निर्णय नं. २६४ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६४ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/११/१३ २५३४ निर्णय नं. २६४ ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू, न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह, रीट नं. १३/५६ निवेदक : महेन्द्रप्रसादसमेतको हकमा कृष्णमान श्रेष्ठ विरुद्ध विपक्षी : जिल्ला न्यायाधीश जि.अ. विरगञ्ज बिषय : बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने (१) न्यायीक अधिकारीले कारवाइको निमित्त थुनामा राखेमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुन नसक्ने । पुर्पक्षको निमित्त जमानतमा नराखी संवैधानिक हक हनन् गरेको भन्ने निवेदकहरूको भनाईका हकमा पनि मौका सर्जिमिनसमेतको केशको प्रकृति हेरी न्यायीक अधिकारीले कारवाइको सिलसिलामा पुर्पक्ष निमित्त थुनामा राखी कारवाइ गरेको देखिन्छ । कुनै थुन्ने अधिकारै नभएको व्यक्तिले थुन्यो वा थुन्न पाउने भन्दा बढी थुन्यो भन्नेसमेत बिषयमा बन्दी प्रत्यक्षीकरणको माग हुन सक्ने हो । प्रस्तुत केशमा रामचरीत र कुर्मी कर्तव्यबाट मरी जगत भगतको दर्खास्तबाट श्री ५ को सरकार वादी भई दायर भएको खुन डाका मुद्दामा कर्तव्यको आरोप लागी कारवाईको सिलसिलामा पुर्पक्षको निमित्त निवेदकहरू थुनिएको हुँदा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न मिल्दैन निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं. ९) निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कृष्णप्रसाद पन्त प्लीडर कुलराज । आदेश १. श्री ५ को सरकार भएको राम चरीत र कुर्मि मरेको ज्यान डाँका मुद्दामा पुलिसले कुटपिट गरी साबित गराई बेहिसाब कारवाई गरेको ट्रिबुनल र पब्लिक प्रसिक्यूटरले थाहा पाएकोले पोल परेको ३३ जवान मध्ये २१ जवानलाई थुनबाट छाडी दिनु भयो । २. कारवाई बेहिसाबसँग भएको देखेपछि हामीलाई पुर्पक्षको निमित्त जमानतमा नराखी संविधानको धारा १०।११ र नागरिक अधिकार ऐन, २०१० को बिरुद्ध थुनामा राख्नु भएको छ । कसैलाई पुलिसको कारवाइ प्रतित नमानी छाडी दिनु भएकोले कसैले तारिखमा छुट्न पाउने र कसैले थुनामा बस्नु पर्ने हुँदा कानूनबमोमिज समान हक दिनु नभएकोले उक्त संबिधानका धाराले प्रदत्त हकमा आघात पुग्न गएका हुँदा संविधानको धारा ७१ र नागरिक अधिकार ऐनको दफा १६ बमोजिम बन्दी प्रत्यक्षीकरणको रीट जारी गरी बन्दीबाट मुक्त गराई पाउँ भन्नेसमेत जि.बारा प्र.गढसे पेरेन मौजे खजहनी घर भई बीरगञ्ज जेलमा थुनिएको महेन्द्रप्रसाद कोईरी १, ऐ मेवा पटेखा घर भई ऐ भएको रामचन्द्र महत्तो कोईरी १, ऐ बस्ने भएको गेनासाकानु १ समेत ३ जनाको हकमा का.ई.जुद्ध सडक बस्ने कृष्णमान श्रेष्ठको ०२०।८।२४।३ को निवेदन पत्रमा यो निवेदनपत्र नियमबमोजिम गरी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने का.मु. प्रधान न्यायाधीशज्यूको आदेश । ३. यसमा निवेदकले माग गरेबमोजिमको रीट जारी किन हुन नपर्ने हो १५ दिन भित्र मिसिलको १ प्रति वाजाफता नक्कल र जवाफ पठाई दिनु भनी जि.न्या. बीरगञ्जलाई सूचना पठाई आएपछि पेश गर्नु भन्नेसमेत ०२०।१।२२।२ को डिभिजन बेञ्चको आदेश । ४. दाजू महेन्द्रप्रसादलाई थुनामा राखी कारवाई गरेका छन् तारेख वा धरौट जमानी छाडि दिनु भन्ने आदेश पाउँ भनी जोगेन्द्रप्रसादले श्री ५ को सवारीमा दिएको निवेदन पत्रमा पनि व्योहोरा बुझी ऐनबमोजिम गर्नु गराउनु भन्ने सर्वोच्च अदालत सवारी क्याम्प परवानीपुरबाट आदेश भई आई रहेको हुनाले इ.अ. बाट आएको मिसिलको नक्कलहरू अध्ययन गरेमा महेन्द्रप्रसादसमेतको यस अदालतमा निवदेन परी शुरु ई.अ. बाट कैफियत रिपोर्ट लिई स