निर्णय नं. २७५१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७५१ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०४/३० १८९५ निर्णय नं. २७५१ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.न. १७७१ आदेश भएको मिति : २०४३।४।३०।५ मा निवेदक : ल.पु.न.पं.वडा नं.२ शान्तिपाखा बस्ने वर्ष ५० को बालकृष्ण विष्टसमेत विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय ललितपुरका भू.सु.अ. ल.पु.न.पं.वडा नं.२ झम्सीखेल बस्ने कोमलबहादुर विष्टसमेत विषय : उत्प्रेषण (१) केबल बाली बुझेको भर्पाईको एक्लो प्रमाण मात्रलाई मोहियानीको आधार मान्न मिल्ने स्थितिको देखिँदैन । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री बलिरामकुमार आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एंव जिकिर निम्न प्रकार छन । २. निवेदक मध्ये म बालकृष्ण विष्ट स्व.भिमबहादुर विष्टको छोरा हुँ र म विनायक विष्ट निवेदक बालकृष्ण विष्टको एकाघरको सगोलको छोरा हुँ ल.पु.न.पं.वडा नं.२(६) कि.नं. १६१ ऐ.कि.नं. १६२ ऐ.कि.नं. १५९ को जग्गा निवेदकहरूले २०२३ साल देखि कमाई आएकोले मोहियानी हकको प्रमाणपत्र पाउन निवेदन प्रत्यर्थी अधिकृतज्यू समक्ष दिएका थियौं । उक्त कि.नं. का जग्गा धनीहरूमध्ये कि.नं.१५९ र १६१ जग्गाधनी उपस्थित भई हामीबाट बाली बुझेको छ र कोमलबहादुर मोही हुन भन्ने समेत बयान गर्नुभएको थियो । कोमलबहादुरले भाइ भाइको बीचमा २०३४ सालमा अंशबण्डा भई भाइको भागमा परेको मोहियानी जग्गा समेत आफूले कमाई खाने उद्देश्यले निवेदन दिएको भन्ने तथ्यसाथ प्रतिवाद गर्नुभएको थियो । ३. उक्त विवादमा गरिएको निर्णयाधार यसप्रकार छ । निवेदकहरूले साविकमा मोही प्र.से. कोमलबहादुर विष्ट मोही कायम भइरहेकोले कि.नं.तथा क्षेत्रफलका जग्गाहरूमा मोही कायम गरी निस्सा पाउँ भनी माग दावी गरेको देखिने र भू.सु.लागू हुँदाका अवस्थामा विपक्षी मोही कायम भई निजैका नाउँमा २ नं.अनुसुची लगत समेत प्रकाशन भएपछि निवेदक मोही भएको भए सोही अवस्थामा उजूरी दिनुपर्ने कानुनमा व्यवस्था भएकोमा निवेदकतर्फबाट सो गरे भएको नदेखिने हाल बाली बुझाएको आधारमा मात्र निवेदक मोही कायम हुने हुन कि त भन्नालाई पनि ज.ध.हरूले दर्तावाला मोही प्र.से.कोमलबहादुर विष्ट नै भएको बालीसम्म निवेदकहरूबाट बुझि लिएको भनी बयान दिएबाट कायम भइरहेको मोही छँदा छदै सोही जग्गामा अन्य व्यक्तिलाई मोही कायम गर्न र प्रमाणपत्र समेत दिन भू.सं. ऐनमा कुनै व्यवस्था नभएको हुँदा निवेदकहरूको माग दावी पुग्न सक्दैन दावी खारेज हुने ठहर्छ । ४. निवेदकहरूको नाममा मोहियानी हक प्राप्त हुने तथा प्रमाणपत्र पाउने भनी निश्चित छ तसर्थ उक्त फैसला भू.सु. ऐन, २०२१ को दफा २६(१), २५(४), दफा २ समेतको प्रतिकूल र अन्य व्यक्तिले जग्गा कमाएको समेत देखिँदैन यस अवस्थामा निवेदकको मोही हक प्राप्त हुने अकाट्य छ । यस सम्बन्धमा ने.का.प.२०३४ पृष्ठ २९२ ने.का.प.०३२ पृष्ठ १०० मन स्थापित नजीर र अ.बं. १८४(क) १८५ को कानुनको आधारमा निवेदकहरूको उल्लिखित हक अपहरित हुनुको साथै नेपालको संविधान २०१९ को धारा (१), ११(२)(ङ) र धारा १५ द्वारा प्रत्याभूमि मौलिक हकबाट समेत बञ्चित हुनु परेकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश जा पुर्जी जारी गरिपाउँ भन्ने सम