निर्णय नं. २७५४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७५४ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०२ २२८७ निर्णय नं. २७५४ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान ०४१ सालको रिट नं. १९६७ आदेश भएको मिति : २०४३।६।२ मा निवेदक : का.न.पं.वडा नं.३० असन डगुबहाल बस्ने तिर्थकुमारी तुलाधरसमेत विरुद्ध विपक्षी : मालपोत कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) आफ्नो एउटै कार्यालयमा एउटै जग्गा देखाई पहिले परेको निवेदनमा कुनै निर्णय नदिई पछि परेको निवेदनबाट पहिले निवेदन गर्ने निवेदकहरूलाई कुनै जानकारीसम्म पनि नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी गरेको प्रष्ट देखिने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको निवेदन जिकिर निम्न प्रकार छन् । २. स्वयम्यू डल्लू गा.पं.वार्ड नं. २ कि.नं. १४९ भई नापी भएको जग्गा हा.नं. ५०४ को जगतबहादुर, पूर्णलक्ष्मी, धर्मरत्न, हेराकाजी, मायादेवी समेतको नाममा दर्ता भएकोमा जगतबहादुर पूर्णलक्ष्मी मरिसकेको हुनाले हामी हकलालाहरुको नाउँमा नामसारी गरी ज.ध.द.प्र.पूर्जा पाउँ भनी हामीहरूले मालपोत कार्यालय काठमाडौंमा ०३९।१।२ मा निवेदन दिएका थियौं । ३. कारवाहीको सिलसिलामा उक्त जग्गाको मोही देवनारायण महर्जनको नाउँमा म्याद पठाउँदा उक्त जग्गाको जग्गाधनी हामीहरू नै हो । भूलबाट मात्र अरुको नाउँ लेखाएर पठाएको रहेछ । हामी ३ जनाकै नाउँमा ज.ध.कायम भएमा मञ्जूर छ भन्ने निज देवनारायण म्यादमा हाजिर भई ०३९।३।१८ मा निवेदन सनाखत बयान समेत भएको । ४. उक्त निवेदन कारवाही हुँदा विपक्षी जगत मायाले पनि ०३९।३।१८ गते म्याद बुझी लिई सबूद प्रमाण १ महीनाभित्र पेश गर्नेछु समय पाउँ भनी ०३९।४।१४ गते निवेदन दिएको र पछि उक्त जग्गा ससुरा बाजे जुद्धवीर सिंह प्रधानको नाउँको हो र उहाँ मरी मेरो हक हुन आएकोले रैकर परिणत नामसारी दर्ता ज.ध.द.प्र.पूर्जा पाउँ भनी विपक्षीले मालपोत कार्यालय काठमाडौंमा ०३९।४।३२ मा निवेदन दिएको रहेछ । ५. यसपछि उक्त जग्गा साविकमा जुद्धवीरको नाउँमा दर्ता भएको साविक लगत उतारबाट देखिएको फिल्डबुकमा किसानको व्यहोरामा पनि ज.ध.जगतमाया भनी लेखिएको र निजको नाउँमा दर्ता भएमा हुन्छ भनी जोताहा देवनारायणले ०३९।५।२ गते निवेदन दिएको का.न.पं.वडा नं.२४ को सिफारिश पत्र सामेल भएको देखिएकोले उक्त कि.नं. १४९ को जग्गा जगतमायाको नाउँमा दर्ता गर्नुपर्ने भनी टिप्पणी पेश भएकोमा यस सम्बन्धमा पछि कुनै उजूर परेमा स्वतः बदर हुने गरी सदर भनी ०३९।५।८।३ मा विपक्षी माल कार्यालयबाट आदेश भएको रहेछ । ६. यसै सिलसिलामा जोताहा पूर्जा लिनको लागि निवेदन दिनु पर्र्यो भनी मलाई झुक्याई कागज लेखाई लगेको शंका लागेकोले यदि विपक्षी जगत माया जग्गाधनी पनि कुनै कागज मबाट लेखाई पेश भएको भए त्यो झुक्याई गराएको कागज हो । उक्त जग्गाको ज.ध. ०३९।३।१८ को निवेदन अनुसार धर्मरत्न समेत ३ जना नै हुन भनी निज मोही देवनारायणले मिति ०३९।३।१४ मा माल कार्यालयमा निवेदन सनाखत बयान गरेको रहेछ । ७. यी अनियमितताहरू देखिएपछि विपक्षी माल कार्यालयबाट विपक्षी जगतमाया समेतलाई झिकाई कारवाही पनि गरेको रहेछ । ज.ध.प्र.पूर्जा पाइसकेकोले पुनः बोलाई कारवाही गर्न नम