निर्णय नं. ३१७७ - आफूलाई फाइदा रा.बा. बैंकलाई हानी पुर्या४ई भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१७७ - आफूलाई फाइदा रा.बा. बैंकलाई हानी पुर्या४ई भ्रष्टाचार गरेको भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/२९ २९३५ निर्णय नं. ३१७७ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ४८१ मुद्दा : आफूलाई फाइदा रा.बा. बैंकलाई हानी पुर्‍याई भ्रष्टाचार गरेको । पुनरावेदक/प्रतिवादी: ललितपुर जिल्ला अरुवा राखी गा.पं. वा.नं. ५ भरुवा राखी बस्ने टंकबहादुर खत्री क्षेत्री । विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार (विशेष प्रहरी विभाग) । फैसला भएको मिति: २०४४।५।२९।२ मा आरोपपत्रमा यस ऐनको हदम्यादभित्र दायर गरेको भन्ने उल्लेख भएको पाइँदैन यसरी अनिश्चित कालसम्म मुद्दा दायर गर्न पाउने व्यवस्था नदेखिएको हुँदा वादी दावी खारेज गर्ने गरेको वा.वि.अ.को फैसला मनासिब हुँदा सदर हुने । (प्रकरण नं. १७) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लवदेव भट्ट विपक्षी, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्र कोइराला उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन गर्ने अनुमति पाई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यसप्रकार रहेछ । २. टंकबहादुर खत्री क्षेत्रीले शिवकुमार अग्रवाल भन्ने व्यक्तिको नामबाट मिति ०३०।२।२८ मा रु. ५००।– जम्मा गरी चल्ती खाता नं. १९४८ खोली खोल्न लगाई चेक बुक र पास बुक लिई त्यस दिन कर्जा विविध ८।१३९ को रु. १,२१,२२५।४७ कृत्रिम भौचर तयार गरी सो कृत्रिम भौचर अनुसारको शिवकुमार अग्रवालले नं. ०३७।२२७ को रु. १,१८,०००।– चेक काटी भुक्तानी दिई आफूलाई फाइदा राष्ट्रिय बाणिज्य बैंकलाई हानी पुर्‍याई भ्रष्टाचार पूर्ण कार्य गरी आएको छन् । राष्ट्रिय बाणिज्य बैंक काठमाडौं अफिसको चल्ती विभागमा बसी काम गरेको छु । ०३०।२।२८ का दिन खाता चेक गर्न दस्तखत भिडाउने काम मैले गरेको हुँदा देखाइएको नं. ०३७।२२७ मिति ०३०।२।२८ को रु. १,१८,०००।– को चेक भुक्तानी दिने सिलसिलामा मैले दस्तखत भिडाएको हो । हि.नं. १९४८ को दस्तखत नमुना कार्डमा एस.के.अग्रवालले अंग्रेजी अक्षरमा गरिएको दस्तखत र नं. ०३७।२२७ को चेकमा भएको दस्तखत भिडाई हेर्दा शिवकुमार अग्रवालको खाता खोल्ने फाराम मेरो टेबुलमा आएकोले खाता खोल्नलाई मैले मोहन सिंहलाई दिएको हो । सो खाता खोलेको फाराम र कार्ड म संग रहन्छ । ०३९।२।२८ को रु. १,२१,२२५।४७ को भौचरलाई दुर्गामान र मेनेजर गंगाप्रसादको दस्तखत भएकोले पोष्टिड्ड गरेको हुँदा भनी शिवकुमार भन्ने व्यक्तिको नामबाट नं. १९४८ को चल्ती खाता आफैंले खोली निजको कर्जा विविध ८।१०९ का रु. १,२१,२२५।४७ को भौचर अनुसारको उक्त खाता नं. १९४८ मा जम्मा भएको रकम झिक्न भुक्तानी लिन व्यक्तिको नामबाट काटिएको नं. ०३७।२२७ को रु. १,१८,०००।– मिति ०३०।२।२८ को चेकमा भए गरेको सही दस्तखतसंग नमुना कार्डमा भएको दस्तखत आफैंले भिडाई हेरी जाँची भुक्तानी दिनको लागि चेक पास गरी मेनेजर समक्ष पठाएकोमा आफूले जाँच गरेको चेकमा भएको दस्तखत मुनी अण्डर लाइन भएको दस्तखत नमुना कार्डमा दस्तखत नमुना मुनी अण्डर लाइन नभएको त्यस्तो चेकको भुक्तानी दिई भ्रष्टाचार पूर्ण कार्य गरी आएकोमा निज टंकबहादुर खत्री क्षेत्री साविती हुनुको अतिरिक्त गैरकानूनी तरिकाले भुक्तानी लिने कार्यमा निज टंकबहादुरले परीपञ्च मिलाई चेकमा गरेको दस्तखत र दस्तखत नमुना कार्डमा भएको दस्तखत भिडाई हे