निर्णय नं. ९०७० - बकसपत्र लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०७० - बकसपत्र लिखत दर्ता बदर दर्ता भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०७०/०४/३० ३७९२ नेकाप २०७० अङ्क १० नि.नं.९०७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।४।३०।४ ०६८-CI-१५५० मुद्दा : बकसपत्र लिखत दर्ता बदर दर्ता । पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल बस्ने नीना मानन्धरको वारेस भै आफ्ना हकमासमेत जुजुभाइ मानन्धर विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल बस्ने श्रीमती सविता मानन्धरसमेत § पितृसत्तात्मक सामाजिक मनोविज्ञान अद्यापि विद्यमान रहेको अवस्थामा सगोलको आयले जग्गा खरीद गरी बुहारीको नाममा राखेको होला भनी विश्वास गर्न सकिने अवस्था नरहने । § कामकाजी आय आर्जन गर्ने महिलाको रूपमा प्रतिवादीले शिक्षण पेशामा संलग्न रहेको र सो कुरालाई वादीहरूले अन्यथा भन्न सकेको देखिंदैन । आफ्नो निजी आर्जन र सीपबाट आर्जित सम्पत्ति नभएको भए वादीहरूले तत्कालीन अवस्थामा प्रतिवादीका नाममा नै उक्त जग्गा राजीनामा गरी कायम राखी राख्न पर्ने अवस्था नदेखिँने । § अंश मुद्दाको प्रतिउत्तर व्यहोरामा प्रतिवादी हामीभन्दा स्रोतदार र आम्दानीवाला हुन् भनी स्वीकार गरी निजको आर्जन र सीपलाई अन्यथा भन्न सकेको देखिँदैन । यस्तो अवस्थामा निजको निजी आर्जन र सीपबाट आर्जित सम्पत्तिमा निजले आफूखुश गर्न सक्ने व्यवस्था मुलुकी ऐन, अंशबण्डाको १८ नं. ले गरेको कानूनको सारभूत पक्षलाई अन्यथा भन्न सक्ने नदेखिने । (प्रकरण नं.५) शुरू तहमा फैसला गर्ने : मा.न्या.श्री टेकनारायण कुँवर पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदक/वादीका तर्फबाट : विद्वान अधिवक्ता ईश्वर पौडेल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ताद्वय मोतीबहादुर थापा, कपिल पौडेल अवलम्बित नजीर : सम्बद्ध कानून : फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।५।२९ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्याई पाउने निवेदन परी यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रोहमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– जुजुभाइ मानन्धरको श्रीमती नीना मानन्धर हुन् । निजका छोराहरू जेठा स्व. दिनेश मानन्धर, कान्छा निवास मानिन्धर हुन् । हामी ४ जना अंशियार छौं । विपक्षी सविता मानन्धरले मिति २०६५।९।१६ मा अंश मुद्दा दायर गरी मिति २०६५।११।१९ मा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी लिने भनी आदेश भएको छ । मुद्दा चल्दाचल्दैको अवस्थामा हाम्रोसमेत अंश हक लाग्ने ललितपुर जिल्ला, ठेचो गा.वि.स. वडा नं. ९(ख) कि.नं. ७८६ को ०–६–०–० जग्गा हाम्रो मञ्जूरी नलिई दिने सविता मानन्धर लिने करूणा मानन्धर भई र.नं. ७५२८(घ) मिति २०६६।२।३१ मा हालको बकसपत्र लिखत पारीत गरेकाले अन्यायमा परी फिराद गर्न आएका छौं । अतः उक्त मिति २०६६।२।३१ को बकसपत्रको लिखत बदर गरी हाम्रो नाउँमा दर्ता गरी पाऊँ भन्नेसमेत व्यहोराको नीना मानन्धर, निवास मानन्धर र जुजुभाइ मानन्धरको काठमाडौं जिल्ला अदालतसमक्ष परेको संयुक्त फिरादपत्र । उक्त जग्गा मेरो एकलौटी उपभोगको निजी सम्पत्ति हो । विपक्षीहरूले मलाई घरबाट खान लाउन नदिएको र नाबालक बच्चाको स्वास्थ्य उपचार