निर्णय नं. २७४३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७४३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/२० १९५८ निर्णय नं. २७४३ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नम्बर १८१८ आदेश भएको मिति : २०४३।५।२०।६ मा रिट निवेदक : जि.झापा लखनपुर गा.पं.वडा नं.७ बस्ने टंकबहादुर सेढाइ विरुद्ध विपक्षी : श्री ५ को सरकार, भूमिसुधार मन्त्रालयसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) नाबालख छोराहरूका नामको जग्गाको उल्लेख नगरी नदेखाई जग्गा बिक्री वितरणमा प्राप्त गर्न रिट निवेदकले निवेदन दिई जग्गा प्राप्त गरेको भन्ने कुरामा विवाद देखिँदैन, तसर्थ अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १०) प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. साविक जग्गाधनी रुपध्वज ताजपुरियाको जि.झापा तत्कालीन दमक गा.पं.वार्ड नं. ९ कि.नं. ३९१ को –१५– वा.नं.९ कि.नं. ३११ को –१०– जग्गा मोहियानीमा जोती जिल्लामा भूमिसुधार लागू हुँदा भू.सं.ऐन, २०२१ को दफा २५(१) अनुसारको मोहियानी पाएकोमा रुपध्वजबाट भूमिसुधार कार्यालय झापाले हदबन्दी भन्दा बढी भएको भनी जफत गरी मोहीको हैसियतले मलाई बिक्री वितरणमा दिई आजसम्म भोग गरी आएको विपक्षी नं.२ समितिले भूमिसुधार मन्त्रालय अन्तर्गत गठित समितिको अधिकार प्रयोग गरेको भनी मिति ०४२।३।३१ गते जफत हुने निर्णय गरी मिति ०४२।४।२८ मा ३१ गते जफत हुने निर्णय गरी मिति ०४२।४।२८ मा जफत गरिएको जग्गा जिल्ला भूमिसुधार कार्यालयका आनन्द भन्ने खरिदारका भाइ नाताका दुर्गाप्रसाद गडतोलालाई बिक्री वितरणमा मिति ०४२।४।२८ मा दिइएको रहेछ । नक्कल सार्न माग्दा दिइएन । मैले ७ नं.फाँटवारी पेश गर्दा मेरो आमा पनि हुनुहुन्थ्यो र वहाँबाट मैले र नातीहरूले पाएको अंश विभाजन गर्दा दफा ८ को अधिकतम हदभन्दा बढी जग्गा हुँदैन । दफा ८ अनुसार जग्गा मैले प्राप्त गरेको मोहियानीको लगत कट्टा गर्ने निर्णय गरेर मात्र जफत हुने नहुने भन्ने कुराको निर्णय हुनु पर्नेमा प्रथम जफत भएर त्यसपछि अन्य व्यक्तिलाई बिक्री वितरण गरेर मोहीको लगत काटेको छ । ०३८ सालमा मेरो अंश हुँदा –१०– मात्र जग्गा आफ्नो नाममा भएपछि मेरो जग्गा र प्राप्त जग्गा मिलाउँदा र अन्य बाङ्गलुङ्गको जग्गा समेत गरी अधिकतम नाघेको छैन वर्तमान जग्गा प्राप्त गर्ने दुर्गाप्रसाद गडतौलाले आफ्नो विवरणमा सुकुम्बासीको हैसियत देखाए पनि निज गौरीगञ्ज साझा संस्थाको कर्मचारी भई पाँचथर जिल्लामा पनि निजका नाममा जग्गा भई जि.झापा गौरीगञ्ज गा.पं.वा.नं. ८ मा आफ्नो नम्बरी जग्गा छ र उनी सुकुम्बासी होइनन् । यस्तोमा निजले व्यहोरा ढाँटी सो जग्गा प्राप्त गरेको छ । अतः मैले मोहीको हैसियतले कमाई आएको र सोही नाताले अधिकतम हद भित्रै पारी किस्ता समेत बुझाई भोगेको जग्गा परिवारको भित्र पारेको भनी ०२१ सालको ७ नं. फाँटवारीको आधार लिई ०४१ सालको बिक्री वितरणको निर्णय बदर गरी प्रत्यर्थी दुर्गाप्रसादलाई दिने गरेको विपक्षी समितिको ०४२।३।३१ र ०४२।४।२८ को निर्णय बदर गरी साविक मोहीको न