निर्णय नं. ३१७५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१७५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०४/१३ २७१३ निर्णय नं. ३१७५ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २३१४ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : बालकुमारी इम्पोरियमको प्रो. का.जि.का.न.पं. वा.नं. २७ इन्द्रचोक बस्ने नारायण श्रेष्ठ । विरुद्ध विपक्षी : आय निर्धारण समिति, कर विभाग, लाजिम्पाट । कर कार्यालय,काठमाडौं बबरमहल । श्री ५ को सरकार अर्थ मन्त्रालय,बागदरबार । आदेश भएको मिति: २०४४।४।१३।४ मा श्री ५ को सरकारले आवश्यक देखेमा कुनै करदाता वा खास वर्गको करदाताबाट असूल उपर गर्नु पर्ने कर निर्धारण गर्ने प्रयोजनको निमित्त खुद आय निर्धारण गराउनको लागि श्री ५ को सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एकजना अध्यक्ष र बढीमा अरु ४ जना सदस्यहरू भएको आय निर्धारण समिति गठन गर्न सक्ने देखिन्छ, यसबाट श्री ५ को सरकारले कुनै करदाता वा खास वर्गका करदाताको खुद आय निर्धारण गर्न आय निर्धारण समिति गठन गर्न सक्ने नै देखिने । (प्रकरण नं. १०) जबसम्म आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम रीतपूर्वक सूचना दिई सो सम्बन्धमा खण्डन गर्ने वा सबुद प्रमाण साथ सफाई पेश गर्ने मौका प्रदान गरी खुद आय कायम गरिँदैन तबसम्म त्यस्तो खुद आयलाई कानून बमोजिम कायम भएको खुद आय मान्न मिल्दैन। रीतपूर्वक खुद आय कायम नभएसम्म त्यस्तो खुद आयको आधारमा आयकर निर्धारण गर्नु कानून विपरीत एवं त्रुटिपूर्ण मान्न पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मीभक्त तिमला र विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा विपक्षीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री आत्माराम भट्टराई उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।१७ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. निवेदकले यस फर्मको आ.ब. २०३२।३३ को आय विवरण २०३५।३।२७ मा दर्ता गरी मिति ०३६।१२।२६ मा आम्दानी र खर्चको फाँटवारी अनुसार खुद आय रु. ९०,३२६।७६ देखिएको पेश गरी सो सम्बन्धित प्रमाणित बिल भर्पाई पेश गरी तत्कालीन कर अधिकृतलाई देखाई नेशनल ट्रेडिंगबाट प्राप्त बोनस तथा कमिशनको प्रमाणको साथै ने.ट्रे.लि.को समर्थन पत्र समेत पेश गरी खुद आय रु. ९०,३२६।७६ भएको चित्त बुझाई सकेकै थिएँ । आयकर ऐन ०३१ को दफा ३३(१) को म्याद नाघ्न गई मैले खुद आय देखाएको नै कायम हुने देखि कपटपूर्ण तवरले गलत रायको साथ आय निर्धारण समितिमा फायल पेश गर्ने अधिकार नभएकोमा पेश गरी आफूले दिएको राय अनुसार खुद आय रु. १०,३७,०९६।५६ हचुवा तवरबाट कायम गराई कर रु. ५,७९,०८७।९३ र जरिवाना रु. १,००,६९६।९५ लगाई र मिति ०४१।३।३० मा आयकर निर्धारण गरी पठाएको अनाधिकार एवं गैरकानूनी छ । ०३६।१२।२६ मा आम्दानी खर्चको विवरण पेश गरेकोमा तत्कालीन आयकर ऐनले सामान्यतः १ वर्ष भित्र आयकर निर्धारण गर्नु पर्नेमा सो नभएको र त्यसपछि आयकर ऐन (संशोधित सहित) को दफा ३३(१) अर्थात् ०३७।६।२ देखि लागू भएपछि सो मितिले एक वर्ष भित्र आयकर निर्धारण आदेश गर्नु पर्ने वा कानून बमोजिमको म्यादभित्र आयकर निर्धारण हुन नसक्ने भएको प्रमाण भए सो कारण देखाई कर विभागबाट म्याद थप गराई लिनु पर्नेमा सो केही नगरेको हुँदा मेरो आम्दानी खर्चको