निर्णय नं. ३१८१ - बन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१८१ - बन्दी प्रत्यक्षीकरण भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०४/२६ २६१० निर्णय नं. ३१८१ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४३ सालको रि.नं. १४९३ विषय : बन्दी प्रत्यक्षीकरण । निवेदक :जि.सुनसरी बर्दिया गा.पं.वा.नं.३ घर भै हाल कारागार शाखा काठमाडौंमा थुनामा बस्ने नुनुलाल साहू तेली । विरुद्ध विपक्षी : सुनसरी जिल्ला अदालत । जिल्ला कार्यालय कारागार शाखा,काठनाडौं । आदेश भएको मिति: २०४४।४।२६।३ मा एकै मानिसलाई एकै वा धेरै कलमको कैद ठेक्नु परेमा जुन कलमको कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. १४) पराउलाल चौधरीको जाहेरी परेको डाँका मुद्दामा म्यादी कैदवर्ष ६ र जरिवाना रु. ३,३९६।– को कैदवर्ष ४ गरी जम्मा कैदवर्ष १० र गणेश साहू र नारायण साहूको जाहेरी परेको चोरी मुद्दामा म्यादी कैद ४ महीना १५ दिन र जरिवाना ७,०८७।५ को कैदवर्ष ४ समेत जम्मा १४।४।१५ कैद ठेक्ने गरेको मिलेको नदेखिएकोले ठूलो हद डाँका मुद्दामा भएको म्यादी कैद ६ वर्ष र जरिवाना बापत हुने कैदवर्ष ४ समेत जम्मा १० वर्ष मात्र कायम गरी लगत राख्नु पर्ने । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री सुधीर श्रेष्ठ र विद्वान अधिवक्ता श्री नरहरि आचार्य प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राज किशोर सिंह उल्लिखित मुद्दा: ने.का.प. २०४१, नि.नं. १९४२ पृ. २६९ निवेदक ठूलो कान्छा भन्ने राम बहादुर विपक्षी भक्तपुर जिल्ला अदालत भएको रिट नं. १७२९ को मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट सिद्धान्त प्रतिपादित । आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. विपक्षी सुनसरी जिल्ला अदालत र जिल्ला कार्यालय कारागार शाखा काठमाडौंले मलाई थुनामा राख्न दिएको आदेश र कसेको लगत प्रचलित नेपाल कानून विपरीत छ भनी निम्न प्रकरणमा खुलाई निवेदन गरेको छु । ३. मलाई गणेशी साहूको जाहेरीले वादी श्री ५ को सरकार भएको चोरी मुद्दामा नमालुम कुन मितिमा हो फैसला गरी पहिला पटक पारी चोरी गरेको ठहर गरी म्यादी कैद ।१।१५ जरिवाना रु. ७,०७८।५० गरेको र दीपनारायण साहूको जाहेरी परेको चोरी मुद्दामा दोस्रा पटक पारी चोरी गर्यो भनी कैद महीना ।३ र जरिवाना रु. ३३।७५ गरेकोमा जरिवाना कटाई चोरीको २८ नं. बमोजिम कैदवर्ष ४ र चार महीना पन्ध्र दिन ।४।१५ समेत म्यादी कैद गर्ने निर्णय लिएको रहेछ। ४. सोही विपक्षी सुनसरी जिल्ला अदालतले म निवेदकलाई पराउलाल चौधरीको जाहेरी परेको डाँका मुद्दामा मिति ०३९।१।२९ को फैसलाले जरिवाना रु. ३,३९६।– कैदवर्ष ६ जरिवाना तर्फको चोरीको २८ नं. बमोजिम कैदवर्ष ४ डाँका मुद्दाको मात्र कैदवर्ष १० हुने र दुवै चोरीको कैद डाँका मुद्दाको कैदसंग गाभी जम्मा कैदवर्ष १४ वर्ष ४ महीना १५ दिन गरी विपक्षी जिल्ला कार्यालय कारागार शाखा काठमाडौंलाई लगत कस्ने आदेश र म निवेदकलाई कैद पुर्जी दिने काम गरेको छ । ५. मुलुकी ऐन दण्ड सजायँ महलको ४१ नं. बमोजिम एकै मानिसलाई एकै मुद्दाको वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्छ भनी उल्लेख गरिएको छ । ऐ.महलको ऐ.दफामा कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कै