निर्णय नं. २५६ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५६ - हकसफा भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०४/२७ २६३५ निर्णय नं. २५६ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतिप्रसाद सिंह न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री स.इश्वरीराज मिश्र दे.फु.नं. २३७ निवेदक, प्रतिवादी : मोहनबहादुर राउत क्षेत्रीसमेत विरुद्ध विपक्षी वादी : हरिप्रसाद उपाध्याय मुद्दा : हकसफा (१) रजिष्ट्रेशन पास नभएको लिखतबाट जग्गामा दावा पुग्न नसक्ने, कागज परिसकेपछि मात्र भोग गरेको प्रमाणलाई पक्कामान्न नमिल्ने । झगडा परेको जिमिदारी जिमिदार कृष्णराजबाट राजिनामा लिएको पास नभए पनि भोग गरी आएको भन्ने निवेदकको जिकिर देखिन्छ । राजिनामा भएको भनेको ०३।८।१३ को लिखित पास नभएमा प्रतिवादी सावितै हुनाले त्यस्तो पास नभएको लिखतबाट रजिष्ट्रेशनका ७ नं. ले जग्गामा दावा पुग्न नसक्ने र लिखित पास नभए पनि भोग गरेको भन्ने हकमा पेश भएका रसिद हेर्दा मुद्दा परेपछिको १६ सालको पोत बुझाएको रसिदमा भोगवाला यज्ञबहादुर भनी जनिएको देखिए पनि सो भन्दा अघिको पोत बुझाएको रसिदमा हस्ते भन्नेमात्र जनिएको देखिन आएकोले झगडा परिसकेपछि भोगवाला भनी जनिएको भरले वादीको राजिनामा गराई लिएको हैसियतबाट भोग भइ पक्का भईसकेको भन्न नमिल्ने । (प्रकरण नं.१३) निवेदकतर्फ : प्लीडर सुधानाथ पन्त प्लीडर ठाकुरप्रसाद खरेल विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे फैसला १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याइ हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको सन्तकुमारी देवकुमारीका हकमा र आफ्ना हकमासमेत विष्णुकुमारीले दिनु भएको बिन्तिपत्रमा बक्स भइ आएका हुकुम प्रमांगीबमोजिम दोहरी दायर हुुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, २. यज्ञबहादुरलाई २००३।८।१३।५ मा कं.रु. २३०१ मा राजिनामा गरी दिएको तप्पे गौ राबल मौजे चेथरी दुइ आना जिमिदारीको राजिनामा पास नभई कपाली भएको सो थैली तिर्न र त्यस माथि कं.रु. ७००१ सात हजार एक रुपैयाँ थप दिई जम्मा कं.रु. ९३०२ मा सो जिमिदारी ०१६।२।५ मा घरायसमा र ०१६।७।२७ मा रजिष्ट्रेशन पास गराई कृष्णराज गुर घरानाबाट राजिनामा गराइ मैले लिएकोले सो यज्ञबहादुरको थैली कं.रु. २३०१ बुझाउन लाग्दा नबुझेकोले पाल्पा मालमा धरौट राख्दा निजले बुझ्न इन्कार गरी नालेस दिनु भनी मालले सुनाएका म्याद भित्र नालेस गर्न आएको छु । सो रुपैयाँ दावी खिचोला मेटाई पाउँ भन्नेसमेत व्यहोराको हरिप्रसाद उपाध्यायको फिराद । ३. सो जिमिदारी पहिला हाम्रै हो, पछि फिर्ता दिने कबूलले मैले राजिनामा गरी दिएको हुँदा २००३।८।१३ मा जि.कृष्णराजबाट मलाई हक छोडी राजिनमा गरी दिएको पास गर्न जान सरम हुन्छ भन्नु भई पास गरी नदिए पनि सालसालै पोत बुझाई भोग गरी आएको र कृष्णराज ऐन्द्रराजको बण्डापत्रमा राजिनामा भई गएको भनी लेखेकोले थैली बुझ्नु नपर्ने भन्नेसमेत व्यहोराको यज्ञबहादुरको प्रतिवादी । ४. बुझिएसम्मका प्रमाणबाट प्रतिवादीको रु. २३०१ को राजिनामा पास नभएकाले थैली नबुझी जग्गामा दावीबमोजिम प्रतिवादीले खिचौला गरेको ठर्हन आएकोले वादीको दामी मनासिव छ भन्ने ०१७।९।१५ को पाल्पा इलाका अदालतको फैसला । ५. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको अपील । ६. शुरुका फैसलामा लेखिएका बुँदा प्रमाणसमेतबाट इन्साफ शुरु इलाका अदालत पाल्पाको मनासिव ठहर्छ भन्ने २०१७।११।५।५ को जिल्ला अदालत पाल्पाको फैसला । ७. उक्त इन्साफ बदर गरी पाउँ भनी प्रतिवादीको अपील । ८. अपिलाट यज्ञबहादुरले राजिना