निर्णय नं. २५७ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५७ - लेनदेन भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०८/१६ ३०८६ निर्णय नं. २५७ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र दे.फु.नं. २२३ वादी : ले.ज. ध्रुब शमशेर ज.व.रा.का.इ. बालुवाटार विरुद्ध प्रतिवादी : भक्तबहादुर थापा क्षेत्री धनकुटा मुग मुद्दा : लेनदेन (१) भरपाई अस्पष्ट नभई स्पष्ट तथा निर्दिष्ट हुन पर्ने । भरपाई दिंदा बाहेक गर्नुपर्ने लिखतहरूको “बाहेक” भनी नजनाई लेखापढी लेनादेना, चिठ्ठीपत्र, इत्यादिको भनी जनाई दिएमा सम्पूर्ण व्यवहारलाई टुङ्गाएको मानिने । .......आज अघि हामीहरूमा जो जे भएको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बहीखाता इत्यादिको हर हिसाब भन्ने लेखिएको, यसै जग्गा सम्बन्धको हरहिसाबमात्रलाई लिएर लेखिएको हो भन्ने कुरा भरपाईमा प्रयोग भएको बाक्याँशहरूबाट देखिएन । त्यस्तो अतिरिक्त लेखापढी चिठ्ठीपत्र बहीखाता इत्यादि चितल दरपीठ र रद्द हुन छुटपुट भई बाँकी रहन गएको भए पनि पछि कुनै व्यहोराबाट सो प्रमाण लाग्ने केही देखाई यो फारगती बाहेकको छुट्टा हो पाउनु पर्छ भनी रुपैयाँ पैसा जग्गा जमिन लेनादेना इत्यादिमा लेखिए मध्ये कसैसँग पनि दावी गर्र्ने छैन” भन्ने शब्दहरूसमेत उल्लेख भएको यो फारगती भन्ने शब्द परे पनि निचोडमा भरपाई गरी दिए भन्नेसमेत लेखिएको मौजा सम्बन्धमा यो यो कागजको चितल दरपीठ हुन पर्ने अवस्था पर्ने भन्ने वादीतर्फबाट कुनै कुरा खुलाउन पनि नसकेको र लेनदेनको तमसुक इत्यादिमानै चितल दरपीठ हुने अवस्था पर्ने हुनाले जग्गासम्बन्धीमात्र हो भन्ने वादी वक्षका भनाइ मनासिव नदेखिने । वादी दावीको लिखत उक्त भरपाई हुनु भन्दा अघिको देखिएको छुट्टै लिखत भएको हुनाले त्यस्तो लिखतलाई बाहेक गरेर जग्गा सम्बन्धको कारोबारलाईमात्र भरपाई भएको भए त्यस्तो बाहेक गरिएको लिखतहरूको पनि भरपाईमा बाहेक गरी अथवा जग्गा सम्बन्धकोमात्र हो भन्ने उल्लेख हुनुपर्ने, सो नभएबाट पनि वादी प्रतिवादीकोबीच भए गरेको लेखापढी चिठ्ठी चपेटा लेनादेना इत्यादि सम्पूर्ण व्यहारलाई अन्तिम तवरले राफसाफ गरी छिनाफाना गरेकै देखिन्छ । माथि लेखिएको कारणहरूबाट उक्त भरपाई हुँदाको बखत यो वादी दावीको लेना भईसकेको भन्ने भरपाईबाट प्रष्ट देखिएकोले सावाँव्याज भराईपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । तसर्थ सो नपुग्ने ठहराईएको माननीय न्यायाधीश श्री भैरवप्रादज्यूको राय फैसला मुनासिब ठहर्छ । (प्रकरण नं. ११,१२) वादीतर्फ : प्लीडर नन्दिकेशर शिवाकोटी । फैसला १. श्री ध्रुब शम्शेर ज.व.रा.वादी भई वा निज प्रतिवादी भएको मुद्दा मामिला जहाँ जुन अड्डा अन्तर्गत परेको छ सो सबै मुद्दा सर्वोच्च अदालतबाट किनारा गर्नालाई ऐन सवालले नमिल्ने भए तापनि साविक नरहने गरी निज बारेको सबै मुद्दा हेरी ऐन सवालबमोजिम किनारा गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने मौसूफका प्रमुख सचिवालयबाट मिति २०१८।११।५।६ मा र व्यहोरा साँचो भए निवेदक ज.धु्रव सम्शेर सम्बन्ध घरायसको र सरकारिसमेत सबै मुद्दाहरूमा गुज्रेको अपील दिने म्याद र गुज्रेको तारेखसमेत थामी दोहर्‍याई हेरी ऐन सवालबमोजिम यथासिघ्र किनारा लगाई दिनु र कोर्ट फी जति लाग्ने मुद्दामा जो लाग्ने कोर्टफी पनि मुद्दा किनारा लागेका बखत लिनु भन्ने श्री ५ माहाराजाधिराजबाट हुकुम बक्सेको छ भन्नेसमेत मिति ०१९।३।७।५ मासमेत लेखी आई बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्नु भन्नेसमेत माननीय प्रधान न्यायाधीशज्यूबाट भ