निर्णय नं. २७४९ - जग्गा नापी बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७४९ - जग्गा नापी बदर भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१३ २०२५ निर्णय नं. २७४९ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.न. ७३३ फैसला भएको मिति : २०४३।६।१३।२ मा पुनरावेदक/वादी : जि.कपिलवस्तु सरनामपुर गा.पं.वडा नं.१ बस्ने सोमदत्त कुर्मीसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामप्यारे कुर्मीसमेत मुद्दा : जग्गा नापी बदर (१) प्रतिवादीले दर्ता गराएको जग्गामा वादीहरूको हक स्थापित हुने हुँदा प्रतिवादीको नाउँमा दर्ता भएको जग्गाहरूको दर्ता बदर हुने । (प्रकरण नं. १२) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी डिभिजनबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. हरनामपुर मौजा मध्ये म रामसेवक कुर्मीका नाउँमा ज.वि. १६–१५–११ र म सोमदत्त कुर्मीका नाउँमा ज.वि. १६–१५–११ बहाली पुर्जी भई निज रामप्यारे, सुमीरन कुर्मिनी, उरिहा कुर्मिनी समेतले पनि बहाली पाएको निज प्रतिवादीहरूले हिस्सा भन्दा बढी जग्गा दर्ता बहाली गराई लिएको दर्ता बहाली बदर गरिपाउँ भन्ने मुद्दामा यस अदालतका फैसला उपर लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परी रहेको छ । सर्भेमा हाम्रो जग्गा धेरै घटी भएकोले ४५ दिनभित्रै निवेदन दिएकोमा कुनै कारवाही नभएको, खोज तलास गरी पत्ता लगाउँदै जाँदा विपक्षीहरू मध्ये सुमिरन कुर्मीले म सोमदत्त कुर्मीको साविक कि.नं. १ को हाल कि.नं. १९४ मा, साविक कि.नं.८२ को हाल कि.नं. ७ मा र रामप्यारे कुर्मीले साविक कि.नं. ८५ को हाल कि.नं. ४५ मा र म रामसेवक कुर्मीको भोगको जग्गा मध्ये प्र.रामप्यारे कुर्मीले साविक कि.नं. ८२ को हाल कि.नं. ५ मा साविक ८३ को हाल कि.नं. ४१ मा पारी ०२७ साल चैत्र १०, १५ र १६ गतेमा समेत नापी दर्ता गराई लिएकोले सो बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत फिराद । ३. ८८ सालको नापीमा म रामप्यारेका जेठा बाजे तथा म सुमिरनको जेठा बुढा ससुरा जगत कुर्मी राम आश्रे तथा तपेश्वरका नाउँमा समेत गरी जम्मा ज.वि. ४६–८–१४ जग्गा दर्ता भएको, निजहरू छँदा निजहरूले भोग तिरो गरी आएको निजहरू स्वर्गे भएपछि ३ खण्डको एकखण्ड अंशियार राम आश्रे हाँगा तर्फ, हामीहरू र म सुमिरनको सौता उरिहा समेत जना ३ को हक हुन आएको सो बमोजिम ३ खण्डको १ खण्डमा पर्ने जग्गा जिमिदारी मध्ये ज.वि. ७–१४–१५–२ म रामप्यारेले र बाँकी आधामा आधी आधीका दरले ज.वि.३–१९–१७–३ मा म सुमिरनले तथा ज.वि. ३–१९–१७–३ उरिहाले समेतले दर्ता बहाली गराउने विषयको २०२२ साल माघमा कपिलवस्तु मालमा दर्खास्त दिएको र सो मालबाट हकवालाका नाउँमा ३५ दिने म्याद टाँस भएकोमा कसैको उजूर नपरेकोले हाम्रो दर्खास्त अनुसार सो जग्गा हामीहरू र उरिहा समेतका नाउँमा मालबाट ०२२।१२।५ मा दर्ता बहाली पुर्जी गरी सो बमोजिम दाखिल खारेज नामसारी समेत भएको म रामप्यारेको जग्गामध्ये केही जग्गा उखडा निस्किएको म रामप्यारेका नाउँमा दर्ता कायम रहेको विगहा ६–३–१९ म सुमिरनको नाउँमा ज.वि. ३–१७–५० को जग्गाधनी दर्ता प्रमाण पूर्जा समेत प्राप्त भएको छ । हामीहरूले आफ्नो अंश हक भन्दा बढी जग्गा