निर्णय नं. २७४६ - परमादेश मिश्रित उत्प्रेषणको रिट जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७४६ - परमादेश मिश्रित उत्प्रेषणको रिट जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/३१ २११६ निर्णय नं. २७४६ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं.१७३५ आदेश भएको मिति : २०४३।५।३१।३ मा निवेदक : न्हुछेमाया खड्गी का.जि.यटखा, दमाई टोल विरुद्ध विपक्षी : श्री मालपोत कार्यालय, काठमाडौंसमेत विषय : परमादेश मिश्रित उत्प्रेषणको रिट जारी गरिपाउँ (१) रिट निवेदकले रैकरमा परिणत गरिपाउँ भनी दावी लिंदा २–४–२ जग्गाको दावी गरेको पाइन्छ सो बाहेक अरु जग्गामा निजको रैकरमा परिणत गरिपाउँ भन्ने दावी भएको देखिँदैन । प्रत्यर्थीको रैकरमा परिणत गरिपाउँ भनी निवेदन परेको आधारमा बाँकी जग्गा प्रत्यर्थी मोहिका नाउँमा रैकर परिणत हुने ठहर्छ भनी गरेको प्रत्यर्थी मालपोत कार्यालयको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान र विद्वान अधिवक्ता श्री बच्चूसिंह खड्का आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : मालपोत कार्यालयको २०४२।५।१७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. साविकका यटखा लगत नं. ९५७ मा दर्ता भएको धेरै कित्ता जग्गा मध्ये याकपा रोपनी ४।। को हाल गोंगबु वडा ४(ग) कि.नं. ४०५ को २–४–२ जग्गा रैकर परिणत गरि पाउँ भन्ने मेरो निवेदन परी मालपोत कार्यालयको ०३८।११।२५ को निर्णयबाट मेरो नाममा रैकर परिणत गरि दिनु भएको थियो । सो निर्णय बदर गरिपाउँ भनी मोही सोबीर लामाले रिट निवेदन दिनु भएकोमा सो निर्णय बदर गर्ने गरी स.अ. डिभिजनबेञ्चबाट ०३९।१२।१४ मा आदेश भएको थियो । मालपोत कार्यालयको निर्णय बदर गर्ने गरेको डिभिजनबेञ्चको निर्णय मनासिब ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भन्ने मालपोत कार्यालयको नाममा परमादेश पनि जारी हुने भनी सर्वोच्च अदालत फुलबेञ्चबाट ०४१।९।२५ गते आदेश भएपछि पुनः कारवाही चालु हुँदा कि.नं. ४०५ को ७–४–२ मा न्हुछे मायाले ०३८।९।२५ मा दावी लिए बमोजिम रोपनी २–४–२ कित्ता र न्हुछे मायाको नाउँमा रैकर परिणत हुने र कि.नं. ४०५ को अरु बाँकी जग्गा ६–१४–० विर्ता उन्मूलन ऐनको दफा ७(४) अनुसार सोही सोवीरको नाउँमा रैकर परिणत हुने ठहर्छ भनी विपक्षी मालपोत कार्यालयबाट २०४२।५।१७ गते निर्णय पर्चा । कि.नं. ४०५ को ६–१४–० कायम मध्ये २–४–२ मेरो नाउँमा रैकर परिणत गरी दिने गरेको हदसम्म कायम होस् । क्षेत्रफल ४–९–२ जग्गा विपक्षीको नाउँमा रैकर परिणत गर्ने गरेको हदसम्मको निर्णय त्रुटिपूर्ण र अनधिकृत छ । ३. कि.नं. ४०५ को जग्गा नापी हुँदा फिल्ड बुकमा क्षेत्रफलको २–४–२ मात्र अंकित गरिएको थियो । तर मोहीले प्राप्त गरेको जो.अ.नि.मा ७–४–२ अंकति रहेछ । नक्शाको ट्रायलको चेक गराउँदा खास क्षेत्रफल अहिले ६–१४–० मात्र कायम भएको निर्णयले महसूस गरेको छ । अड्डाको भूलको कारणले कम क्षेत्रफल उल्लेख हुन गयो भन्दैमा मेरो दावी नै कम जग्गामा भएको भन्न मिल्दैन । त्यस आधारमा मेरो नाउँमा दर्ता भएको कि.नं.४०५ मा भएको बाँकी ४–९–२ जग्गाको हक जान सक्ने कुरा आउँदैन । अड्डाको भूलले जनताको हक जान सक्दैन । यसबारे सर्वोच्च अदालतबाट धेरै नजीरहरू प्रतिपादित भएको छ । मालपोत कार्यालयको निर्णय उक