निर्णय नं. २५८ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५८ - ज्यान भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०८/१९ ३३७७ निर्णय नं. २५८ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री स.इश्वरीराज मिश्र फौ.फु.नं. ५० निवेदक, प्रतिवादी : वीरबहादुर मगर थुनुवा विरुद्ध विपक्षीवादी : जाहेरवाला पदमलाल पाध्या मुद्दा : ज्यान (१) अदालतमासमेत साविती बयान दिएपछि पुलिसले सासना गरी सावित गराएको भनी मान्न नमिल्ने । ........मौका पुलिसमा र अदालतसमेतमा खुकुरीको हतियार प्रयोग गरी निजसमेतले कर्तव्य गरी मारेको हुँ भनी सावित भएको देखिन्छ । तर पुलिसले साविती गराएको कुटपीट गरेको चोट डाम छ । निरापराधीलाई सजाय दिइयो भन्ने निवेदकको जिकिर भएको पुलिसमामात्र सावित भएको नदेखिइ लेखिएबमोजिम अदालतसमेतमा आई कर्तव्य गरेमा सावित भई बयान गरेको देखिएको, अदालतबाट पनि कुटपिट गरी सावित गराए भन्ने जिकिर नभएका कुटपिट गरी सावित गराएको प्रमाण निवेदकले कुनै पनि पेश गर्न नसकेकोले कुटपिट गरी सावित गराएको रहेछ भन्न नमिल्ने । वादी मर्ने दुर्गाप्रसादलाई लखेट्दै जाँदा देख्ने भनेका चैते र डल्लीले पनि वारदातमा भएका मानिस त्यही हो भनी सनाखत गरेको देखिएबाटसमेत निर्दोषी छु भन्ने निवेदकको जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १२) निवेदकतर्फ : बैतिनीक प्लिडर इश्वरीलाल झा फैसला १. पं. दुर्गाप्रसाद उपाध्याय र महोत्तरी मौजे रामनगर सितानगरबाट घर उदयपुर दहर गाउँ आउन ०१६।२।१० गतेका दिन आएको भोलीपल्ट ११ गतेका दिन १२ बजे तीन तलेबाट तोवा खोला निक्लने गौंडामा आई पुग्दा नचिनेका हरियो कमेज लगाएका खुकुरी भीरेको २०।२२ वर्षको कालो अनुहार भएको मानिस बसी रहेको रहेछ । हामी पनि एकछिन ताहाँ बसी हिडौं भनी दूर्गा प्रसाद अगाडि म पछि भई २।४ कदम हिड्नासाथ दुर्गाप्रसादलाई तँलाई कसले छाता बोक्ने अडर दियो भनी काखीमा च्यापेको छाता पक्री खुकुरीले देव्रे हातको हरथुंगामा हान्दासाथ गुहार भनी कराउँदा ताहाँबाट पूर्वतर्फ ३ जना मानिस देखि दौडी नै गुहार देउ भन्दा दिएनन् । फर्की आउँदा दुर्गाप्रसाद र काट्ने मानिस ताँहा रहेनछन् । गाउँमा आउँदा पुलिससँग भेटभई भनें, पुलिस र म खोज्न जाँदा पहिला काटेको ठाउँ देखि २ कोस टाढा हदैयाको चौरमा अंगभंगसँग काटी मरेको भेटियो । पुलिस लास कुरी बसेका छन भन्नेसमेत पदमलाल उपाध्यायले पुलिसमा दिएको ०१६।३।१२ को जाहेरी दर्खास्त र सोही मिलान अदालतमा पदम्लालले गरेको बयान । २. म र छोरी धानबोकी घर जान लाग्दा तावा खोला कलाहा चौडो नजिक नचिनेको मानिसलाई २ जना नचिनेका मानिसले खुकुरी उज्याई लखेट्दै ल्याएका खेदिनेले मलाई काहाँ लगी मार्छन भन्यो । गाउँमा गई यौटी बुढी दनुवारनीलाई भनेसमेत चैते माझीको बयान । ३. कसुरदार तलास गर्दै जाँदा रिस्कुखुलाल डाँडामा हुलियाबमोजिमको मानिसदेखि सोद्धा नाउँ वीरबहादुर मगर हुँ, घर पूर्व ३ नं. माने भंज्याङ्ग आरुबोटे होक्साई झुल्केमा आएको १०।१२ दिन बसी खुलाल डाँडामा घर गरी बसेको छु भन्यो । दुर्गाप्रसाद मरेको कुरा सोद्धा प्रष्ट जवाफ दिएन, निजउपर शंका भएकाले दाखिल गरेका छौं भन्ने क.टे भवकृष्ण, रिठे दमाईको रिपोर्ट र यो देखाएको वीरबहादुरले पं. दुर्गाप्रसादलाई कर्तव्य गर्ने मानिस हो भन्ने पद्यलाल, खेदिलाने मध्येका १ जना यही हो भन्ने चेते माझि निजकी छोरी डल्लीको सनाखत कागज । साहिलाबाबु करवीरले पं. दुर्गाप्रसादलाई जग्गा बिक्री गरी सकेछ । निज दुर्गाप्रसाद बतर,ा बस्ने झ्याकुलेको घरमा बसेका रहेछन,