निर्णय नं. २७५५ - लिखत पास कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७५५ - लिखत पास कीर्ते भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/१३ २१७७ निर्णय नं. २७५५ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल २०४१ सालको दे.वि.वि.न. १२१ फैसला भएको मिति : २०४३।६।१३ मा निवेदक/वादी : औराही गा.पं.बा.नं.४ बस्ने किशोरी चौधरी कलवारको हकमा का.जि.का.न.पं.वा.नं.१२ टेकू बस्ने वर्ष २८ को मदनराय यादव विरुद्ध विपक्षी/प्रतिवादी : बाराथोस गा.पं.वा.नं. ८ बस्ने जिम्दार शाह मुद्दा : लिखत पास कीर्ते (१) वादीले राजीनामा गराउँदा ज.ध.प्र.पूर्जा अथवा जग्गाको मालपोत तिरेको रसीद प्रतिवादीबाट लिएको हुनुपर्नेमा सो भएको फिरादबाट देखिएको छैन । लिखत पारीत हुन सक्ने भएन तर त्यस्तो रीत नपुगेको लिखतलाई सद्देकीर्ते भनी इन्साफ गरिरहनु परेन । (प्रकरण नं. १४) निवेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायणदास फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।८।२८।१ को फैसला उपर चित्त नबुझी वादीको यस अदालतमा पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान नभए उपर श्री ५ महाराजाधिराजका हजूरमा इन्साफ जाँच गरिदिनु भनी हु.प्र.बक्स पाउँ भन्ने निवेदक वादी किशोरी चौधरीको हकमा मदन राय यादवको परेको निवेदनमा इन्साफ जाँच गरी दिनु भनी हु.प्र. भई आएको प्रस्तुत लिखत पास कीर्ते मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षीले मसंग रु.३२,०००।– कर्जा लिई निजका हकको जम्मा जग्गा विगहा ३–१८–१३ मिति ०३४।९।२३ मा राजीनामा लिखत गरिदिएको म्यादभित्र पास गरी नदिएकोले पास गराई पाउँ भन्ने वादी किशोरी चौधरीको फिराद । वादी दावा बनावटी हो वादीसँग मैले कुनै रकम लिई जग्गा राजीनामा गरी दिएको समेत होईन लिखत हेर्न पाउँ भन्ने समेत प्र.जिमदार साहतेलीको प्रतिउत्तर । ३. वादी दावीको लिखत हेरें मैले मेरै गाउँको सुदिष्ट झालाई ०३०।३१ सालतिर रु.७००।— को लिखत गरिदिएको थिएँ निज सुदिष्ट झा लाई वादीको ससुरा गुगुल चौधरीले मिलाई सो लिखतको व्यहोरा उठाई मेरो सहिछाप यथावत राखी यो दावीको लिखत कीर्ते खडा गरेका हुन् लिखतमा अंक र अक्षर समेत खादिएकोबाट लिखत अन्तरसाक्षीहरू समेत मिली खडा गरेका हुन् । सजायँ गराई पाउँ भन्ने समेत प्र.जिमदार सातेलीको बयान । ४. राजीनामा सद्दे व्यहोराको हो कीर्ते होइन । सद्दे लिखतलाई कीर्ते भनेमा निजलाई नै सजायँ गराई पाउँ भन्ने समेत वादी वा रामसेवकको बयान । ५. लिखतको मिति कागजको प्रकृति र सहिछापबाटै लिखत सच्चाई बनाएको भन्ने स्पष्ट छ । लेखात्मक सहिछाप दोहराई लेखेको समेत देखिँदा लिखतमा उल्लेख भएको मितिको लिखत रहेछ भन्ने मिल्दो जुल्दो देखिँदैन । ल्याप्चे छाप पनि उडे उडाएको र कागज पनि पछाडिबाट टाँसी अर्कै स्वरुपको सृजना गरेको देखिँदा सहिछाप अप्रष्ट र कीर्ते गरेको देखिँदा लिखत पारीत गरिपाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्छ भन्ने सर्लाही जिल्ला अदालतको फैसला । ६. लिखत व्यहोरा र सहिछाप उडे उडाएको वा दोहराई लेखेकोमा रेखा विशेषज्ञद्वारा प्रयोगशालामा अनुसन्धान नभई कीर्तेमा ठहराई लिखत पारीत नहुने ठहर्‍याएको इन्साफ बदर गरी लिखत पारीत गरिपाउँ भन्ने वादी किशोरी चौधरीको म.क्षे.अ.मा परेको पुनरावेदन । ७. यसमा वादीले पेश गरेको सक्कल लिखत हेरी विवेचना गरी लिखतको प्रकृति समेतको आधारबाट लिखत कीर्ते ठहर्‍याई सर्लाही जिल्ला अदालतबाट फैसला गरेको र सो लिखत मिसिल सामेल नदेखिएकोले सक्कल लिखत खोजी गरी पठाई दिनु भन