निर्णय नं. २६५ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६५ - जग्गा भाग: ७ साल: २०२१ महिना: बैशाख अंक: १ फैसला मिति :२०१८/०८/१९ २६९७ निर्णय नं. २६५ ने.का.प. २०२१ डिभिजन बेञ्च न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री न्यायाधीश श्री इश्वरीराज मिश्र डे.डी.नं. ९ निवेदक : ताप्लेजुङ निगुराडि बस्ने रिठे गुरुङ विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने प्रभा प्रसाईनीसमेत मुद्दा : जग्गा (१) घरको मुख्य जानिफकारले गरेको व्यवहारमा चित्त बुझेन भने म्याद भित्र उजुर गर्नुपर्ने नगरेपछि उजुर लाग्न नसक्ने । ७५ सालको राजिनामा ८८ सालमा जालसाज गरी खडा गरेको भनी वादीले बयान गरेको । ८९ सालमा आमा मरेको भनेबाट आमा जिवितै रहे भएको बखत लिखित भएकोमा वादी सावितै देखिएको । मौकामा आमाले उजुर गर्न सक्नुपर्ने नगरी सबैको घरको जानिफकार जेठा बाबुले वादीको बाबु आमा छँदै गरेको व्यवहारमा म्याद भित्र उनीहरूले उजुर नगरेको । (प्रकरण नं. १९) प्रतिवादीतर्फ : विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारी । फैसला १. बाबु पद्यलाल, मानबहादुरसँग मिल्न नसकी पेट भाडोसम्म गरी कटेरो बनाई बसेको, ८८ सालमा बाबु मरे, ८९ सालमा म जन्मेपछि आमा मरिन । मेरो बाबुको आघि अंश भाग जग्गा मानबहादुर साहुहरू मिली जालसाज थैली खाई लिखित गरी लिनुदिनु गरेको र १७ वर्ष लागेकाले नालेस गरेको छु । जगवीरको थैली आधा लाग्ने हुँदा सो बाहेकका थैली कपाली गराई जामुने पुछार तिरो रु. २ ।।। को करकले छेउ २ ठाउँको तिरो रु. ७ ।।२ ढोडेनी जग्गा २ ।।ऽ।।२ र ढुंगे पालाछेउ रु. ३।।–।। सिम्ले पल्ला छेउको जग्गा निगुराडि खाएला बस्ती घर रैकर खेत मेरो सदर गरी दावी मेटाई पाउँ भन्नेसमेत रिठे गुरुङको फिराद । २. कर्कले २ ठाउँ जग्गा जंगवीरबाट ७७ सालमा श्यामशेरले लिई श्यामशेरबाट हामीले भोगी झगडा परी जिति मेरो बण्डाको हुँदा चन्द्रप्रसादलाई राजिनामा दिएको छु, थन्याई मानबहादुरले छाडी कागज गरेबाट बुद्धि हाङले गरेका निज खारेज भई पूर्णबहादुरले बाहाली पाई भाइ बण्डा गरी हामीहरूले भोगी खाई आएको भन्नेसमेत बलजितको र, ३. मानबहादुरले थन्याई राजिनामा र सो र ढोडेनी खेतमध्ये बन्धकी दिई तिरो रु. २५ को जग्गासमेत राजिनामा गरी मुद्दा पर्दा ९० सालमा मिलापत्र भएको हुँदा सो र ढोडेनीमध्ये मधुरामले हक छाडेको षंडर पूर्णबहादुरले बिक्री गरेको षंड ससुराको चलन हुन आएकोले खिलालसमेतलाई पास गरी दिई डिल्लीप्रसादले भोगेकोछ भन्नेसमेत संजीति । ४. तिरो रु. १ को घरबारी जग्गा मानबहादुर गुरुङले मेरो ससुरा रंगलालप्रसाद कं.रु. ३६१ खाई ७५ साल माघ १० गते ५ मा राजिनामा गरी दिएको हुँदा सुसराबाट लोग्ने षडानन्दले अंश पाई मैले भोग गरी आएको बुद्वि हाङसमेतसँग झगडा पर्दा निजहरूले दावी छोडी ९७ सालमा मिलापत्र भएको छ भन्ने प्रभा प्रसाईनी । ५. बर्णवीर गुरुङबाट ५४ साल मै राजिनामा गरी लिई धर्मधोजसमेतसँग मुद्दा पर्दा ८५ सालमा मेरै भई फैसला भएको छ । सो र ढोडेनीमध्ये १ ।।= को जग्गा मानबहादुरको लिखतबमोजिम मेरो हक भई बन्धकीमा पूर्णप्रसादले खाएको छ भन्नेसमेत टेकबहादुर । ६. जुद्धवीर दर्ता तिरो रु. ७ ।। को जग्गा मध्ये रु. १ ।।— जग्गा माबहादुरले पूर्णबहादुरलाई दिएको निजबाट ९३ सालमा मैले लिएको र सो र ढोडेनी मिलापत्रबाट हक हुने बुद्धि हाङबाट बाबु रवीलालले लिई हाल भाइ डिल्लीरामले भोगेको छ भन्नेसमेत धनपति प्रसाई । ७. कर्कले छेउ २ ठाउँ भन्ने जग्गा बलजितको राजिनामाबाट भाइ चन्द्रप्रसादले भोगेको छ । साझबोटे ९० सालको मिलापत्रबाट मधुरामको हक भई ४ सालमा राजिनामा पास गरी दिएको छ भन्नेसमेत गँगाप्रसाद रु. ७ ।।