निर्णय नं. ३१८५ - राजीनामा बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१८५ - राजीनामा बदर भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/२३ २७५२ निर्णय नं. ३१८५ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ५०३ मुद्दा : राजीनामा बदर । पुनरावेदक/वादी: जि.कपिलवस्तु गा.पं. सिसवा वडा नं. ४ तेनुई बस्ने परमात्मा मिश्र । ऐ.ऐ बस्ने ब्रह्मदेव मिश्र । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने केवला मिश्राइन । ऐ.ऐ बस्ने राजेन्द्र प्रसाद मिश्र । फैसला भएको मिति:२०४४।३।२३।३ मा निखनाई पाउँ भन्ने मुद्दा र राजीनामा बदर मुद्दाको विषयवस्तु र प्रकृति बेग्लाबेग्लै हुन यिनीहरूको बेग्लाबेग्लै हदम्याद हुने हुँदा तोकिएको हदम्याद भित्र तोकिएको मुद्दामा फिराद दावी गर्न सक्दछन् । (प्रकरण नं. ११) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव उल्लेखित मुद्दाःX फैसला न्या.हरगोविन्द सिंह प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. १९८८ सालको नापीमा मौजे तनुई मध्ये महावीर, महादेव रुद्र मिश्र समेत जना ३ को नाउँमा कि.नं. ४२१, ४२२, ४२३ समेतको सिर जिरायत बिगहा १०।।२।१ दर्ता भएको, दर्तावालाको मृत्यु पछि तीन खण्डको १ खण्ड रुद्रको छोरा विश्वनाथको ३ खण्डको १ खण्ड महावीरको नाती परमात्माको तीन खण्डको १ खण्डको आधा महावीरको भाइ आयोध्याको, तीन खण्डको १ खण्डको आधीको आधी महादेवको छोरा म भवनाथको तीन खण्डको १ खण्डको आधीको आधी अर्को छोरा गयाप्रसादको नाउँमा दर्ता भई जग्गा छुट्याई भाग गरी आएको, २८ सालमा गाउँ ब्लकमा परी नापी दर्ता नभए पनि उक्त तीनै हरेक कित्तामा ३ खण्डको १ खण्डको आधीको आधी म भवनाथको हकभोगचलन समेत गरी आएको हाल विपक्षी केवलाको घरको पूर्व समेत किल्ला भित्र कायम भएको हो, विपक्षी केवलाल बसोवास गरी राखेको घर विपक्षीलाई बिक्री गर्दा घरकुप तथा हरिवंश कहारको घरले पूर्व समेत किल्ला भित्र बनेको फुसको घर आँगन समेत म समेतको नम्बरी जग्गा मिलाई जालसाजी व्यवहारको आधारमा ०३६।२।२८।१ मा राजीनामा पास गरी लिए दिएको उक्त नम्बरी जग्गा मध्ये गाउँ ब्लाकमा परेको पश्चिम ७४ हात उत्तर दक्षिण ३२ हात समेत घुसाई लिए दिएको जग्गाको हकमा समेत राजीनामा लिखत ३ खण्डको १ खण्डको आधीको आधी मेरो हकमा बदर गरिपाउँ भन्ने समेत व्यहोराको भवनाथ मिश्रको ०३७।५।९।२ मा परेको फिरादपत्र रहेछ । ३. केवलाको हकभोगको मौजे तेनुई मध्ये नम्बरी कि.नं. २७०, २७७, ४६३, ४७४, ६६७ र घर कुप तथा हविवंश कहारको घर सो पूर्व समेत किल्ला भित्र बनेको फुसको घर र घरले चर्चेको आँगन सहन जग्गा समेतको जम्मा मोल रु. १०,४६८।– केवलाले लिई ०३६।२।२८ मा रजिष्ट्रेशन पारीत समेत गरिदिनु भएको छ । साविक कि.नं. ४२१, ४२२, ४२३ को जग्गा १९८८ सालको नापीमा महावीर महादेव, रुद्र समेतको नाउँमा नापी दर्ता भएकोमा पछि दामासाही बमोजिम छुट्याई रुद्र मिश्रको छोरा बुहारी केवलाको हक भाग भोग भएको हाल नापीमा गाउँ ब्लकमा परेको सहन जग्गा समेत खरीद गरेको छु, राजीनामा सदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद मिश्रको ०३७।७।१७।१ मा परेको प्रतिउत्तरपत्र रहेछ । ४. घर र कि.नं. २७७, ४६३, ४७४, ६६७ समेतको जग्गा घर समेत भवनाथ मिश्रलाई राजीनामा लिने दिने बोल कबोल भएको,