निर्णय नं. २६० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१०/०२ ३१८० निर्णय नं. २६० ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू न्यायाधीश श्री स.इश्वरीराज मिश्र रीट नं. ३४ निवेदक : साम्राज्य सम्शेर ज.व.रा विरुद्ध विपक्षी : का.मे. बलराम प्याकुरेलसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) निवेदकको कानूनी हकको हनन् नभएमा रीटको आदेश जारी गर्न नमिल्ने । मैजिष्ट्रेटले गरिदिएको भनेको प्रमाणपत्र हेर्दा, “मेरो पति हिज हाइनेस फिल्ड मार्सल श्री केशर सम्शेर ज.व.रा.२०२१ साल जेष्ठ २५ गते ७ जुन १९६४ का दिन परलोक हुनु भएकोले उहाँका नाउँमा रहेको बैंक खाता र कम्पनीका शेयर इन्स्योरेन्स सिक्युरीटीहरू मेरा नाउँमा ट्रान्सफर गर्न म हकदार प्रमाणित गरी पाउँ भन्ने हर हाइनेस कृष्णचन्द्रदेवी राणाको निवेदनबाट ०२१।४।१९।२ मा प्रमाणपत्र दिएकोमा हकदार कायम गरी पाउँ भनी कृष्णचन्द्रदेवी, क्यूर शम्शेर, लोकभक्त शम्सेरसमेतको पुनः संयुक्त निवेदन पर्न आएको । निवेदिका हर हाइनेस कृष्णचन्द्रदेवी राणा हिज हाइनेस फिल्डमार्सल केशर सम्सेर ज.व.रा. को श्रीमती नै हुँदा हकदार प्रमाणित गरी यो प्रमाणपत्र दिएको छ” भनी लेखिएको रहेछ सो प्रमाणपत्रमा पहिले निवेदनको व्यहोरासम्म उल्लेख गरी आखिर निवेदीका हर हाइनेस कृष्ण चन्द्रदेवी राणा हिज हाइनेस फिल्डमार्सल केशर सम्शेर ज.व.रा. को श्रीमती नै हुँदा हकदार प्रमाणित गरी यो प्रमाणपत्र गरिदिएको छ भन्ने लेखिएको देखियो । हर हाइनेस कृष्णचन्द्रदेवी राणा हिज हाइनेस फिल्डमार्सल केशर सम्शेर ज.व.रा. को श्रीमती होइन भनी निवेदकतर्फबाट जिकिर लिन सकेको नेखिएकोले श्रीमतीको हैसियतले उहाँ हिज हाइनेस केशर सम्शेर ज.व.रा. को हकदार हुनुहुन्छ भनी मैजिष्ट्रेटले लेख्नु भएको कुरा असत्य देखिएन । सो प्रमाणपत्रमा हर हाइनेस कृष्णचन्द्रदेवी राणामात्र हकदार हुनुहुन्छ । उहाँ बाहेक अरु कोही हकदार छैनन् भनी लेखिएको नहुँदा हिज हाइनेस केशर शम्शेरको छोराका नाताले निवेदकको कुनै कानूनी हक भए त्यस हकलाई सो प्रमाणपत्रले हनन् गरेको देखिएन । यस्तो हकै हनन नभएको कुरा रीटको आदेश जारी गर्ने नमिल्ने हुँदा यो रीटको निवेदनपत्र खारेज गरिएको छ । (प्रकरण नं. १५) निवेदकतर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मासमेत विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरेसमेत सरकारतर्फ : एडभोकेट रमानन्दप्रसाद आदेश १. श्री सम्मानित स्वर्गीय बुबा हिज हाइनेस केशर सम्शेर ज.ब.रा. ज्यूबाट १९९८ सालमा मानो छुट्टी बुबासमेतबाट बक्सेको बक्स र आफ्ना आर्जन कमाईबाटसमेत गुजारा गरी आएको बुबासँग पाउनु पर्ने अँश पाई सकेको छैन । अंश अपुतालीमा छोराको हैसियतबाट हक प्राप्त छ । म समेतको हक बन्चित गराउने काम गर्ने कानूनमा कुनै कसैलाई अधिकार नभएको । मसमेतको हक लाग्ने सम्पत्तिमा नेपालको संविधानको धारा ११(२) को देहाय (घ) अनुसार सम्पत्ति आर्जन गर्ने भोग गर्ने आदि अधिकार सुरक्षित राख्नको साथै ऐनको धारा १५ अनुसार कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिको सम्पत्ति अपहरण हुने छैन भन्नेसमेत आधारबाट सम्पत्तिसम्बन्धी अधिकार सुरक्षित राखिएको छ । म समेतको अधिकार उपरोक्त संवैधानिक व्यवस्थाले सुरक्षित राखिराखेकोमा सो अधिकारमा बाधा पुर्याउने गरी विपक्षीमध्ये काठमाडौं मैजिष्ट्रेट अफिसले विपक्षीमध्ये श्री मुमा हर हाइनेस कृष्णचन्द्रदेवीज्यूको हकदार कायम गरी पाउँ भनी निवेदन पर्न आएको भन्ने आधारसमेत देखाई निवेद