निर्णय नं. २७५० - डाँका जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७५० - डाँका जबरजस्ती करणी भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१० २७०३ निर्णय नं. २७५० ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.न. ६३५, ६७१ फैसला भएको मिति : २०४३।६।१०।६ मा पुनरावेदक/प्रतिवादी : परसवनि गा.पं.वा.नं. ७ बस्ने कपलेश्वर यादवसमेत विरुद्ध विपक्षी/वादी : कपिलेश्वरी तेलीन समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका जबरजस्ती करणी (१) निर्णय गर्दा भावनामा अडेर होइन कानुनको आधारमा हुन पर्ने । (प्रकरण नं. २२) (२) अकाट्य प्रमाण वादीले पेश गर्न सक्नु पर्ने, प्रस्तुत विवादमा त्यस्तो कुनै किसिमको कुनै दसि सबूद प्रमाण भनाई समेत पाइएको छैन । केवल जाहेरीको भनाईलाई मात्र प्रमाण आधार बनाउन मिल्ने होइन । (प्रकरण नं. २२) पुनरावेदक/प्रतिवादीहरूतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विद्वान अधिवक्ता श्री जुक्तिजङ्ग लामिछाने विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकारको छ : २. ०३६ साल भाद्र ३ गते मेरो घरमा डाँका परी जबरजस्ती करणीसमेत गरेको भनी हुलाकबाट पठाएको जाहेरी दर्खास्त नआई पुगेको घाउ लोप हुने हुँदा जाँच गराई पाउँ भन्ने कपिलेश्वरीको ०३६।५।११ को जाहेरी । ३. ०३६।५।३ गते राती लक्ष्मण यादव समेत गरी चिन्हेका ३२, नचिन्हेका १५।२० जना डाँकाहरूले हमला गरी बिगो रु.१७,७३०।७५ को धनमाल लुटेको र रामदेव शर्मा समेत १२।१५ जनाले कपिलेश्वरीलाई उठाई लगी कपिलेश्वर यादव, रामदेव शर्मा, बुधिया भन्ने जितेन्द्र यादव समेतले क्रमशः करणी गरेबाट बेहोस भए भन्ने रामलाल साहु र कपिलश्वरीको संयुक्त हु. बाट पठाएको जाहेरी । ४. प्र. कपिलेश्वर यादव समेत गरी १०।१५ जनाले हतियार देखाई करणी गरे भन्ने कपिलेश्वरीको सनाखत कागज । ५. ०३६।५।३ बलराम यादव समेत भई मलाई बाँधी डाँका गरी लगे भन्ने रामलखन साहको सनाखत कागज । ६. ०३६।५।३ गते राती डाँका पर्दा छोरी कपिलेश्वरीलाई नदेखी खोजी हुँदा बाँसघारीमा फेला परेकी र होस् आएपछि सोधनी गर्दा जाहेरीमा उल्लिखित मानिसहरूले बेइज्जती गरेको भनी भनेकीले थाहा पाए भन्ने जाहेरवालाको बाबु हुली साहु र मनसरी साहु समेतको कागज । ७. ०३६।५।३ गते राती जाहेरवालाको घरमा डाँका परी कपिलेश्वरीलाई करणी गरेको नै हो भनी परमेश्वरी समेत ७ जनाको मुचुल्का साथै जनाए अनुसार वारदात नभएको बनौली हरिया उठाउने विषयमा झंझट भएको उक्त वारदातमा जाहेरवाला समेत संलग्न भएकोले आफू बच्नलाई वादी खडा गरी जाहेरी दिएका हुन् भन्ने सरजमीन मुचुल्का । ८. सङ्कलित सबूद प्रमाणको आधारमा डाँका र करणीको वारदातमा माथि जाहेरीमा उल्लेख गरिएका कपिलेश्वर समेत ३ जनालाई ज.क. महलको दफा ३ र अरु सम्मिलित भएका ६ जवानलाई ऐ.महलको ४ नं. बमोजिम सजायँ हुनु र जाहेरवालाले दावी गरे अनुसार बिगो भराउन समेतको प्रहरी प्रतिवेदन । प्रतिवादीहरूलाई सरजमीनले किटानी लेखिदिएको हुँदा निजहरूलाई चोरीको १४ नं. को (४) बमोजिम सजायँ भई जाहेरवालाको बिगो समेत भराई दिने भन्ने स.अ. तथा स.अ.को छुट्टै राय । ९. ०३६।४।२५ गते लोकही गरी ५।२३ गते मात्र फर्कि आएकोले ०३६।५।३ गते भएको वारदातमा आफू नरहेको भन्ने समेत