निर्णय नं. ३१८३ - दर्ता गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१८३ - दर्ता गरिपाउँ भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/०४ २२५५ निर्णय नं. ३१८३ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ५२० मुद्दा : दर्ता गरिपाउँ। पुनरावेदक/प्रतिवादी: जि.रुपन्देही सिकटन गा.पं. वार्ड नं. ७ सुक्रौली बस्ने पाती अहिरनी। विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने मुराती अहिरनी । फैसला भएको मिति: २०४४।५।४।५ मा स्त्री अंश धनको ६ नं. मा विधवा स्वास्नीले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीको हक रहँदैन । (प्रकरण नं. १४) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री रामजी विष्ट,विद्वान अधिवक्ता श्री ओजराज सेढाई उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः प.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. सर्भे नापीमा जेठानी पाती, म मुराती र नन्दी राम पाती समेतको नाममा जग्गा संयुक्त दर्ता गरिएकोमा नन्दीराम पातीको मृत्यु भई विसम्भरको नाममा दर्ता हुने ठहरी फैसला भई ३ खण्ड १ खण्ड आफ्नो नाममा गराई सके, बाँकी २ खण्ड हामी मुराती र पातीको नाममा संयुक्त दर्ता कायमै छ । संयुक्त दर्ता नराखी आ–आफ्नो नाममा दर्ता गर्ने इच्छा भएकोले तपसीलमा उल्लिखित जग्गा मध्येबाट मेरो भागमा पर्ने १ खण्ड मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत फिराद दावी । ३. विपक्षी र म पातीका नाममा संयुक्त दर्ता भई भोगचलन समेत गरिआएकोमा ०३९।१।१ देखि विपक्षी मुराती भारत जिल्ला महाराजगंज अन्तर्गत मौजा दरहवा घर भएका जगदेवप्रसाद यादवलाई लोग्ने तुल्याई बस्नु भएको छ । पहिलो लोग्ने जगदेव अहिरको पहिल्यै नै मृत्यु भइसकेको छ । निज मुराती र जगदेवप्रसाद यादव लोग्ने स्वास्नी कायम भई ०३९।१।३१ गते मतदान गरेका छन् । मेरो देवर वा विपक्षीको विवाहिते लोग्ने जगदेव हो र अर्को पछि कायम गरेको लोग्नेको नाउँ पनि जगदेवप्रसाद यादव हो । यसरी विवाहिते लोग्नेको नाता छोडी अर्को लोग्ने कायम गरेको हुँदा निजको हाम्रो सम्पत्तिमा कुनै अधिकार छैन भन्ने समेत प्रतिउत्तर जिकिर । ४. मेरो अघिल्लो लोग्ने जगदेवको मृत्युपछि सासूले नेपालको सुक्रौली गाउँको जगदेव अहिरलाई मसंग लोग्ने स्वास्नी कायम गराई दिएकीले बसेकी छु, भारतको जगदेवप्रसादसंग बसेकी छैन र निजको परिवार समेत भएको नभई मतदानमा पनि निजसंग मतदान गरेकी छैन भन्ने समेत वादी मुराती अहिरनीको बयान । ५. वादीले नेपालको जगदेवलाई लोग्ने तुल्याई बसेको होइन, भारतको जगदेवसंग नै पोइल गई बसेकी हुन् भन्ने समेत प्र.वा. सूर्यमान यादवको बयान । ६. वादी प्रतिवादीका साक्षीहरूले बकपत्र भई मिसिल सामेल रहेछ । ७. वादी लेख र बयान अनुरुप यी वादी दोश्रो पति जगदेवसंग फिराद दर्ता पश्चात मात्र पोइल गएकी रहिछ, भनी अनुमान गर्नु प्रतिवादीको वैधानिक स्थितिमै हाल परिवर्तन आई वादी प्रतिवादी बीचको नाता टुटी सकेको देखिँदा स्त्री अंश धनका ६ नं. बमोजिम विवादको जग्गाको स्वामित्व वादीबाट समाप्त भइसकेको देखिई वादी दावी पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतको ०४०।८।७।४ को फैसला । ८. शुरु जिल्ला अदालतबाट वादी दावी झुठ्ठा ठहर्‍याई गरेको फैसलामा चित्त नबुझेकोले