निर्णय नं. ३१७८ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१७८ - ज्यान भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/१२ ५६९९ निर्णय नं. ३१७८ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको सा.फौ.नं. १२३ मुद्दा : ज्यान । वादी: फुलमतीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:जि.कपिलवस्तु तौलिवा न.पं. वार्ड नं. ४ देवानकादिया घर भै हाल जि.का. कारागार शाखा तौलिहवामा थुनामा रहेको अब्दुलफत्ते मुसलमान । फैसला भएको मिति: २०४४।३।१२।६ मा २ जना बीच मर्ने मार्ने वार्ता चली छुरीसमेत लिई संगै बसेको हुँदा मार्ने सम्मको नियत भएको कुरा प्रष्ट हुने । (प्रकरण नं. १५) २ पक्ष बीच भइरहेको प्रेममा बाधा विरोध गर्न जाँदा कमजोर मानसिकताको कारण दुवैले आत्महत्या गर्ने निधो गरी इन्द्राले आफ्नो घाँटीमा छुरी प्रहार गर्दा आफूले समेत मद्दत दिई निजलाई मारी आफू पनि मर्न प्रयत्न गरी पेटमा यत्रतत्र छुरी प्रहार गरेको देखिँदा र वारदातको स्थिति समेत विचार गर्दा यी प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने । (प्रकरण नं. १५) फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. ०३९।५।३ गतेका रात म र मेरी आमा रामरती सुती निदाएको थियौं । परिवार नियोजनमा काम गर्ने वर्ष २७ की मेरी छोरी इन्द्रधर भित्र सुतेको थिइन्, रातको अं. १२ बजे अचानक घरको भित्रबाट आइया, आइयाको आवाज आएको सुनी हेर्दा घरका ढोका भित्रबाट बन्द रहेको हुँदा शंका लागी हल्ला गोहार गर्दा मानिसहरू भेला जम्मा भए । राजे मुसलमानलाई ढोकाहरू नखुलेको हुँदा घरको छानामा चढ्न लगाई फुसको छाना उक्काई हेर्न लगाउँदा छोरी इन्द्राको घाँटी काटिएको र अरु एकजना मानिस छ भनी निज राजे मुसलमानले टर्चलाइट बाली देखेको र मलाई भनेको हुँदा प्रहरी कार्यालय तौलिहवामा खबर गर्न आएँ । प्रहरीहरू गई घरको ढोका फोडी खोली हेर्दा मेरो छोरी इन्द्राको घाँटी धारिलो हतियारले रुद्रघण्टी समेत काटिएको मृतक अवस्थामा खटियामा पल्टिरहेको र सोही खटियामा मेरै गाउँको भुन्नु भन्ने अब्दुल फत्ते मुसलमान पनि छुरीले आफ्नो पेटमा घाउ बनाई आन्द्रा भुँडी समेत निकाली अचेत अवस्थामा पल्टिरहेको, खटियामा रगत रंग समेत लागेको छुरी पाइएको र निज फत्ते मुसलमान पहिले देखि नै मेरो घरमा आउने जाने बस्ने गरेको मानिस हुँदा छोरी इन्द्रालाई निजले नै कर्तव्य गरी मारेको हुँदा निज उपर कानूनी कारवाही गरिपाउँ भन्ने समेत फुलमती कहारिनको मिति ०३९।५।४ को जाहेरी दर्खास्त । ३. घाँटीमा ६ इन्च जति लम्बाई र ३ इन्च जति चौडाईमा रुद्रघण्टी समेत छिनिएको काटिएको घाउ देखिएको, घाँटीको धारबाट रगत बगिरहेको ओछ्यानमा रगत जम्मा भई भुइँमा खसी जम्मा भएको, लाशलाई वल्टाई पल्टाई हेर्दा मृतकको बायाँ खुट्टाको घुँडामा २ इन्चको काटिएको घाउ देखिएको भन्ने समेत मृतक इन्द्राको लाश प्रकृति मुचुल्का । ४. इन्द्रा आफ्नो माइती घर मेरै टोलमा बस्ने गर्दथिइन् । निजसंग ७ वर्ष अगाडिदेखि प्रेम भई दुवैजना लोग्ने स्वास्नी जस्तै गरी बसेका थियौं । केही दिन अगाडि मात्रै निज इन्द्राको सम्बन्ध डा. रामेश्वरसंग अवैध सम्बन्ध छ भन्ने कुरा थाहा पाई मैले डाक्टर वा म संग बस्छौ भन्दा तिमीसंग बस्छु मर्नु परे पनि संगै मर्छु भन्ने कुरा गरेकी थिइन् । तर डा.उनको माइती घरमा आउन जान छाडेनन्, निजकी बजैले डाक्टरसंग लगाई