निर्णय नं. २७४१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७४१ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/१३ २०६५ निर्णय नं. २७४१ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ४०१ सम्वत् २०४३ सालको फौ.सा.नं. ११३ फैसला भएको मिति : २०४३।५।१३।६ मा पुनरावेदक/प्रतिवादी : जि.का.चितवन कारागारमा थुनामा रहेका कृष्णहरि कोइराला विरुद्ध प्रत्यर्थी/वादी : प्र.नि.बाबुजन प्रधानको प्रतिवेदन र फणिनारायण पौडेलको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) पुनरावेदक प्रतिवादी कलिलो उमेरको विद्यार्थी देखिएको विद्यार्थी समूहको बीच विवाद चली मारिएको स्थितिमा अपराध गरेको अवस्था समेतबाट प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने । (प्रकरण नं. ४१) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ । २. २०३८।१२।१ गते वीरेन्द्र क्याम्पसमा विद्यार्थीहरू बीच झगडा भई छुरी हानाहान भयो भन्ने खबर अनुसार म मद्दत साथ उक्त क्याम्पमा जाँदा प्रहरी आएको देखि केही विद्यार्थी भागी गएका र घटनास्थलको स्थिति अध्ययन गर्दा क्याम्पसको १ नं. कोठामा छुरी प्रहारबाट विद्यार्थी ५ जना मध्ये शिवप्रसाद पौडेल र भीमकुमार लामिछानेको हालत चिन्ताजनक भएको देखि छुरी प्रहार गर्ने कृष्णहरि कोइराला, छुरी हातमा लिई भागे भन्ने बुझिन आएको र घाइते शिवप्रसाद पौडेल सहित ५ जनालाई भरतपुर अस्पतालमा उपचार गर्न ल्याई कृष्णहरि कोइरालालाई खोज तलास गर्दै जाँदा क्षेत्रपुरको अर्जुन विष्टको घरमा गई लुकी बसेका कृष्णहरीलाई विद्यार्थीहरुले घरबाट बाहिर निकाली कुटपिट गर्दै रगतपच्छे भएका कृष्णहरि कोइरालालाई उत्तेजित विद्यार्थी समूहबाट छुटाई अस्पतालमा भर्ना गरी कृष्णहरि कोइराला क्याम्पसबाट भागेको बाटोबाट खोजी गर्दै जाँदा रगत लागेको छुरी क्षेत्रपुरतर्फबाट आएको देउती खोलाको घोल गहुँबारी नजिक डिलमा छुरी फेला परेको र घाइते ६ जना विद्यार्थीहरूलाई भरतपुर अस्पतालमा भर्ना गरेको मध्ये शिवप्रसाद पौडेलको सोही दिन १३.५० बजे मृत्यु भइसकेको र अन्य घाइते जना ५ को उपचार भइरहेकोले फेला परेको रगत लागेको फलामे छुरी बरामत भई मुचुल्का समेत प्रतिवेदन साथ दाखिल गर्न ल्याएको छु भन्ने समेतको प्र.नि.बाबुजन प्रधानको मिति ०३८।१२।१ को प्रतिवेदन । ३. ०३८।१२।१ गते वीरेन्द्र क्याम्पस भरतपुरमा घटना घटेको सम्बन्धमा तत्काल उठाएको घटनास्थलको प्रकृति मुचुल्का तथा मृतक शिवप्रसाद पौडेलको भनिएको घटनास्थलबाट उठाइएको रगतको प्रकृति मुचुल्का । ४. कृष्णहरिले साथमा लुकाई राखेको छुरी झिकी मेरो छोरा समेतलाई छुरी प्रहार गरी घाइते भएको निज छोरा शिवप्रसाद पौडेल भरतपुर अस्पतालमा उपचार हुँदा हुँदै सोही छुरीको चोट बेदनाबाट ०३८।१२।१ गते अं.२ बजेको समयमा मृत्यु भयो, तसर्थ कृष्णहरि कोइरालालाई ज्यानसम्बन्धी महल बमोजिम कारवाही गरी सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको ०३८।१२।१ को फणीनारायणको जाहेरी दर्खास्त । ५. मृतक शिवप्रसादको मृत्यु हुनुको कारण हतियारको चोट प्रहारबाट घाउ भई रक्तपात भई मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनमा डाक्टरको राय । ६. साइकलक