निर्णय नं. २६१ - जिमिदारी आयस्था दिलाइ पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६१ - जिमिदारी आयस्था दिलाइ पाउँ भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१०/१३ २६८१ निर्णय नं. २६१ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी दे.फु.नं. २४० निवेदक, वादी : जानकी ओझनी, सुर्यलिला, श्यामलिला समेत जना ३ बिरुद्ध विपक्षी प्रतिवादी : ललितबहादुर खत्री, हिराबहादुर खत्री समेत जना २ मुद्दा : जिमिदारी आयस्था दिलाइ पाउँ (१) दर्ता–तिरो–भोग बेगर जग्गामा गरेको दावा पुग्न नसक्ने । यसरी उहाँले दाखेल खारेज भएको बखत यो मौजा हाम्रो हक भएकोमा हिराबहादुरले दाखेल खारेज गराउन नपाउने गराएको बदर गरी पाउँ भन्नेसमेत मौजा हक गराउनेतर्फ वादीहरूको उजुर बाजुर नपरी हिराबहादुरका नाउँमा दर्ता कायम रहेकोसमेत देखिएकोले दर्ता भोग तिरो प्रतिवादीकै भएकोमा हक छोडीदिएको कानूनको रीतपूर्वकको लिखत वेगर मौजामा कान्छी आमा आउनु भएको छ । आयस्था बुझाई दिनु भन्ने किसिमको चिठ्ठीको भरलेमात्र मौजामा र त्यसको आयस्थामा वादीको दावा पुग्छ भन्ने भएन । (प्रकरण नं. १२) वादीतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कृष्णप्रसाद पन्त, प्लीडर सुधानाथ पन्त । प्रतिवादीतर्फ : एडभोकेट मधुप्रसाद शर्मा । फैसला १. बाज्ये मथुरालालको २ छोरामा जेठो सूर्यलाल, कान्छो ईन्द्रलाल, जेठो सूर्यलालको छोरा तंवुलाल, तंबुलालको छोरा हिराबहादुर, ललीतबहादुर, २ भाइ र कान्छो इन्द्रलालको २ स्वास्नीमा जेठी गोरीबाट जन्मेका छोरी हामी सूर्यलिला, श्यामलिला र कान्छी म वादी जानकी हौं । सूर्यलाल, ईन्द्रलाल २ भाइको मन नमिली ६३ साल श्रावण १ गते देखि महोत्तरीतर्फको रत्नवारासमेत मौजा इन्द्रलाललाई र पर्सकोतर्फको मौजा र बीरगञ्जको घरसमेत सूर्यलाललाई मिलाई छुट्टै बसी रत्नवारा मौजाको जिमिदारी आफू ईन्द्रलालले भोग गर्नु भएकोमा निज ईन्द्रलाल ६७ साल जेष्टमा परलोक भएपछि सो रत्नवारा भदै मौजा पोत बाँकिमा लिलाम भएछ र हामीहरूपट्टि छोरीमात्र भएकीले जेठा सूर्यलालका छोरा तंबुलाका नाउँबाट श्री ३ महाराज चन्द्र सम्शेर काहाँ बिन्ति चढाई जतिमा लिलाम भएको छ उति रुपैयाँ बुझाइ थामि दिनु भन्ने भई थामि पाएको कुरा ६७।७८ सालको महोत्तरी मालको श्रेस्ताबाट तंबुलाल हामी श्यामलिला, सूर्यलिलाको दाज्यु र म जानकीको भतिजा हुँ निज तंबुलाल र निजका छोरा हिराबहादुर, ललीतबहादुरसमेतबाट मौजाको आयस्था हामीले लिने गरी आएको छौं । बीच बीचमा सो मौजा ठेक्का लिनेहरूले रुपैयाँ नबुझाई ढिला गरी दिएमा पनि खुद आफूहरू गई असूल गरी लिने गरी आएका छौं । सो रत्नवारा भदै मौजा हाम्रो हो । आफै मौजामा आउनु भएको छ भन्नेसमेत तंबुलालले लेखिएको कागजहरू हामीसँग छ । ०९ सालसम्मको आयस्था पाएकै छु । ०१० सालको आयस्था नपठाएकोले हिराबहादुरलाई सोध्दा मेरा बाबुका नाउँको जिमिदरी मौजा भएकोले ०१० साल देखि आयस्था पाउँदैनौ भनी जवाफ दिए । सो मौजाको हाम्रो हक भोग कायम गरी ०१० सालको आयस्थामा रु. ५००। भराई पाउँ भन्नेसमेत जानकी, सूर्यलिला, श्यामलिलाहरूको ०१२।१।६।३ को निवेदनमा हाल कोर्टफिमा पक्राउ नगरी ठाडै बुझी ऐन सवालबमोजिम गर्नु भन्ने श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महतबाट ०११।१२।१४।१ मा आदेश भएको । २. ६३ सालमा बाज्येहरू भिन्न भई ईन्द्रलाल छुट्टै बसेको भन्ने वादीको लेखाई छ । वादीले हाम्रो भनेको रत्नवारा भदै २ मौजाको ६६ सालको पोतसमेत बाँकीमा महोत्तरी मालबाट लिलाम हुँदा अनौठालाल पाण्डेले लिलाम सकार गरी बाहालीसमेत लिएकोमा हकवालाको म्याद भ