निर्णय नं. २५५ - थैली बुझाई हक सफा गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५५ - थैली बुझाई हक सफा गरी पाउँ भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०४/१३ २७८९ निर्णय नं. २५५ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ३०० निवेदक : सुरेन्द्रबहादुर शाही बिरुद्ध विपक्षी, प्रतिवादी : जेउदे कामीसमेत मुद्दा : थैली बुझाई हक सफा गरी पाउँ (१) सुक्री बिक्री गरी दिएको जग्गामामात्र हकवालाले हक सफा गर्न पाउने । हक सफा गर्न पाउँ भनेको जग्गा विषयको किर्तिवीर शाही आगे भइ प्रतिवादी जेउदे लोहारसमेतलाई ०१२।९।१२।३ मा गरिदिएको लिखतमा ‘तिमी धनीले नै मानि खाई आएको भुलबाट मेरा नाउँमासमेत दर्ता भएकोमा दस्तुर खाइ दिए मैले र मेरा सन्तानले दावी गर्ने छैन । तपसीलमा लेखिएका खाइकरलाईसमेत अंश दिई तिमीले र तिम्रा सन्तानकोसमेत हक भइ हाम्रो र हाम्रा सन्तानको हक छुट्टाई चलन भोग गरी खानु भन्नेसमेत उल्लेख भएको देखियो ।’ सुक्रिबिक्रीको राजिनामामा यस किसिमसँग लेखिने अवस्थै नपर्ने, साहु हुने जेउदेसमेतले राजिनामा लिएको भए अरु खाइकरसमेतलाई अंश दिनु भन्ने प्रयोजन नै नपर्ने हुनाले सुक्रिबिक्री गरी राजिनामा दिएको भन्ने नदेखिइ प्रतिवादीहरूले नै अघि देखि खाइ आएको जग्गा भूलबाट दर्ता भएको भनी निजहरूको जग्गा निजहरूलाई छाडिदिएको भन्ने सिद्ध हुन आएकोले यस्तोमा हक सफा गर्ने प्रश्नै नउठ्ने हुनाले हक सफा गर्न पाउँ भन्नेसमेत निवेदकको जिकिर पुग्न सक्तैन । हक सफा गरी निखनी लिन नपाउने ठहराएकोसमेत ०१५।१०।१२ को डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १०) निवेदकतर्फ : प्लीडर ठाकुरप्रसाद । विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे । फैसला १. सर्वोच्च अदालत पश्चिम दौडाहा डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याइ हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको निवेदक, वादीले दिनु भएको बिन्तीपत्रमा भइ आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुन आएको प्रस्तुत मुद्दा मिसिल हेर्दा, २. दाजु कृतवीरका नाउँमा दर्ता भएको जग्गा निजले ०१२।९।१२ मा कं.रु. ६०० मा जेउदेसमेत ३ जनालाई राजिनामा पास गरी दिएछन् । म ०६ सालमै भिन्न भइ ०९ सालमा मोगलान गई ०१३ साल आश्विन २५ गते आइ थाहा पाएँ । दाजु निज कृतवीरले लिएका कं.रु. ६०० बुझाइ हक सफा गरी पाउँ भन्नेसमेत वादीको उजुरी दर्खास्त । ३. राजिनामा मटिया हक भन्ने देखिएको, मटिया हक भन्नाले मोहियानी हक बेचेको, सोही सफाइ गर्न चाहेको प्रतिवादीले म्यादै गुजारी बसेका हुँदा रुपैयाँ बुझाइ मोहियानी हकको हक सफा गर्न दिने भन्ने डोटी अछाममालको ०१३।९।३०।१ को पर्चा । मेरो दावाको विचारै नगरी गरेको मालको पर्चा बदर गरी हकदारले निखन्न पाउने लिखतको जग्गा निखनाइ पाउँ भन्नेसमेत वादी सुरेन्द्रबहादुरको अपील । ४. हकदारले रुपैयाँ तिरेपछि जग्गा निखन्न पाउँदैन भन्न नहुनेमा मोहियानी हक बेचेको भन्ने नलेखिएपछि मटिया हक भन्नाले मोहियानी हक बेचेको भन्ने मालले गल्ती इन्साफ गरेको ठहर्छ जग्गै निखन्न पाउँछ भन्नेसमेत डोटी गौंडाको ०१४।८।२१ को फैसला । ५. जग्गा निखन्न पाउने गरी भएको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी जेउदेसमेतको र शुरु म्याद गुजार्ने प्रतिवादीलाई अपीलको म्याद दिन नहुने दिएकोमा चित्त बुझेन भन्नेसमेत वादी सुरेन्द्रबहादुरकोसमेत अपील । ६. प्रस्तुत मुद्दामा मुखिया कृतवीर शाहीले लिखत गरी दिंदा जेउदे कामी, टगुवा कामी, तिलुवा लुहारासमेतबाट कं.रु