निर्णय नं. ९०६८ - राजीनामा लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०६८ - राजीनामा लिखत बदर भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०७०/०३/१९ ४३०४ नेकाप २०७० अङ्क १० नि.नं.९०६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।३।१९।४ विषय :– राजीनामा लिखत बदर । ०६७–CI–०००५ पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २१ छायबहाल बस्ने ज्ञानु महर्जन विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन ०६७–CI–०००४ पुनरावेदक/प्रतिवादी : तनहुँ जिल्ला, रूपाकोट गा.वि.स. वडा नं. ८ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं. १३ बस्ने सुकमाया गुरूङ विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन ०६७–CI–०००६ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने मिनु श्रेष्ठ विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन ०६७–CI–०००२ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने लालबहादुर महर्जन विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १५ बस्ने उमेश महर्जन § वादीसमेतको अंश हक लाग्ने जग्गा निजको मञ्जुरी बेगर हक छाडी गरीदिएको देखिँदा त्यसरी हक छाडी दिंदा खडा भएका लिखतहरूलाई कानूनअनुरूप खडा भएको भनी भन्न नमिल्ने । (प्रकरण नं.२) § अंश मुद्दा चल्दाचल्दै उक्त मुद्दामा रोक्का रहेको जग्गालाई कानूनबमोजिम फुकुवा नहुँदै प्रतिवादीले अन्य पुनरावेदक प्रतिवादीहरूलाई र.नं.१२६६, १२६७ र १२६८ को लिखतबाट बिक्री गरी हकहस्तान्तरण गरेको अवस्था देखिन्छ । मुलुकी ऐन, जग्गा मिच्नेको ९ नं. मा भएको कानूनी व्यवस्थाले "कानूनबमोजिम रोक्का भएको जग्गा फुकुवा नभई आफ्नो हक पुग्ने भएपनि अर्कालाई केही व्यहोराले दिने र लिनेले पनि जानी जानी लिन हुँदैन दिए लिएको भए बदर हुन्छ" भनी गरेको कानूनी व्यवस्थाविपरीत पुनरावेदकहरूले रोक्का रहेको जग्गालाई लिखत गरी पारीत गरे गराएको अवस्थासमेत देखिँदा उक्त विवादित र.नं का लिखतहरूले कानूनी मान्यता पाउने भन्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता प्रेमबहादर खड्का, विद्वान अधिवक्ता पुरुषोत्तम ढुङ्गाना प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता बद्रीप्रसाद शर्मा, विद्वान अधिवक्ताद्वय डिलहरी शर्मा र राधेश्याम पराजुली अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, जग्गा मिच्नेको ९ नं. शुरू फैसला गर्ने माननीय न्यायाधीश : श्री मेघनाथ भट्टराई पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीशहरू : डा.श्री हरिवंश त्रिपाठी श्री दिनेशकुमार कार्की फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई पाऊँ भनी दायर भएको प्रस्तुत मुद्दामा यस अदालतबाट मुद्दा दोहोर्‍याई दिने निस्सा प्रदान भएपछि पुनरावेदनको रूपमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहायबमोजिम छ :– बाजे सूर्यमानका ३ छोराहरूमा जेठो जगतबहादुर भन्ने सुर्जबहादुर, माहिलो विपक्षी लालबहादुर र कान्छो म फिरादीका पिता शेरबहादुर हुन् । जेठो जगतबहादुर भन्ने सुर्जबहादुरको विवाह नहुँदै मृत्यु भै सकेको छ । माहिलो विपक्षी लालबहादुर र कान्छो म फ