निर्णय नं. ३१८६ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१८६ - जालसाजी भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/२३ २५२८ निर्णय नं. ३१८६ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४०५ मुद्दा : जालसाजी । पुनरावेदक/वादी: जि.कपिलवस्तु गा.पं. सिसवा वडा नं. ४ मौजे तेनुई बस्ने भवनाथ मिश्रको मु.स. गर्ने ब्रम्हादेव मिश्र । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने राजेन्द्रप्रसाद मिश्र । ऐ.ऐ बस्ने केवला मिश्राइन । ऐ.ऐ. बस्ने रामनाथ मिश्र । ऐ.कजरहवा गा.पं. वडा नं. ६ मौजे हर्दोना बस्ने दुलहरन मिश्र । ऐ.गा.पं. बसन्तपुर वडा नं. ६ मौजे भडेहर माजेर तेनुवा बस्ने मानुल्ला मुसालमान। फैसला भएको मिति: २०४४।३।२३।३ मा एकातिर लिखत बदर मुद्दामा तथ्यमा प्रवेश गरी इन्साफ गर्नु पर्नेमा नगरेको र अर्कोतर्फ जालसाजी मुद्दामा जो बुझ्नु पर्ने कुरा बुझी इन्साफ गर्नु पर्नेमा नगरी लिखत बदर मुद्दालाई आधार बनाई जालसाजीमा वादी दावी नपुग्ने ठहर्‍याएको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १३) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव उल्लेखित मुद्दाःX फैसला न्या.हरगोविन्द सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. तेनुई मध्ये मिन्ही डिहमा भएको विपक्षी केवलाको घर र अरु निजको नाउँमा नापी दर्ता भएको जग्गा राजीनामा गर्ने म भवनाथसंग बोलकबोल भएपछि विपक्षी केवलाले विपक्षी राजेन्द्रप्रसाद, रामनाथ मिश्र, दुखहरण मिश्रलाई बोलाई निज विपक्षीहरूले लेखन्दास विपक्षी मानुल्लाह मुसलमानलाई जे गरेको बेहोर्छौ भनी राजेन्द्रप्रसादले रु. १००।– भानुल्लाहलाई दिई धनी राजेन्द्र ऋणी केवला, लेखक अन्तरसाक्षी अन्य विपक्षीहरू बनी कि.नं. २७७, ४७४, ४६३, ६६७ म भवनाथको घर र म समेतको हक लाग्ने साविक कि.नं. ४२१, ४२२, ४२३ समेत मध्येको नम्बरी जग्गा समेत राजीनामा लेखाई लिएको म भवनाथको २ घर र नम्बरी जग्गा समेतमा लिखत बदरतर्फ छुट्टै नालेश गर्ने भएको, मलाई विपक्षी केवलाले राजीनामा गर्ने भनेको निजको घरको मोल रु. ३००।– लाई रु. २,३३३।३३ लेखी लेखाई जालसाजी गरेकोले मिति ०३६।२।२७।१ को राजीनामा लेखतमा थैली अंक बढाई हक नपुग्ने जग्गा राजीनामा समेत गरी जालसाजी गरेको ठहर गरी सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३६।३।३१।१ को भवनाथ मिश्रको फिरादपत्र रहेछ । ३. मौजे तेनुई मध्ये नम्बरी जग्गा कि.नं. २७०, २७७, ४६३, ४७४, ६४९, ६६७ र फुस घर र घरले चर्चेको आँगन सहन समेत जम्मा रु. १०,४६८ केवलाले बुझी ०३६।२।२७ मा रामनाथ मिश्र समेत साक्षी राखी घरसारमा राजीनामा ०३६।२।२८ मा पारीत समेत गरिदिनु भएको, सद्धे साँचो व्यवहारको भएको, रुद्रको छोराबुहारी केवलाको हक भाग भोगको हाल नापीमा गाउँ ब्लाकमा परेको चर्चेको सहन जग्गा समेत खरीद गरेको हुँ वादीले झुठ्ठा सन्धीसर्पन पर्ने देखाई हकसफा र जालसाजी समेततर्फ गर्नुभएको दावी खारेज हुनुपर्ने हो, सो राजीनामा बमोजिमको थैली र जग्गा धुर समेत सदर कायम राखी हक इन्साफ पाउँ जालसाजी गर्नु पर्ने कुनै कारण अवस्था छैन, हामी सबैजना निर्दोष भएकाले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मिति ०३६।६।२।३ को राजेन्द्रप्रसाद मिश्र समेत जना ३ को प्रतिउत्तरपत्र रहेछ । ४. राजेन्द्र सम