निर्णय नं. २७५२ - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७५२ - हक कायम भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/१६ २३१९ निर्णय नं. २७५२ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.न. ७३९ फैसला भएको मिति : २०४३।५।१६।२ मा पुनरावेदक/प्रतिवादी : तेजरत्नकी श्रीमती का.न.पं.वडा नं.२१ बस्ने वर्ष ६७ की हिरामाया शाक्यसमेत विरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.३० बस्ने हर्ष रत्नको छोरा अं.वर्ष ८१ को सानुमाया बज्राचार्य मुद्दा : हक कायम (१) आफ्नो हक हुने सम्पत्तिमा समय समयमा कानुन बमोजिम उजूर नगर्दैमा त्यसको आधारमा हकदार होइन भन्न कानुनले मिल्ने नदेखिने । (प्रकरण नं. १३) प्रत्यर्थी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४१।१२।२६ को फैसला उपर चित्त नबुझी प्रतिवादी हिरामाया शाक्य समेतको पुनरावेदको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत हक कायम मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मेरा बाजे विरमुनिको ३ छोरा जेठा एडक रत्न, माहिला हर्षरत्न, कान्छा अष्टरत्न भएकोमा जेठा विवाह नहुँदै ५ साल अघि नै र कान्छा अष्टरत्न पनि विवाह नहुँदै १३ साल आश्विनमा परलोक भएकोले उनीहरूको हकको जम्मै घर जग्गा बाबा हर्षरत्नको हक हुन आई बाबा हर्षरत्न पनि १८ साल मार्गमा परलोक भएको र अरु हकदार कोही नभई म छोरी एकमात्र भएकोले अष्टरत्नको जग्गा सबै मेरो हक हुन आएको सो जग्गाहरू बन्धकमा दिई रहेको थियो । यी सबै कुरा गुमपारी विपक्षीहरूले अष्टरत्नको हक खाने हकदार कोही नभएको हुँदा हाम्रा नाउँमा अष्टरत्नको पोता ल.नं. १७१ मा दर्ता भएको जग्गा दर्ता गरिपाउँ भनी ०३५ सालमा न.पं.को सिफारिश लिई मालपोत कार्यालयमा निवेदन दिएको कुरा ०३७।१२।९ मा थाहा पाई नालिश गर्न आएको छु । रत्नकुमारीका बकस पत्र बमोजिम काका अष्टरत्नको नाममा छुट्टै दर्ता भएको ५७१ को पोतालगत बमोजिम जग्गा विपक्षीहरूको कुनै हक नलाग्ने अपुतालीको ४ नं. ले मेरो हकको जग्गालाई आफ्नु हकदार भनी झुठ्ठा निवेदन दर्खास्त दिएमा हदैसम्म सजायँ गरी मलाई अष्टरत्नको हकदार कायम गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३८।१२।१८।३ को फिरादपत्र । ३. फिराद दावी झुठ्ठा हो पोता लगत नं. १७१ मा दर्ता भएको जग्गाको कुनै कतैपनि दर्खास्त दिएको छैन ल.नं.५७१ अष्टरत्न बज्राचार्यको नाममा दर्ता भइरहेको गुठी जग्गाहरू मिति ०२२।९।१६ गतेको निर्णय अनुसार का.जि.टेबहाल बस्ने भाजुरत्न सिक्रीकारको नाममा रैकरमा परिणत भई मौजा काठमाडौं नं. १६३ मा समेत दर्ता भइसकेको छ सो रैकरमा परिणत भइसकेको बदर नभई वादीले हकदावी गरेको झुठ्ठा हो विपक्षी वादीले अर्काको नामसँग मिल्यो भन्दैमा हाम्रो पूर्खाले राखेको कुनै गुठी नै नचलाई हाम्रो गुठी जग्गाहरु दावी गर्न आएबाट झुठ्ठा दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको हिरामाया, रत्नकाजी शाक्य, पन्नाकाजी शाक्य, कान्छा रत्न शाक्यको संयुक्त प्रतिउत्तरपत्र । ४. पोता नं. ५७१ को जग्गाहरूका सम्बन्धमा घर भत्काई पाउँ भन्ने दे.मि.नं. ११९४ र पर्चा दर्ता बदर समेत दे.मि.नं. १२०४ मा यिनै वादी भएका मुद्दामा वादी दावी झुठ्ठा ठहरी आजै फैसला भएको वादी हकदार भए मौकैमा विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम रैकरमा परिणत गराई आफ्नो हक सुरक्षित राख्नु पर्नेमा सोतर्फ केही नगरी हकदार कायम गरिपाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने