर्नु भन्ने जनाउ पालीमालमा गएकोमा के जाल गरेछन भने कल्पित अङ्क ९२९८।। मा सो जिमिदारी ०३१।११।२० गते गंगाकुमारीको छोरी रुकमिणी जग्गा लिने निजको ससुरा विष्णुभक्त रामहर्ष साहु बनी गणेशनारायण साक्षी नरेन्द्रकुमार लेखक भई कपाली तमसुक खडा गरी ०१३।११।२१।२ मा रौतहट मालमा पास गरेका रहेछन सो कुरा ऐ.२२ गते नक्कल सारी थाहा पाएकोले नालेस गर्न आएको छु । रुकमिणीको नाउँमा दर्ता बाहालसमेत गरी नदिनु भन्ने र जालसाज गरी बेदामे राजिनामा खडा गरे गराउमा सजायसमेत गरी पाउँ भन्नेसमेत वादी । २. जालसाज गरी बेदामे लिखत पास गराएको हैन लिनु दिनु भई लिखत भएको हो भन्नेसमेत गङ्गाकुमारी, गणेशनारायण, रुकमिणी, विष्णुभक्त, खगेश्वर मिश्र, शिवनारायण मल्लिक, नरेन्द्रकुमारसमेत जना ७ को प्रतिवादी । ३. लेनदेन मुद्दा थैली भरी पाउने भइ अन्तिम टुङ्गो लागी भराई पाउँ भन्ने दर्खास्त परेका बखतमात्र दावी पुग्न सक्ने वादीको दावी नै नभएको जग्गा दर्तावालाले बिक्री गरेकोमा जालसाजी भन्न नहुनेसमेतबाट हाल दावी नै पुग्न नसक्ने जग्गा जालसाजबाट लिनु दिनु गरेको बदर हुनुपर्ने भन्ने वादीको यो उजुर खारिज हुने ठर्हछ भन्नेसमेत परासी अमीनीको ०१४।८।९।१ को फैसला । ४. मेरो रुपैयाँ झुस्याउनाको लागी अन्याय गंगाकुमारी, गणेशनारायण, रुकमिणीसमेत मिली बेदामे जालसाजी राजिनामा खडा गरी बेइलाका रौतहट मालमा गई पास गरेको सोझै जालसाजी देखिने हुनालेसमेत शुरुको इन्साफ चित्त बुझेन भन्नेसमेत वादीको अपील । ५. गंगाकुमारीको