निर्णय नं. २५४ - पसलबाट उठाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५४ - पसलबाट उठाई पाउँ भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०६/०७ २५६० निर्णय नं. २५४ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ३२५ निवेदक, प्रतिवादी : मानविवी मियानी, गनिखाँ मियाँसमेत विरुद्ध विपक्षी, वादी : आशाकाजी ब्रजाचार्य भिक्षु मुद्दा : पसलबाट उठाई पाउँ (१) वादीसँग सम्बन्धनै नभएको व्यक्तिबाट गराई लिएको कबुलियतले वादीलाई बाध्यता गराउँदैछ भन्न नहुने । झगडा परेको पसलमा प्रतिवादी बसी आएका सावितै हुनाले प्रतिवादीबाट वादीले वाहाल पाउने नै देखिएकोले के कति दरले कहिलेसम्म पाउने हो भन्नेतर्फ विचार गर्दा, वादीको दाता भक्तलालको बाबु कृष्णलालबाट रु. ६१ बहाल तिर्ने गरी कबुलियत भएको भन्ने प्रतिवादीको जिकिर भएको वादीले फास्र्या गरी लिईसकेपछि वादी र प्रतिवादीका बीचमा भएको कबुलियत शर्त बेगर फास्र्या लिएपछि हकै नहुने बीचको कृष्णलालसँग गराई लिएको कबुलियततर्फ वादीलाई बाध्यता गराउँछ भन्न मिलेन । (प्रकरण नं. २१) (२) कस्तो अवस्थामा घरधनीले आफ्नो घरमा बसेका बहालवालालाई हटाउन पाउने । घर पसल आफैलाई चाहिएको भन्ने वादीमा दावी नै नभएकोले घर बनाउनेका २३ नं. ले जनाउ नदिई ऐ २४ नं. ले उठाउन नपाउने, उठ्न नपरोस भन्ने पनि निवेदकतर्फको बहस जिकिरतर्फ पनि फिराद हेर्दा, ०९ साल कार्तिक ७।५ मा फार्से गराई लिई अन्यायवालालाई सोही कार्तिक ७।५ मानै पसलबाट उठी दिनु मेरो पसल सानु भएकोले पसल बेगर हर्जा भयो भनी भनेको भन्ने कुरो उल्लेख भईरहेको देखिन आएकोले आफैलाई चाहियो दावी नभएको भन्न र ०९।७।७।५ का दिन उठी जाउ भनेका कुरालाई लिई ०९।१०।१३ मामात्र यो उठाई पाउँ भन्ने नालेस परेको देखिएकोले घर बनाउनेको २४ नं. का ऐनबमोजिम ३५ दिन अगावै सूचना नदिएको भन्न मिलेन । (प्रकरण नं. २३) निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे विपक्षीतर्फ : प्लीडर लबदेव भट्ट फैसला १ भक्तलाल श्रेष्ठले घर खर्च गर्न र प्र.मानविवीलाई न्हेडिक तिर्न समेत मबाट रु. ४००१।– कर्जा लिई निजका बाबु कृष्णलाल ले मो.रु. १३०१।– मा प्रतिवादीलाई २०००।१२।१५ मा फार्छे पास गरी दिएको आफ्नै सोबासी घरको छेडी तल्लामा बनेको उत्तर मोहडाको १ नाले ३ कबले पसल र सो पसलबाट चर्चेको लगायतसमेत निज हकदार छोरा भक्तलाले ०१।५।९ मा रजिष्ट्रशनमार्फत अन्यायीलाई थैली तिरो निखनी लिई ०१।६।२६ गतेमा ख.लक्ष्मीप्रसादलाई मो.रु. १५५३।– मा र त्यसपछि रु. १८०१।– मा ०१।९।८ गते अन्यायवालालाईसमेत भोगबन्धकी पास गरीदिई राखेको सो पसल मलाई लिनाको आवश्यक परी प्रतिवादीको थैली तिर्न लगाई ०९।७।७ मा फार्छे पास गरी दिएकोले प्रतिवादीलाई पसलबाट उठी देउ भनेमा आलटाल गरी छाडी नदिएकोले सो ०९।७।८ गते देखि आजसम्मको महिना ।३।६ को सालको बाहाल मोह.रु. २००।– को दामासाहीले हुने मो.रु. ५३।३३ र मुद्दा किनारा भएका मिति तकको बाहाल भराई फार्छे पत्रबमोजिमको पूर्व मेरै पसल, पश्चिम गल्लीबाटो साहु वीरलालको पसल, उत्तर सडक, दक्षिण कृष्णलालको छेडी ४ किल्ला भित्रको मंगलबजारको पसलबाट उठाई पाउँ भन्नेसमेत ०९।१०।११।२ को आशाकाजीको फिराद । २. म मानविवीका भोग बन्धकी तमसुकबमोजिमको रुपैयाँ पोता रजिष्ट्रेशनबाट म मानविवीले बुझी लिई सकेपछि कृष्णलालले पसलबाट उठी दिन्छौ कि बाहाल कबुलियत गरी बस्छौ भनी हामीलाई सोधनी गर्दा बाहालमा बस्न देउ भन्नेमा सो पसल ३ कबलको सालको बाहाल मो रु. ६१। मा कबुलियत गरी बस भनी ०९।७