निर्णय नं. २७४८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७४८ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०७ २१०१ निर्णय नं. २७४८ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ६५२।६६७।३६६ सम्वत् २०४३ सालको फौ.सा.नं.४७ फैसला भएको मिति : २०४३।६।७।३ मा पुनरावेदक/वादी : शिवालक सिंहको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : रामदेव मण्डल धानुकसमेत पुनरावेदक/प्रतिवादी : जि.का.महोत्तरी जलेश्वरमा बन्दी रहेको रामदेव मण्डल धानुकसमेत विरुद्ध विपक्षी/वादी : सिवालक सिंहको प्रतिवेदनले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) प्रहरी प्रतिवेदन दावी अनुसार अपराधी ठहर गर्न प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूद प्रमाण हुन पर्ने । (प्रकरण नं. २९) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह प्रतिवादी/पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बलराम काफ्ले विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने दुवैपक्षको पुनरावेदन पर्न आएको प्र.उपेन्द्रदास तत्मा समेतका हकमा साधक जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. रघुवीर पाण्डे, बृजनन्दन पाण्डे, महेन्द्र पाण्डे समेतको कामदार गणेश यादव र लल्हवा भन्ने राम रेखा भूमिहारको र गाउँलेहरू बीच मोही जग्गा सम्बन्धी झैं झगडा चलिरहेको, सोही सन्दर्भमा २०३७।६।९ गते राती ७।८ बजे तिर गाउँले र त्यही मानिसहरू बीच झगडा भएको सो दिन देखि गणेश र राम रेखा फेला नपरेकोमा २०३७।६।१२ गते धानको खेतमा निजहरूको मरी रहेको दुवै लाश पुरी राखेको फेला परेकोले जाहेर गर्न आएको छु । कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी । ३. लाश गाडेको खाल्टो खनी हेर्दा नाडी दुवै जोडी खरले बाँधेको, बायाँ आँखा माथि १ इन्च लामो, आधा इन्च चौडा काटेको घाउ, दाहिने कन्चट तथा दाहिने कान माथि १ इन्च लामो आधा इन्च चौडा काटेको घाउ, घाँटीमा केराको सुकेको सुट्लोले २ फन्का कसी बाँधी गाठो पारेको, लाश सडी गली सकेको भन्ने समेत मृतक राम रेखाको र सो लाश हटाई मुनी हेर्दा घाँटीमा हरियो बाबियाको डोरीको २ फन्काले बाँधी गाठो पारेको चिउँडोमा धारिलो हतियारले काटेको घाउ, लाश सडी गली बेरुप भएको भन्ने समेत मृतक गणेश यादवको मिति २०३७।६।१३ को लाश प्रकृति मुचुल्का । ४. लाश सडी गली पोष्ट मार्टम गराउन लैजान सक्ने स्थितिको नहुँदा सदगत गर्न पिप्राढी गा.पं.का.प्र.पं.बहिद कवारीले लाश बुझी लिएको भर्पाई । ५. २०३७।६।९ गते अं.६ बजे साँझ लाठी, भाला, गरासा समेत लिई ५०।५५ जना आई रघुवीर पाण्डे समेतले हामीलाई लुटपीट मुद्दा चलाए, बृजनन्दनको घर लुट भनी भन्दा बृजनन्दनको घरमा काम गर्ने रामरेखा र गणेशले सम्झाउँदा निजहरूलाई नै कुटपिट गर्न लागेकोले निजहरू बृजनन्दनको घरमा जाँदा त्यहाँ पनि डर भई रघुवीरको घरमा जाँदा त्यहाँ पनि सबैले पिछा गरेकोले दुवै जना भागी गएकोमा निजहरूको पछि पछि लखेट्दै जानेमा रामदेव, विन्देश्वर, राम किशोर, रामरतन, सुखदेव, ढोडाई, ईलिपास, गंगा मण्डल, उपेन्द्रदाश, निरधिन, चन्द्रेश्वर, जुगेश्वर, फुलगेन, रामकृपाल, प्रसाद भन्ने रामप्रसाद दाश समेतलाई मौकामा पहिचान गरेको हुँदा, निजहरूलाई मारेको भन्ने आशंका लागि खोज तलाश गर्दा प्रहरीहरूले नै २०३७।६।१२ गते धान खेतम