निर्णय नं. ३१८७ - राजीनामा बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१८७ - राजीनामा बदर भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०३/२३ २३७४ निर्णय नं. ३१८७ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ५०१ मुद्दा : राजीनामा बदर । पुनरावेदक/वादी: जि.कपिलवस्तु गा.पं. सिसवा वडा नं. ४ मौजे तनुई बस्ने भवनाथ मिश्र । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने केवला मिश्राइन । ऐ.ऐ बस्ने राजेन्द्र प्रसाद मिश्र । फैसला भएको मिति: २०४४।३।२३।३ मा लिखत बदर मुद्दामा हक कायमको दावी लिई कोर्ट फी राख्नु पर्ने बाध्यता कुनै कानूनमा उल्लेख भएको नहुँदा प्रस्तुत बुँदा कानूनतः छ भन्न मिल्ने देखिएन, त्यसमा पनि मुद्दाको कारवाहीको क्रममा अदालतले यदी आवश्यक ठान्दछ भने अ.बं. १३३ नं. बमोजिम बयान गराई थप कोर्ट फी मागी मद्दाको कारवाही किनारा गर्न मिल्ने नै हुँदा हक कायमतर्फ कोर्ट फी नराखेको भनी मुद्दा नै खारेज गर्ने गरी गरेको इन्साफ र सोही इन्साफलाई सदर कायम गरेको फैसला मिलेको नदेखिँदा यी सबै निर्णयहरू बदर हुने । (प्रकरण नं. ११) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव उल्लेखित मुद्दाःX फैसला न्या.हरगोविन्द सिंह प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. १९९८ सालको नापीमा मौजे तेनुई मध्ये महावीर महादेव रुद्रको नाउँमा कि.नं. ४२१,४२२ कि.नं. ४२३ जग्गा समेतको सिर जिरायत विगहा १०।।।२।१ दर्ता भएको दर्तावालाको मृत्यु पछि तीन खण्डको एक खण्ड रुद्र मिश्रको छोरा विश्वनाथको तीन खण्डको एक खण्ड महावीरको नाती परमात्माको तीन खण्डको एक खण्डमा आधा महादेवको भाइ अयोध्याको तीन खण्डको एक खण्ड आधीको आधी महादेवको छोरा भवनाथको तीन खण्डको आधीको आधी अर्को छोरा गयाप्रसादको नाउँमा दर्ता भई जग्गा छुट्याई भोग गरिआएको ०२८ सालमा गाउँ ब्लकमा परी नापी दर्ता नभए पनि उक्त तीनै हरेक कित्तामा ३ खण्डको १ खण्डको वादी म परमात्मा र ३ खण्डको १ खण्डको आधी अयोध्याको अंश व्यहोर्ने म रामराज मिश्रले भोगचलन गरिआएको हाल विपक्षी केवलाको घरको पूर्व समेत किल्लाभित्र कायम भएको हो विपक्षी केवलालले आफू बसोवास गरिराखेको घर विपक्षीलाई बिक्री गर्दा घर कुप तथा हरिवंशको घर पूर्व समेत किल्ला भित्र बनेको फुसको घर आँगन समेत भनी हामी समेतका नम्बरी जग्गा मिसाई राजीनामा गरेको उक्त नम्बरी जग्गा मध्ये गाउँ किल्लामा परेको पूर्व पश्चिम ७४ हात उत्तर दक्षिण ३२ हात समेत घुसाई राजीनामा गरी लिएदिएको जग्गा हो हकमा समेत राजीनामा लिखत ३ खण्डको १ खण्ड म परमात्माको र ३ खण्डको १ खण्डका आधा म रामराजको हकमा बदर गरिपाउँ भन्ने समेत व्यहोराको परमात्मा र रामराज मिश्रको ०३८।१।१६।३ मा परेको संयुक्त फिरादपत्र रहेछ । ३. केवलाको हकभोगको मौजे तेनुई मध्ये नम्बरी कि.नं. २७०, २७७, ४६३, ४७४, ६४९, ६६७ र घर कुपत हरिवंश कहारको घर पूर्व समेत किल्ला भित्र बनेका फुसको घर र घरले चर्चेको कागजहिन जग्गा समेतको जम्मा मोल रु. १०,४६८।– केवलाले लिई ०३६।२।२८ मा रजिष्ट्रेशन पारीत समेत गरिदिनु भएको हुन् साविक कि.नं. ४२१, ४२२ र ४२३ को जग्गा १९८८ सालको नापीमा महावीर महादेव रुद्र समेतको नाउँमा नापी दर्ता भएकोमा पछि दामासाही बमोजिम छुट्याई रुद्र मिश्रको छोरा बुहारी केवलाको