निर्णय नं. ३१७९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१७९ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/२२ २३६३ निर्णय नं. ३१७९ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४१८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: गुणनिधि घिमिरेको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.मोरङ इटहरा गा.पं. वडा नं. ७ बस्ने विष्णुप्रसाद कटेल । ऐ.ऐ बस्ने हरि प्रसाद घिमिरे । ऐ.ऐ बस्ने गोपाल प्रसाद खतिवडा । फैसला भएको मिति:२०४४।३।२२।२ मा मुद्दामा देखाइएको तथ्यबाट अभियुक्तहरूको मर्ने भगिरथसंग यस भन्दा अघि कुनै किसिमको रिसइवी नभई अभियुक्त मध्येको हरिप्रसाद र षडानन्दको भिनाजु नाताको पनि देखिन आएको खाली मर्ने भगिरथले षडानन्दलाई निजले गरेको व्यवहारको कारणबाट रिसाई निजको मुखमा लिंग हाली दिए भनेकै कारणबाट रीस लिई सोही रीसको आवेगमा सम्म यो वारदात गरी भगिरथलाई मारेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तहरूलाई उक्त ज्या.सं.को १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिएकोले अ.बं. १८८ नं. बमोजिम जनही १० वर्ष मात्र कैद हुने। (प्रकरण नं. १५) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोर सिंह विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. मिति २०३९ साल श्रावण १४ गते रातको कुन समयमा जलोमा सनपाटको डोरीले पासो लगाई भेनाज्यू मरेछन् भोलिपल्ट प्रहरीलाई लाश रुँगाई जाहेर गर्न आएको छु कर्तव्य हो या आत्महत्या हो बुझी अनुसन्धान गरी लाश सदगद गर्न पाउँ भन्ने व्यहोराको गुणनिधि घिमिरेको जाहेरी दर्खास्त । ३. मृतक भगिरथको लाशको टाउको दक्षिण ढल्किएको, दुवै खुट्टाले भुँई छोएको, दुवै हात खुल्ला जिउ देखि बाहिर भएको, दाँत देखिएको, आँखा चिम्लेको लिड्ड भाँचे जस्तो र खून आएको आङमा चोट नदेखिएको, लाश सड्न र फुल्न लागेको भन्ने लाश प्रकृति मुचुल्का । ४. जिउमा किरो तथा मुखमा लिड्ड राखी दिएको कुरालाई लिएर छलफल गर्न मिति २०३९।४।१४ गते हरिप्रसादले मृतक भगीरथसंग कुरा गर्दा त्यसकुरामा इन्कार भएको पछि पञ्च भलाद्मी राखी छलफल गर्दा पनि इन्कार भएकोले त्यसको रीसबाट साँझको समयमा हामी ३ जना भई मारी निजैको घर दलानमा पासो लगाई झुण्डाएका हौं भन्ने व्यहोराको मिति २०३९।४।१९ गते हरिप्रसाद समेत ३ जनाले प्रहरीमा गरेको बयान । ५. मिति २०३९।४।१४ गते हरिप्रसादका भाइ षडानन्दले मृतक भगिरथको जिउमा किरो राखिदिएको र लिड्डको कुरालाई लिएर छलफल गर्न रातको १ बजे हरिप्रसादको घरमा भगिरथलाई बोलाई छलफल गर्दा कुरा नमिली म भोलि चौकीमा जान्छु भनी हरिप्रसादले भनेपछि हामी आ–आफ्नो घरमा हिड्यौं भन्ने माधव उप्रेती, षडानन्द घिमिरे, गोपालप्रसाद कट्टेल, टिकाबहादुर बस्नेत, नन्दबहादुर विश्वकर्मा र रामनाथ ढुंगेल समेतको एकैमिलानको कागज । ६. विष्णुप्रसाद कट्टेल समेतका प्रतिवादीहरूले भगीरथलाई कुटपिट गरी मारेको हो भन्ने समेत व्यहोराको भीमप्रसाद उप्रेती समेत ११ जनाको सरजमीन मुचुल्का । ७. प्रतिवादी हरिप्रसाद घिमिरे, गोपालप्रसाद खतिवडा र विष्णुप्रसाद समेतले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को कसूर गरेको देखिँदा ऐ.ऐनको १३ को (३) अनुसार सजायँ हुन राय पेश गरेको भन्ने प्रहरी प्रतिवेदन । ८. शरीर