निर्णय नं. २५३ - प्रतिषेध जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५३ - प्रतिषेध जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०७/१६ २५४७ निर्णय नं. २५३ ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा रीट नं. ३१ निवेदक : कृष्णबहादुर वाशुकला यालछे थासी, भक्तपुर । विरुद्ध विपक्षी : प्रधानपञ्च विष्णुप्रसाद नेपाली मार्फत भ.पु. नगर पञ्चायत संस्था । विषय : प्रतिषेध जारी गरी पाउँ भन्ने (१) नगर पञ्चायतले अनाधिकार कार्य गरेमा यस्तो कार्य रोक्न प्रतिषेधको आदेश जारी हुन सक्ने । विपक्षीलाई हेर्ने अधिकार नभएको भनी निवेदकले दावी लिएको कुत बुझाएको भर्पाई नदिएकोले दिलाई पाउँ भन्ने बिषयमा यो प्रश्न अन्तर्गत बुझिएको भन्ने विपक्षीबाट जवाफ नपाई बाली बुझाएपछि रसिद नपाउँदा सुरक्षित किसानको कानूनी अधिकार हनन् भई कसबाट शान्ति सुव्यवस्थामा खलल पर्न जाने हुँदा मैजिष्ट्रेटको हैसियतले शान्ति सुव्यवस्थामा खलल पर्न जाने स्थिति उत्पन्न हुन नदिन सद्प्रयास गरिएको हो । यस्ता कुरा यस अफिसबाट फैसला नगरिने हुँदा मुद्दाको रूपमा यस अफिसबाट कारवाई नचलाई के भएको रहेछ भन्ने तर्फ बुझ्ने कामसम्म गरिएको हुनाले निवेदकको दावी खारेज हुनुपर्छ भन्नेसमेत भ.पु. मेजिष्ट्रेट अफिसबाट र कुत बुझाएको भरपाई दिलाइ पाउँ भन्नेसमेत सुनकुमारीको जुनीसमेतको निवेदनपत्रमा भ.पु. मेजिष्ट्रेट अफिसबाट दुबै थरीलाई झिकाई के कसो भएको हो । मिले मिलाई दिने र नमिले राय ठहर साथ पठाई दिनु भन्ने तोक भई आएअनुसार पक्षविपक्ष मोही तलसीं दुवै थरीलाई कुरा बुझ्न आवश्यक पर्दा झिकाई बोलाई पठाएको हो । उपरोक्त विषय नगर पञ्चायतले कुनै फैसला वा निर्णय गर्न पनि नसकिने र गर्दा पनि नगर्ने खाली मैजिष्ट्रेट अफिसको तोकअनुसार पञ्चायतको कर्तव्यलाई ख्याल राखी मिले मिलाई दिने नमिले राय ठहर पठाइ दिनमात्र खाजेको हो, कुनै अनाधिकार अकर्तव्य काम गर्न खोजेको होईन भन्नेसमेत विपक्षी भक्तपुर नगर पञ्चायतबाट लिखित जवाफ आएको हुनाले आफूलाई हेर्न छिन्न कानूनले अधिकारै नभएको भरपाई दिलाइ पाउँ भन्ने बिषयमा नगर पञ्चायतलाई राय ठहरसमेत पठाउनु भनी मजिष्ट्रेटले तोक दिनु भएको र त्यसै तोकका आधार लिई अर्जि समेत गर्न नपाउने गरी नगर पञ्चायतबाट निवेदकलाई म्याद जारी गरी पठाएको देखियो । त्यस्तो कारवाइलाई कानूनको दृष्टिमा मान्यता दिन नमिल्ने हुनाले प्रतिषेधको आदेश जारी गरी अरु थप कारवाई गर्न निषेध गरिएको छ । (प्रकरण नं. ६) आदेश १. अघि देखि तपाईंको मोही भई मुगथा, लुकण्डोल, दोबु खेतको साल बसाल तपाईंलाई तिरो भरो गरी कमाई आएको थिए । ०२० सालको दुवै खलाको धान गहुँ र.स.चा. समेत बुझाएकोमा रसिद भरपाई नदिएकोले भरपाई दिलाई पाउँ भन्ने भ.पु. यालाछे व्यासी बस्ने न्हुछेबहादुर सुवालको ३,४ पुस्ता अघिदेखि मोहिया कमाई आएको दोकानु खेत रोपनी ३ को तपाईंलाई तिरो भरो गरी आएको ०२० सालको बालीदेखि बण्डापत्रबाट तपाईंको भागमा पर्न आएकोले तपाईंको मोही नाइके बनी रहेको ऐ. बस्ने हिरारत्न वाशुकलाले भरी लिई भरपाई नदिएकोले ०२० सालको गहुँ र धानबालीसमेतको भरपाई दिलाई पाउँ भन्ने भ.पु. भोलाछे टोल बस्ने सुनकुमारीको कोजुनीसमेत भ.पु. मेजिष्ट्रेट अफिसमा परेका निवेदनमा दुवै थरलाई झिकाई के कसो भएको हो ? मिले मिलाई दिने र नमिले राय ठहर साथ पठाई दिनु भनी तोक भई आएकोले ७ दिने म्याद पठाएको छु । सो म्याद भित्र यस नगर पञ्चायतमा हाजिर हुन आउनु होला, ७ दिने म्याद हुँदा अर्जि खबर पाउने छैन भन्नेसमेत विपक्षले म्याद दिए भरपाई मिलाई पाउँ भन्ने