निर्णय नं. २७५६ - उत्प्रेषणको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७५६ - उत्प्रेषणको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०६/०५ २४३२ निर्णय नं. २७५६ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. १८४४ आदेश भएको मिति : २०४३।६।५।१ मा निवेदक : जि.सुनसरी पूर्व कुसाहा गा.पं.वडा नं.८ बस्ने जोगमाया तिवारी विरुद्ध प्रत्यर्थी : श्री भूमिसुधार कार्यालय, सुनसरीका का.मु.भूमिसुधार अधिकारीसमेत विषय : उत्प्रेषणको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जग्गामा सुखाजर्ता भए नभएको सम्बन्धमा प्रत्यक्ष प्रमाण नबुझी मालपोत मिन्हा नभएको भन्ने बुझिएको भनी असम्बद्ध प्रमाण लगाई सालसालै बाली नबुझाउने मोहिलाई संरक्षण दिन कानुनी मर्यादा विपरीत हुने भनी मोही निष्कासन हुने ठहर्याएको निर्णय प्रमाण सम्बन्धी कानुन तथा प्रतिपादित सिद्धान्त समेतको विपरीत भई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ : २. सुनसरी जिल्ला पूर्व कुसाहा गा.पं.वडा नं.८(ख) स्थित कि.नं. ७५ को जग्गा अवल क्षेत्रफल ३–७–१६ मेरो नाउँमा दर्ता भएको जग्गा हो मोही स्व.मिश्रलालको मृत्यु पश्चात निजकी श्रीमती जोगमाया तिवारीले मोहियानीमा कमाई आएकोमा २०३९ सालको कूत बाली नुबझाएकोले धान ४७ मन २७ सेर बुझाए जिन्सी, नबुझाए बजार भाउले हुने उक्त बालीको रु.५२९।९२ दिलाई भराई मोहिबाट समेत निष्कासन गरिपाउँ भनी जग्गाधनीले दिनु भएको निवेदनमा मैले २०३९ सालको बालीमा वर्षाको अभावले सुखाजर्ता परी लगाएका केही बाली समेत कीराले बीउ खाई नष्ट भएको हुँदा सो को सूचना सम्बन्धित जग्गाधनीलाई जानकारी गराउँदा गराउँदै पनि विपक्षीले सोको वास्ता नगरी उजूरी दिनु भएको हुँदा मोहियानी हक सुरक्षित गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवाद गर्दा गर्दै पनि प्रत्यर्थी भू.सु.का.बाट उब्जनी नभएको देखिए तापनि उब्जनी नभएको पञ्चायतमा सो सालको श्री ५ को सरकारले मालपोत मिन्हा गरेको तर वादी दावीमा उल्लिखित पञ्चायतमा मालपोत मिन्हा नगरेको बुझिएकोले उब्जनी भएन भन्ने प्रतिउत्तर जिकिर नपुग्ने हुँदा कूत नबुझाएको ठहर्छ । सो ठहर्नाले मोही निष्कासनतर्फ विचार गर्दा २०३८ सालको बाली नदिएको ठहराई निर्णय भएको हुँदा सालसालै कूत नतिरी झगडा गर्ने मनोबृत्ति देखिएकोले यस्तो मोहिलाई संरक्षण गर्दा कानुनको मर्यादा समेत भंग हुने हुँदा मोही निष्कासन हुने ठहर्छ भनी ०४२।६।१६ मा फैसला गर्नुभयो । ३. वादी दावीमा उल्लिखित पञ्चायतमा श्री ५ को सरकारले मालपोत मिन्हा नगरेकोले उब्जनी भएन भन्ने प्रतिवादी जिकिर झुठ्ठा ठहर्ने भनी जुन आधार लिनु भएको छ । सो पूर्णतयाः निरर्थक छ । अर्थात् मालपोत मिन्हा तथा कूत मिन्हा दुई अलग अलग विषय वस्तु हुन् र दुवैको कार्यविधि सम्बन्धी कानुन समेत अलग अलग छन् । दैवी प्रकोप परेको कारणको मौखिक सूचना विपक्षी जग्गाधनीलाई दिएको छु, साथै लिखित सूचना पनि विपक्षीको नाममा रजिष्टरी गरी पठाएको छु । दफा ३५ बमोजिम सूचना दिएपछि उब्जनी हेर्न आउनु पर्ने द