निर्णय नं. ३१८८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१८८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०५/२९ २३७० निर्णय नं. ३१८८ ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २४३१ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदिका: मोरंग बनिगामा गा.पं. वा.नं. ९ बस्ने धनसरिया दासिन। विरुद्ध विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाहपथ । मोरङ गुठी तहसील तथा खर्च कार्यालय,विराटनगर । मालपोत कार्यालय,मोरङ विराटनगर । आदेश भएको मिति: २०४४।५।२९।२ मा दर्ता भएको जग्गाको दर्ता बदर गर्न गुठी संस्थान केन्द्रीय कार्यालयलाई कानूनी अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले दिएको भन्न मिल्दैन । (प्रकरण नं. १२) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा,विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लेखित मुद्दाःX आदेश न्या.महेशराम भक्त माथेमाः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. मोरंग प्रगन्ना मानगढ मौजे धोवियारे जिमिदार छेदुलाल चौधरी जिम्माको नं. ३५ को दुर्गदास नागाको ज.वि. १९–१५–० मध्ये ०२४ सालमा नापी हुँदा मोरंग बनिगामा गा.पं. वा.नं. ९(क) मा कि.नं. २०, २१, ३६, ३८, ३७, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४ कूल १७ कित्ता कूल ज.वि. १३–१०–१३ कायम हुन पुगेको छ । यी कित्ताहरू मेरा पति बजनलालको रैतान नम्बरी भएको फिल्डबुकमा जनिएको छ । ३. रै.नं ३५ को उक्त जग्गा पति वजनलाल र मेरा नाउँमा संयुक्त नाममा दर्ता भई पोत तिरी आएको र २०३८ सालमा पतिको देहान्त हुँदा मेरो नाममा विधिवत् एकलौटी दर्ता पूर्जा हुन आएको छ । २०३२ सालदेखि २०३८ सालसम्म संयुक्त नामबाट र सो पछि ०४१ सालसम्मको मालपोत मेरा नामबाट मैले नै दाखिल गरी ०४१।११।१० मा ज.ध.प्र.पु. समेत प्राप्त गरी भोगचलन गरी आएको छु । ४. केन्द्रको आदेशानुसार भनी ०४२।४।८ को मिति अंकित विपक्षी नं. २ को पत्र पाई बयान गरेकी छु । मिति २०४३।१।१५ मा २०४२ सालको मालपोत दाखिल गर्न विपक्षी नं. २ समक्ष जाँदा मालपोत नबुझ्नु भन्ने गुठी संस्थानको आदेश छ भनी नबुझी फिर्ता पठाइयो । ५. विपक्षी नं. १ बाट मिति २०४२।१०।४ को मिति अंकित विपक्षी नं. २ लाई लेखेको पत्र प्राप्त गरी हेर्दा, मिति ०४२।१०।४ को पत्रको हवाला दिँदै म वजनलालकी श्रीमती नभई चेली भएको गुठीको ११ नं. को विषयवस्तुको, सम्बन्धमा फरक पारी गराएको दर्ता कायम राख्न नमिल्ने भन्दै मेरो नाउँको दर्ता बदर गरी मठको नाममा नामसारी गरिदिने एवं कुनै व्यहोराले हस्तान्तरण गर्न नपाउने विपक्षी ३ लाई समेत लेखिपठाउन भनिएको रहेछ । ६. प्रस्तुत रैतान नम्बरी जग्गा भएको विपक्षी नं. ३ को श्रेस्ता लगतबाट पनि निर्विवाद छ । प्रचलित गुठी संस्थान ऐनको दफा ३२ ले निर्धारित गरेका सबै सीमा रेखाभित्र प्रस्तुत जग्गा पर्छ । गुठी संस्थान ऐनको दफा २२ देखि २४ सम्मका व्यवस्थाका अधीनमा रही विवादित जग्गा भोगचलन भइआएको छ । मेरा नाममा सो जग्गा दर्ता गरिदिने विपक्षी नं. २ को निर्णय यथावत रहेको स्थितिमा दर्ता बदर भन्न मिल्ने होइन । मेरो र वजनलालको सम्बन्ध पति पत्नीको होइन भन्ने र मेरो नामको दर्ता बदर हुने भन्ने समेत निर्णय गर्ने अधिकार विपक्षी