निर्णय नं. २७५३ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७५३ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/१९ २८१४ निर्णय नं. २७५३ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ७१८ पु.वे.नं.१८० फैसला भएको मिति : २०४३।५।१९।५ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वार्ड नं. १८ टंगाल रक्तकाली बस्ने श्री राजगुरु खगेन्द्रराज पण्डितज्यूको मु.स. गर्ने पियुषराज पाण्डे विरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.२४ बस्ने मीनबहादुरको मु.स. गर्ने छोरी पद्मलक्ष्मी श्रेष्ठ मुद्दा : जग्गा खिचोला (१) वादीको जग्गाको चार किल्ला भई आएको नक्शासँग मिल्न भिड्न आएकोले उक्त वादीले दावी गरेको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्याएको म.क्षे.अ.को निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । (प्र.नं.१३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान वरिष्ठ अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको मिति ०३८।१०।२०।३ को फैसला उपर चित्त नबुझी प्रतिवादी पियूषराज पाण्डेको पुनरावेनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति दिन नमिल्ने भनी यस अदालतका ०४०।९।१०।१ का आदेश उपर निजै प्रतिवादीले श्री ५ महाराजाधिराजका हजुरमा उक्त निर्णय आदेश दोहोर्याई पाउँ भनी न्यायिक समिति मार्फत चढाएको निवेदनमा संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय आदेश दोहोर्याई दिनु भन्ने हु.प्र.बक्स भए बमोजिम फुलबेञ्चमा पेश हुँदा निवेदनमा अनुमति प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २००० सालमा काठमाडौं सर्भे नाप नक्शा भई विभिन्न मौजाहरूमा कसैको हक नभई प्रति जनिएको आवाद लायक जग्गा रोपनी समेत २००३।४।२३।४ का खड्ग निसाना र २००३।१०।२८।२ का बहाली चलन पुर्जी बमोजिम श्री पिता काजी मिनबहादुरको हक भएका जग्गाहरू मध्ये विपक्षीले निम्न बमोजिमको जग्गा मेरो भनी उजूर गरेकोमा अदालतमा नालेश गर्न जानु भनी सुनाउने काठमाडौं मालले पर्चा गरेको सदर गरी आयकर अदालतबाट २०२७।६।२३ मा फैसला भयो । क, रै. नं. २८९९ कि.नं. ६१८ को सर्भे २४९ नं. को धोवीचौर इन्द्रायणीको पूर्व सडक पश्चिम अलंकराज कुमारी राणाको नं. ६०८ उत्तर कि.नं. ६०२ को मोही बेतीमाया प्रधान दक्षिण बाटो यति ४ किल्ला भित्रको कि.नं.६१८ को जग्गा रोपनी १।।।/ लाई नघल १३० नं. पोता लगतको कोठे सिंभूर टेंगल ६१ नं. पोता लगत गणेश गुठीको जनिई दर्ता भइरहेको जग्गा हाम्रो सन्धि सर्पन हुँदा ६९ साल देखि मोहियामा लिएको ९४।१०।२९।६ मा काठमाडौं त्यौड टोल बस्ने मान हिराबाडासँग १३० नं. को कोठीसिंधु जग्गा रोपनी ३ रजिष्ट्रेशन पास गरी सट्टापट्टा गरी मोहियानीबाट भोगेको मेरो जग्गा भन्ने विपक्षीको भनाई भएको २००० सालको सर्भेमा कसैको हक दर्ता नभई शुद्ध प्रति जनाई खड्ग निसाना बमोजिम पिता काजी मीनबहादुरले पाई उहाँका नाउँमा का.माल रै.नं.२८९९ दर्ता भएको जग्गा हो । यदि विपक्षीको जग्गा भए उक्त सर्भेमा नापी नक्शा गराउनु सक्नु पर्ने थियो । र सट्टा दिएको हो भनी पनि यस ठाउँको यति जग्गा भन