निर्णय नं. ३१८४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१८४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/१० ४३४३ निर्णय नं. ३१८४ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नं. २४१४ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक : श्री प्रोएस ट्रान्सपोर्ट कं. (प्रा.) लि. टेकुको तर्फबाट अधिकार प्राप्त अध्यक्ष शंकरप्रसाद अर्याल का.जि.का. न.पं. वडा नं. १४ कलंकी स्थान । विरुद्ध विपक्षी : हेटौंडा सिमेण्ट उद्योग लि. हेटौंडा । आदेश भएको मिति: २०४४।५।१०।४ मा ढुवानी गर्नु पर्ने कोइलाको गुणस्तर विषयमा निवेदक र विपक्षी बीच सहमति नभएपछि विपक्षी उद्योगसंग रिट निवेदकको टेण्डरलाई अस्वीकृत गर्ने वा रिट निवेदकले राखेको शर्तहरूलाई मान्यता दिने भन्ने दुई विकल्प रहन जान्छ र ती मध्ये कुनै एक विकल्पको अनुसरण गर्नु पर्ने हुन्छ । (प्रकरण नं. ११) सम्झौता गर्नको लागि सम्झौता गर्न सक्ने वातावरण हुनु पर्छ, विपक्षी उद्योगको पत्रबाट सम्झौता गर्नको लागि पर्याप्त समय नदिएको कुरा एकातर्फ देखिन्छ भने अर्कोतर्फ बैंक जमानत रोक्का गर्नु भनी बैंकलाई पत्र लेखेबाट रिट निवेदकले बैंक ग्यारेण्टी अवधि बढाउन नसक्ने भई सम्झौता गर्न नसक्ने परिस्थितिको सृजना हुन गएको समेत देखिन्छ । यस स्थितिमा टेण्डर स्वीकृत भएपछि पनि सम्झौता गर्न नआएको भन्ने दोष रिट निवेदक उपर लगाई बैंक ग्यारेण्टी जफत गर्ने गरेको विपक्षी उद्योगको निर्णय समन्याय, न्याय तथा सद्विवेकको समेत विपरीत देखिन्छ । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर,विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुंगाना उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षीले भारतको कोइला खानीहरूबाट कोइला ढुवानी गरी फैक्ट्रीसम्म ल्याउनको लागि गरेको प्रिक्वालिफिकेशन विडमा सफल भई १५ अगष्ट सम्ममा टेण्डर दिनको लागि ७ फेब्रुअरीमा विपक्षले पत्र लेखेको र यस कम्पनीले रु. ६,५०,०००।– को अर्नेष्ट मनीको लागि ने.बैं.लि. को ग्यारेन्टी साथ रु. २,२४,५०,०००।– को टेण्डर दिएको पछि उद्योगको अनुरोधमा उद्योगले लेखेर दिएपछि ०४२।३।३१ अर्थात् १५ जुलाई १९८३ सम्मको लागि बैंक ग्यारेन्टीको म्याद बढाएको थियो । विपक्षीसंगको क्लियरीफिकेशन मिटिड्डमा र सोको हवाला दिँदै भारतको विहार र बंगालको कोइला खानीहरूबाट दिइने कोइलाहरूको गुणस्तर भिन्न हुनसक्ने भएकोले कोल इन्डीया लि. ले जस्तो कोइला दिन्छ सोही कोइला मात्र ढुवानी गरी बुझाउन सकिन्छ भनी यस कम्पनीले २७ ज्येष्ठ ०४२ मा स्पष्टीकरण लेखी पठाएको थियो । विपक्षीसंग भएको २५ आषाढ ०४२ को दोस्रो नेगोसियशन मिटिड्डमा हाम्रो अफर र विड वण्डको म्याद १५ जुलाई देखि नबढाउने भनी हामीहरूले भनेका र निर्णय गरेका थियौं । यसका साथै हामीले विपक्षीलाई लेखेको २७ ज्येष्ठ ०४२ को पत्रको प्रकरण १ र २ मा लेखेको कुराहरू टेण्डरमा नभएको बिलकुल नयाँ शर्तहरू हुँदा मान्न सकिँदैन र ती शर्तहरू वापस लिनको लागि विपक्षी उद्योगले भन्नु भएकोमा उक्त कुराहरू नयाँ शर्त नभई विपक्षी उद्योगले उठाए