निर्णय नं. ३१८० - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१८० - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०४/२६ २५१० निर्णय नं. ३१८० ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४३ सालको रिट नं. २३६३ विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरिपाउँ । निवेदक : धनुषा जिल्ला हरिने गाउँ पञ्चायत वार्ड नं. ६ बस्ने मधु राउत यादव । विरुद्ध विपक्षी : भूमि सुधार कार्यालय, धनुषा । भूमि सुधार अधिकारी भू.सु.का धनुषा । धनुषा जिल्ला हरिने गाउँ पञ्चायत वार्ड नं.६ बस्ने बौकुसाहू सुडी । आदेश भएको मिति: २०४४।४।२६।३ मा कानूनले निर्दिष्ट गरे बमोजिम उजूरी व्यहोरा प्रतिवादको व्यहोरा उल्लेख गरी सबुद प्रमाणको मूल्याड्ढन गरी ठहर गर्नु पर्नेमा सो कुनै कुरा नगरी गरेको निर्णय कानून अनुरुप न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधान धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ : २. धनुषा जिल्ला विसरभोरा गा.पं. वडा नं. १क कि.नं. ३२ को ०–९–० नौ कठ्ठा जग्गा समेतका २–२–८ जग्गा मिति २०४१।२।७।१ मा धनुषा जिल्ला हरिने गा.पं. वार्ड नं. ६ बस्ने बुलन साहु सुढी संग रु. ६०,५०१।– मा राजीनामा पास गरी म निवेदक स्वयंले आवाद गरी भोगी आएको छु । म निवेदकको बुलन साहूबाट खरीद गरेको जग्गा विपक्षी लगायतका अन्य कसैले पनि कुनै शर्तमा कमाएको छैन । विपक्षी बौकु साहूले कमाउँदै नकमाएकोमा पनि कैलु साहू सुडीको नाममा दर्ता रहेको जि.ध. विसरभोट गा.पं. वडा नं. १क कि.नं. ३२ को ०–९–० जग्गा साविक मैले सनातन देखि मोहीमा कमाई सोको प्रमाणपत्र समेत प्राप्त गरेको नै छु । कैलु साहू स्वर्गीय भएपछि निजको छोरा बलन साहूले सो जग्गा आफ्नो नाममा नामसारी गराई मिति २०४१।२।७ मा मधु राउत यादवलाई बिक्री गरिदिनु भएको उक्त जग्गाको दर्ता श्रेस्ताको मोही महलमा मेरो नाउँ उल्लेख गरिपाउँ भन्ने विपक्षी बौकु साहूले म निवेदक उपर प्रत्यर्थी भू.सु.का. समक्ष मिथ्या व्यहोराको फिराद उजूरी दिनु भएको रहेछ । मैले भूमिसुधार ऐन नियम अनुसार १ नं. लगत भर्नु पर्ने २ नं. अनुसूची प्रकाशित हुनुपर्ने ४ नं. जो.अ.नि. दिने त्यसपछि नापी हुँदा उपस्थित भई नापी गराउनु पर्ने तथा जग्गाधनीलाई कुत बुझाई भर्पाई लिनु पर्ने यावत प्रक्रिया पूरा गरेपछि मात्र मोही हुने अवस्था आउँछ । उक्त प्रक्रिया पूरा नगरी लिएको मोहीको प्रमाणपत्रले कुनै अर्थ राख्दैन । मैले खरीद गरेको जग्गा केलु साहूको नामबाट २०३३ सालमा बुलन साहूको नाममा नामसारी भएको छ । सो भन्दा अगाडि नै प्रमाणपत्र पाइसकेको भए मोहीको नाम लेखाउन सक्नु पथ्र्यो र कुत बुझाएको भर्पाई समेत लिनु पथ्र्यो । सो केही देखाउन र दाखिल गर्न नसकेबाट समेत निजको उजूरी झुठ्ठा प्रष्ट छ । निज विपक्षीले कहिले पनि जग्गा जोतेको छैन । साविकमा कैलु साहू आफैं र निजको परलोक पछि निजको छोरा तथा मेरा दाता चुलन साहूले जोत्दै आएको जग्गा मैले २०४१।२।७ गते खरीद गरी जोत आवाद गर्दै आएको छु भनी म निवेदकले प्रतिउत्तर फिराएकोमा प्रत्यर्थी भूमिसुधार अधिकारीज्यूले सबुद प्रमाणको मूल्या