निर्णय नं. २५९ - उत्प्रेषण वा परामादेशको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५९ - उत्प्रेषण वा परामादेशको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/०९/२४ २८०६ निर्णय नं. २५९ ने.का.प. २०२१ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू रीट नं. ५२ निवेदक : शंकरप्रसाद सोनार बीरगञ्ज महावीर रोड बिरुद्ध विपक्षी : आय र कर अदालतसमेत विषय : उत्प्रेषण वा परामादेशको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भन्ने (१) सम्बन्धित अड्डाले कारणीकै उपस्थितिको आवश्यकताको महसूस गरेमा कारणीलाई उपस्थित गराउन पाउने – वारेसले वारेस रहने हकको हनन् भयो भन्न नमिल्ने । रामचन्द्रप्रसाद सोनारले वारेसनामा दिएको कारणबाट पुर्पक्षमा रहने हक निवेदकको देखिन्छ । तर, सम्बन्धित अड्डाले कारणीको उपस्थिति देखेमा वारेसलाई कारणी हाजिर गराउन भनी तारेख तोक्न नसक्ने कानून बन्देज र एकपटक वारेस दिएपछि अन्तिम किनारा भएसम्म वारेस बदल्न नपाउने कानूनी व्यवस्था भएको पनि देखिंदैन । वारेस दिने कारणीले वारेस बदल्न पनि सक्ने अ.बं. ६५ नं. को देहायमा सो बाहेक जमानत लाग्ने अवस्थामा कानूनबमोजिम जमानत दिने व्यक्तिले अड्डाबाट वारेस राख्न दिन मुनासिब ठहराई इजाजत दिएमा वारेस राख्न पाउँछ भन्ने उल्लेख भएकासमेतबाट मुद्दाको अन्तिम किनारा नभएसम्म वारेस बस्न पाउने भन्ने निवेदकको भनाइ कानूनमा आधारित नदेखिने । कारणी हाजिर गराउने भन्ने तारेख तोकिएमा सो कुरा आफूलाई वारेस दिने पक्षलाई सूचना दिनेसम्म निवेदकको कर्तव्य भएको, त्यसबाट सो असर पर्ने हो, कारणीलाई नै पर्ने हुनाले निवेदकको कानूनी प्रदत्त हक हनन् हुने अवस्था नदेखिएको २१।१०।२ मा हाजिर नगराए तारेख दिने छैन भनी अपील डिसमिस होला भन्ने भविष्यको कुराको कल्पना गरिएको निवेदकसम्बन्धित विषय नहुनाले निवेदकको कानूनी प्रदत्त हक हनन् भएको भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) कानूनी अधिकारको अपहरण नभएमा रीटको आदेश जारी हुन नसक्ने । जमानी हुने चन्द्रप्रसाद शर्माको जमानीपत्र लागू नै राखी रामचन्द्रप्रसादलाई उपस्थित गराउन परे निजै जमानीद्वारा उपस्थित गराइ वारेस निवेदकलाई नै तारेखमा राखी अपील किनारा गराई रामचन्द्रप्रसाद हाजिर भएन र लागेको दण्ड निजबाट असूल भएन भने जमानी हुने चन्द्रप्रसाद शर्माबाट असूल गर्न आय र कर अदालतका नाउँमा परमादेश जारी होस भन्नेसमेत निवेदकको दावा भएको उल्लेखित दावा गर्न निवेदक शंकरप्रसाद सोनारलाई कुन कारणले अधिकार दिएको छ र त्यसमा निवेदकको कुन व्यक्तिगत अधिकारमा आघात पुगेको छ । सो कुनै कुरा निवेदकले आफ्नो २४ पेजको निवेदनपत्रमा केही उल्लेख गर्न सक्नु भएको छैन र रामचन्द्रप्रसाद सोनार कडा रोगले बिरामी भई भारत दरभंगामा औषधी गरिरहेको तयार भई आउन छ महिना लाग्ने डाक्टरले सर्टिफिकेट गरिदिएको सो समेत राखी ०२१।९।१३ मा निवेदनसाथ पेश गरिदिईसकेको सो सर्टिफिकेट समेतलाई मान्यता नदिएकोसमेत रामचन्द्रप्रसाद सोनारको व्यक्तिगत स्वतन्त्रता अपहरण भएमा उनैले निवेदन गर्ने भएको भन्नेसमेत उल्लेख गरेको देखिन्छ । रामचन्द्रप्रसाद सोनारको व्यक्तिगत अधिकार अपहरण भएमा उनैले निवेदन गर्नुपर्ने महसुस गर्ने निवेदकले उल्लेखित कुरामा स्वयं दागा गर्दै उपस्थित भएको हुनालेसमेत र उल्लेखित कारणसमेतबाट निवेदकको व्यक्तिगत कानूनी अधिकार अपहरण भएकोसमेत नदेखिनाले यसबाट अरु कारवाइ गर्न पर्दैन । (प्रकरण नं. ९) निवेदकतर्फ : सिनियर एडभोकेट बल्लभ शम्शेर ज.ब.रा, एडभोकेट गजेन्द्रबहादुर प्रधानांङ्ग, एडभोकेट दिन