निर्णय नं. २५२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०५/११ २५७७ निर्णय नं. २५२ ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीशज्यू श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री स.ईश्वरीराज मिश्र रीट नं. ३/५ निवेदक : हरिलाल विष्ट मार्मा मटेला । विरुद्ध विपक्षी : डोटी अपीलका का.मु. हाकिम ना.सु.कोषराज उपाध्यायसमेत । विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) जग्गाको हक बेहकसम्बन्धी झगडा मालको अधिकार क्षेत्र भित्र नपरी अदालतको अधिकार क्षेत्र भित्र पर्ने । “९५ सालमा नापीमा बबा सुना सिंका दर्ता बाबु मरी म पवन सिंका हक भएको कुलादेखी पूर्व, कान्ला ढुङ्गा जाने मल्लाबाटादेखि पश्चिम ठाडा धारदेखि दक्षिण दली विष्टदेखि उत्तरको कि.नं. १६१ को तिरो रु. ।५।१ को बडो गडोसमेतलाई सिमाना फरक पारिबाटादेखि पूर्व डिलदेखि पश्चिम, ठाडाबाटादेखि दक्षिण, सानो बडार ठाडोबाटो उत्तरको ढुग्याडी गडो भनी हरिलाल विष्टले दोहरा पारी नाप जाँच गराएको लगत कट्टी गरी पाउँ” भन्ने विपक्षी जयबहादुरको बाबु पठान सिंको उजुरी बयान भई साविक दर्ता र हाल अवादीमा तेरो मेरो परेको प्रष्टै देखिन आएपछि तत्कालै मुलुकी सवाल फुटकर बारेको दफा ४ समेतको सवाल र कानूनबमोजिम तेरो मेरोमा हक बेहक गराई माग्न अदालतमा उजुर गर्न जानु भनी सुनाउन पर्ने । सोबमोजिम तेरो मेरोमा हक बेहक गराई माग्न अदालतमा उजुर गर्न जानु भनी सुनाउन पर्नेबमोजिम नगरी आफूलाई भएको अधिकार भन्दा बढी कुरामा ठहर र जरिवानासमेत गरी बैतडी मालबाट ०१४।१२।५ मा गरेको पर्चालाई मान्यता नदिई जग्गा तेरो मेरो परेको कुरामा अदालतबाट इन्साफ गरेको अदालतको अधिकार भित्रकै देखिएबाट सो अदालतको इन्साफ बदर गरी पाउँ भन्ने यो रीटको निवेदन माग मनासिव नदेखिएकोले खारेज हुने ठर्हछ । (प्रकरण नं. १०) निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी आदेश १. तिरो रु. ।५।१ को बले गडो पाखो जग्गा हरिलालले दोहरा पारे भनी बैतडी मालमा उजुर परेको मेरो वारेसलाई मिलाई किल्ला सच्याउने तवरबाट बयान गराइ मेरो जग्गा हरिलालको हक गराई पर्चा खडा गरेकोले दोहरा दर्ता बदर गरी पाउँ भनी विपक्षी दार्चुला अमिनीमा फिराद गरेकोमा मैले दोहरा दर्ता गरेको छैन, आवाद लायकको जग्गा हुँदा दर्ता गराएको हुँ र बैतडी मालबाट पर्चा भएको हो भनी प्रत्युत्तर दिएपछि दोहरा दर्ता गरेकै ठहर्छ भनी अमिनीले गरेको फैसला सदर गरी अपीलबाट ०१६।८।१४ मा फैसला भएको । २. अ.बं. ११० नागरिक अधिकार ऐनको दफा ११(२) र संविधानको ३(४) अनुसार छिन्ने हाकिमउपर अपील नभई उसै झगडियाउपर फिराद नलाग्ने । एक व्यक्तिउपर त्यसै अपराधमा एकपटक भन्दा बढ्ता मुद्दा नचलाइने र दण्ड सजाय नलाग्नेमा उक्त ०१४।१२।५ को बैतडी मालको पर्चाबमोजिम अपील उजुर गर्न नसकी सोही कुरामा अमीनी, अपीलबाट जरिवाना गरी फैसला गरेको ऐन विरुद्ध हो र माल अड्डाबाट भएको जरिवाना लगत कट्टा नगरेसम्म सदरै हुने अपील गर्न नसकी अकाट्य भएको फैसला छँदाछँदै दोहरा फिराद पत्र दर्ता गरी फैसला गरेको उक्त ऐनले बदर हुने । ३. मालबाट भएको पर्चाउपर उजुर सुनी बदर गर्न अमीनीलाई अधिकारसमेत नभएको हुँदा उल्लेखित ऐन कानूनको मर्यादा कायम राखी अधिकार नाघी गरेको कारवाई फैसला बदर गर्नुपर्ने हुँदा सर्वोच्च अदालत ऐनको दफा ११ संविधानको धारा ९ अनुसार उत्प्रेषणको रीट वा जुन उपयुक्त छ जारी गरी मालको पर्चा सदर गरी मेरो प्रदत्त अधिकारको वास्ता नगरी हदमुनी गरी अपील फैसला गरेको हुनाले अमीनी अपीलको गैरकानूनी फैसला बदर गरी