निर्णय नं. २७४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/२३ १९६६ निर्णय नं. २७४४ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रि.नं.१५७६ आदेश भएको मिति : २०४३।५।२३।२ मा निवेदक : का.प.जि.होत्से गा.पं.वडा नं.७ बस्ने शिवबहादुर थापासमेत विरुद्ध विपक्षी : का.प.जि.साठी घर गा.पं.वडा नं.२ बस्ने कुमारबहादुर कार्कीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अधिकार प्राप्त निकाय गाउँ पञ्चायत न्यायिक समितिबाट भएको इन्साफ र सो इन्साफलाई सदर गरेको जिल्ला न्यायिक समितिको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री माधवकिशोर भट्टराई आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : साठी घर गा.पं.को मिति ०४१।८।२० को र जिल्ला पञ्चायत न्यायिक समिति काभ्रेपलाञ्चोकको मिति ०४२।४।१३ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. कि.नं.४११ को पूर्व पट्टिबाट पश्चिम भित्ता भित्ता हुँदै ऐ.ऐ.गा.पं.वडा नं.२ को कि.नं.३८१ समेतका कित्ता १२ मा हामीहरूले र गाउँलेहरूले हिउँदे कुलो लगी विभिन्न बाली लगाई आएको र ०४० सालमा विपक्षीहरूले कुलो पुरी बन्द गरेको भन्ने विपक्षी वादीहरूले साठी घर गाउँ पञ्चायतमा निवेदन दिएकोमा वादीले दावा गरेको उक्त कि.नं. ४११ मेरो नाम दर्ता भएको मेरो हक भोगको जग्गामा साविकमा कुलो थिएन र कुलो दिनु पनि थिएन भन्ने हाम्रो भनाई भएको सो कुलो सम्बन्धमा विपक्षीहरूले जिल्ला कार्यालय काभ्रेपलाञ्चोकमा दिएको निवेदनमा प्रमुख जिल्ला अधिकारी ज्यूबाट मिति ०४१।४।१६ मा खारेजी फैसला भएकोमा विपक्षीहरूले पुनरावेदन समेत नगरी स्वीकारी बसी सक्नु भएकोमा उक्त विषयलाई नै लिएर साठी घर गाउँ पञ्चायत काभ्रेमा पुनः निवेदन दिएको । ०४१।८।१० को पेशी तारिखमा जिल्ला कार्यालय काभ्रेपलाञ्चोकको फैसला सारी पेश गर्नु भनेकोमा मैले निर्णय उतार पेश गर्न नपाएकोले पेश नगरेको कारणले वादी दावा बमोजिम साग सब्जीको लागि हिउँदे अस्थायी कुलो दिनु पर्छ भन्ने मिति ०४१।९।२ को साठी घर गा.पं.काभ्रेपलाञ्चोकले फैसला गरेको र सो फैसला उपर मेरो पुनरावेदन परेकोमा उक्त कुलोबाट हिउँद महीनामा पक्ष विपक्ष र गाउँले समेतलाई अति आवश्यक हुने भएकोले उक्त कुलो परम्परा देखि चल्दै आएकोले कुलो दिनुपर्ने, ठहर्‍याई मिति ०४२।४।१२ मा जिल्ला पञ्चायत न्यायिक समिति काभ्रेपलाञ्चोकबाट फैसला गरियो । नयाँ कुलो बनाई पानी पटाउने विवादको उजूरी लिई हेर्न र छिन्ने अधिकार गाउँ पञ्चायत ऐन, २०१८ ले गाउँ पञ्चायतलाई दिएको छैन । यसरी आफ्नो अधिकार नभएको कुरामा मुद्दा हेरी गा.पं.ले निर्णय गरेको र सो निर्णय उपर जि.पं.न्यायिक समितिमा पुनरावेदन गरेकोमा मुद्दा खारेज नगरी पुनरावेदन सुनी गरेको मिति ०४२।४।१३ को निर्णय अ.बं. ३५ नं. विपरीत हुनाले बदरभागी छ । ०४१।४।१६ मा वादी दावा खारेज गर्ने गरी जिल्ला कार्यालय काभ्रेले गरी सकेको विषयमा साठी घर गा.पं.ले पुनः दुई पटक कारवाही तथा निर्णय गरेको अ.बं. ८५ को विपरीत छ । अतः साठी घर गा.पं.को मिति २०४१।८।२० को र जिल्ला पञ्चायत न्यायिक समिति, काभ्रेपलाञ्चोकको मिति ०४२।४।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपा