निर्णय नं. ८८६७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८६७ - उत्प्रेषणयुक्त परमादेश भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६८/१२/२१ ३५२८ ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री भरतराज उपे्रती संवत् २०६८ सालको रिट नं.२०६८–WO–०४०४ आदेश मितिः २०६८।१२।२१।३ विषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला झापा, गा.वि.स. अर्जुनधारा, वडा नं. ६ बस्ने चन्द्रप्रकाश बस्नेत विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रीय कार्यालय § जुनसुकै परीक्षामा परीक्षार्थीले पालन गर्नुपर्ने केही अनिवार्य शर्त, मर्यादा र नियम रहेका हुन्छन् । परीक्षासम्बन्धी शर्त, मर्यादा र नियमको पालना भएन भने परीक्षाको शुद्घता र निष्पक्षता रहन नसक्ने । § परीक्षा भवनमा निषेधित वस्तु लैजाने, उत्तरपुस्तिका नबुझाई बाहिर लैजाने, हो–हल्ला गर्ने जस्ता कार्य परीक्षासम्बन्धी अनियमित कार्य मान्नुपर्ने हुँदा परीक्षा भवनमा उत्तरपुस्तिका नबुझाई बाहिर लैजाने कार्यलाई परीक्षासम्बन्धी अनियमित कार्य नमान्ने हो भने परीक्षाको शुद्घता, मर्यादा, निष्पक्षता कायम रहन नसक्ने । (प्रकरण नं.४) § परीक्षामा अनियमितता गरेको तथ्य निर्विवाद रूपमा पुष्टि भैसकेको अवस्थामा त्यस्तो विषयमा परीक्षार्थीलाई थप सुनुवाइको मौका दिई रहनुपर्ने अवस्था नरहने । (प्रकरण नं.५) निवेदकतर्फबाटः विद्वान अधिवक्ता दीपेन्द्र झा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यस अदालतको अधिकारक्षेत्र अन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– म निवेदक चन्द्रप्रकाश बस्नेतले विपक्षी लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगर काठमाडौँको आ. व. ०६७/०६८ मा पदपूर्ति गुर्नपर्ने सेवाहरू परराष्ट्र, प्रशासन लगायतमा फाराम भरी आयोगद्वारा सञ्चालित वि. नं. ५१७/०६७–०६८ परराष्ट्र सेवा रा. प. अनं. प्रथम श्रेणी रोल नं. १६६६७६ मार्फत मिति २०६८।१।१७ द्वितीय पत्रको परीक्षा दिने क्रममा वस्तुगत प्रश्नपत्र मानवीय त्रुटिले भूलबस परीक्षा हल बाहिर गएको थियो । उक्त वस्तुगत प्रश्नपत्र मसँगै भूलबसले परीक्षा हल बाहिर आएको थाहा पाएपछि तत्कालै मैले परीक्षा दिएको केन्द्र जनकनाथ आर्दश उच्च मा. वि. लैनचौरको परीक्षा गार्डलाई भेटी केन्द्राध्यक्ष खगेन्द्र सुबेदीलाई समेत सम्पर्क गरेकोमा कुनै जवाफ नपाएपछि भोलिपल्ट लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आफ्नो व्यहोरा सहितको वस्तुगत प्रश्नपत्र बुझाएको थिएँ । यसै क्रममा एक्कासी लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरबाट मेरो उक्त परीक्षा रद्द गरी निलम्बन गरिएको सूचना नं. ६३१/०६७–०६८ बाट प्रकाशित गर्‍यो जसमा मिति २०६८।१।१७ गतेदेखि लागू हुने गरी आयोगको कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी २ बर्षसम्म निलम्बन गरिएको सूचना मिति २०६८।३।२२ को गोरखापत्रमा प्रकाशित गरेको छ । मैले सूचना नं. ५२४/०६८–०६९ मार्फत प्रशासन सेवा, सामान्य प्रशासन समूह नायव सुव्वा पदमा खुल्लातर्फ लिखित परीक्षा समेत पास गरेकोमा आयोगले मिति २०६८।७।९ गते सूचना नं. १४९/०६८/०६९ मार्फत मिति २०६८।७।८ को निर्णयअनुसार लिखित परीक्षाको नतिजाबाट मलाई हटाइएको छ जुन कार्य नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१) १८(१) को विपरीत भई मेरो मौलिक हकमाथि बन्देज लगाइएको छ । म न