निर्णय नं. ३१८२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१८२ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०४/२६ २१७८ निर्णय नं. ३१८२ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४३ सालको रि.नं. २५२६ विषय : उत्प्रेषण । निवेदक : का.जि.जिल्ला राखी गा.पं. वडा नं. ९ बस्ने मुराली मोहन भट्टराई । विरुद्ध विपक्षी : जिल्ला कार्यालय भूमि सुधार शाखा कास्की । कास्की जिल्ला रुपाकोट गा.पं. वडा नं. ७ बस्ने डिल्ली सिं गुरुङ । आदेश भएको मिति: २०४४।४।२६।३ मा कि.नं. ३७१ र २७४ को सम्बन्धमा प्रत्यर्थीले दावी लिएको र त्यसतर्फ भू.सु. शाखाबाट निर्णय गरेको समेत नदेखिएकोले भू.सु. शाखाको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिनाले रिट निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री बद्री प्रसाद शर्मा प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट,विद्वान अधिवक्ता श्री दुर्गा प्रसाद सुब्बा उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. मेरो श्रीमती ददुमाया नाउँमा दर्ता भएको कास्की जिल्ला रुपाकोट गा.पं. वडा नं. ६ को कि.नं. ३७१ र मेरो छोरा ध्रुवमोहन भट्टराईका नाउँमा दर्ता रहेको कास्की जिल्ला रुपाकोट गा.पं. वडा नं. ९ को कि.नं. २९, ३०, ५२, ३६९, ४११ र ४२६ को जग्गाहरू मेरा नाममा दर्ता भोगचलन गरी आएको जग्गा हुन यो सम्पत्ति आर्जन गर्ने उपभोग गर्ने तथा अरु कुनै किसिमले बढाउन पाउने स्वतन्त्रता नेपालको संविधान, २०१९ को धारा ११(२)(ङ) मा र कानून बमोजिम बाहेक कसैको सम्पत्ति अपहरण गरिने छैन भन्ने धारा १५ मा तथा कानूनको अगाडि सबै समान छन् भन्ने समानताको हक धारा १०(१) द्वारा प्रत्याभूति गरिएको छ । त्यसको हनन् कसैबाट भए गरिएमा प्रचलनका लागि १६।७१ अन्तर्गतको उपचार अवलम्बन गर्न पाउने संवैधानिक अधीनमा रही यो निवेदन प्रस्तुत गरेको छु । ३. विपक्षी मध्येका डिल्ली सिं गुरुङले कि.नं. ३७१ ददुमायाको नामको र कि.नं. २७४ को कित्ता समेत मोहीको प्रमाण पाएको भन्दै र बाँकी कि.नं. २९, ३०, ५२, ३६९, ४११ र ४२६ का जग्गाहरूमा जोत खन गर्न जाँदा तैले मोहीमा कमाएको प्रमाण छ ? होइन भने अबदेखि तलाई जग्गा कमाउन दिन्न भनी विपक्षी मुरली मोहन समेतले जग्गा कमाउन नदिने मोहियानी हक दखल गरेकोले हस्तक्षेप मेटाई मोहियानी हक सुरक्षित गरिपाउँ भन्ने विपक्षी कार्यालयमा निवेदन दिनु भएछ । श्रीमती ददुमाया र छोरा ध्रुवमोहन भट्टराईका नाउँको कित्ताका जग्गामा पनि विपक्षीको मोहियानी हकको र निजले भोगचलन गरेको नभई हामी आफैंले खर्च लगाई खेती गरिआएको र बाँकी ६ कित्ताका हकमा पनि हामीले नै आफ्नो तर्फबाट खेती लगाई अहिलेसम्म भोग गरी आएको जग्गा हो साथै दावीको जग्गा ०२० सालको किनुवा समेत हुँदा २०१९ साल देखि मोहियामा कमाई आएको भन्ने सारा झुठ्ठा हो भन्ने व्यहोराको प्रतिवाद गरी आएको २ पक्षीय दावीमा विपक्षी कार्यालयले निवेदक वादीले पेश गरेको निजको नाउँको मोहियानी हकको प्रमाणपत्रहरूबाटै निजको मोहियानी हकको भएको जग्गाको क्षेत्रफल रोपनी २१–६–० देखिँदा काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा मोहीको हैसियतले कमाउन पाउने जग्गाको अधिकतम रोपनी भन्दा बढी हुने निवेदन वादी दावीमा उल्लिखित रुपाकोट गा.पं. वडा नं. ९