निर्णय नं. ३१७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१७६ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/१४ २२६३ निर्णय नं. ३१७६ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रि.नं. १५८९ विषय : उत्प्रेषण । निवेदक : जि.बारा परशुरामपुर गा.पं. वार्ड नं.९ बस्ने गोपालकुमार सिंह राजपूत । विरुद्ध विपक्षी : श्री मध्य क्षेत्रीय प्रहरी कार्यालय,काठमाडौं । श्री बागमती अंचल प्रहरी कार्यालय । आदेश भएको मिति:२०४४।५।१४ मा स्पष्टीकरण माग गर्दा लगाइएको अभियोग र सेवाबाट बर्खास्त गर्दा लिइएको आधार एउटै नदेखिई बेग्लाबेग्लै देखिएको छ, स्पष्टीकरणमा अभियोग नै नलगाइएको सम्बन्धमा सिधै बर्खास्त गर्न प्रहरी नियमावलीले मिल्दैन, तसर्थ पहिले अभियोग नै नलगाइएको आधारमा निवेदकलाई भविष्यमा सरकारी नोकरीबाट सामान्यतः अयोग्य ठहरिने गरी बर्खास्त गर्ने गरेको वागमती अञ्चल प्रहरी कार्यालयको निर्णय र उक्त निर्णय उपर पुनरावेदन सदर गरी गरेको क्षेत्रीय प्रहरी कार्यालय काठमाडौंको पुनरावेदन निर्णय समेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने, निवेदकलाई निजको आफ्नो पदमा बहाल गराउनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. म निवेदक जि.प्र.का.रसुवा अन्तर्गत प्रहरी चौकी पाच्याङ सरमथलीमा उक्त चौकीको इन्चार्ज पदमा काजमा रहँदा अचानक बारा जिल्लाको पूर्वी गण्डक नहर भन्ने नहरको शाखा हरदिया पर्शुरामपुर भन्ने गा.पं. वार्ड नं. ८ कल्याणपुर गाउँको नजिक बनेको सिमेन्ट जडान भएको पानी बाँड्ने क्रस पाइपमा डिटोनेटर राखी पडकाई दिएको भन्ने अभियोग लगाई आफ्नो जिम्मा रहेको चौकी एरिया बिना सूचना छाडी गई त्यस्तो अवैध कार्य गरेको आफ्नो जिम्मेवारी बहन नगरेकोमा प्रहरी नियमावली, ०३३ बमोजिम कारवाही किन नगर्ने भनी मिति ०४१।४।८ मा स्पष्टीकरण माग गरियो चौकी छाडी कतै नगएको तथा बारा जिल्लाको नहरमा बिस्फोटन समेत नगरेको र चौकी छाडी कतै नगएको कुरा चौकीमा बुझी पाउन स्पष्टीकरण समेत पेश गरेपछि म निवेदकलाई जि.प्र.का. बाराले मिति ०४१।४।१६ मा सही सत्य व्यहोराको स्पष्टीकरण पेश गर्न भनी यो ०४१।४।१७ मा स्पष्टीकरण पेश गरें । पछि वागमती अञ्चल प्रहरी कार्यालयबाट मिति ०४१।५।२५ मा निवेदकसंग फेरि स्पष्टीकरण माग गरियो उक्त स्पष्टीकरण माग्दा विभागमा नै आँच आउने कार्य गरेको हुँदा प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ अनुसार सेवाबाट हटाइने तर्फ किन कारवाही नगर्ने ? यदि कारवाही गर्नु नपर्ने कुनै सबुद प्रमाण छ भने २ घण्टा भित्र सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनी निवेदकसंग स्पष्टीकरण मागियो । निवेदकले तोडफोड कार्य नगरेको चौकी छाडी नगएको कुराको सप्रमाण स्पष्टीकरण पेश गरेपछि वागमती अञ्चल प्रहरी कार्यालयबाट निवेदकलाई मिति ०४१।५।२५ मा एकपत्र बुझाइयो जसमा दिएको आदेश नमानी लापरवाही गरी प्रहरी नियमावली, ०३३ को नियम ९.५ को देहाय (घ) अनुसारको अपराध गरेको देखिन आएकोले प्रहरी नियमावलीको नियम ९.१ को देहाय (छ) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी सेवाबाट बर्